Krishna Shrivastav
महोत्तरीमा ज्याला माग्दा ठेकेदारले मजदुरलाई बोलाएर बाँधेर मोसो दले
Krishna Shrivastav

वीरगंज । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई बोलाएर अमानवीय व्यबहार गरेको घटना सार्वजनि भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का निमार्ण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले एक मजदुरलाई चोरीको आरोप लगाएर चोकमा बाँधेर मोसो दलि कुटपिट गरेका हुन् । स्थानीय मजदुर २१ वर्षीय मोबारक नदाफमाथि यस्तो अमानवीय दुव्र्यबहार भएको हो । ठेकेदार मिश्र गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोककै पोलमा पाता कसेर, केस मुण्डन गरी मोसो दलि अमानवीय व्यबहार गरेका हुन् । मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेर अमानवीय अपमानजनक व्यबहार