वीरगंज । मंगलबार बिहानदेखि अनलाइन लाइसेन्सको सबै सेवाहरु ठप्प भएको छ ।सरकारको एकीकृत डेटा सेन्टरको डेटावेस सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रको सबै काम मंगलबार बिहानदेखि ठप्प भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
जसका कारण लाइसेन्सको सबै काम ठप्प भएको विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले बताए । सर्भरमा समस्या देखिएपछि लाइसेन्सको फारम, नवीकरण लगायत सबै काम ठप्प भएको उनको भनाइ छ ।
डेटावेस सर्भरमा आएको समस्या समाधान गर्न काम भइरहेको पनेरु बताउँछन् । समस्या कहिलेसम्म समाधान हुन्छ भनेर भन्न नसकिने उनले बताए । ‘यो समस्या अहिले पनि ठिक हुन सक्छ वा भोलि पनि ठिक नहुन सक्छ,’ उनले भने, ‘यो हाम्रो हातमा छैन । डेटा सेन्टरका प्राविधिकहरुले समस्या समाधान गर्ने भएकाले कहिले संचालन हुन्छ भन्ने यकिन छैन ।