• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    केन्द्रीय कमिटिको निर्णय पर्सा चौतारीलाई अस्वीकार्य

  • वीरगंज संजाल
  • २८ चैत्र २०७९, मंगलवार २२:२०
  • ९७७

    वीरगन्ज l प्रेस चौतारी पर्साको मंगलबार विहान साढे ३ घन्टासम्म वीरगन्जमा बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । जिल्लाको २/३ जनालाई साथमा लिएर जुन पनि निर्णय गर्ने केन्द्रको मानसिकता विरुद्ध पर्सा चौतारीका बहुसंख्यक सदस्य एकजुट भएपछि मंगलबारको बैठकले केन्द्रको मनोपोली नमान्ने निर्णय गरेको हो ।

    हालै चौतारीको केन्द्रीय कमिटिले पर्साको इन्चार्जमा वारा सिमरा निवासी अच्युत पौडेललाई नियुक्त गरेको थियो । नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष एवम् चौतारीका केन्द्रीय सदस्य शत्रुघन नेपाललाई इन्चार्जबाट हटाएर पौडेललाई जिम्मेवारी दिएपछि चौतारी भित्रै विरोध भएको थियो ।

    मंगलबार विहान ८ बजे बोलाईएको बैठक बस्नु अगावै चौतारी कार्यसमितिका अधिकांश सदस्यले शत्रुघन नेपाललाई पुनः इन्चार्ज नबनाएसम्म बैठक नै नबस्ने अडान लिएका थिए । लामो समय चर्का चर्की भएको थियो । बैठकको पहिलो निर्णय नै पर्सा इन्चार्जबाट शत्रुधन नेपाललाई हटाएकोमा गम्भीर आपत्ति जनाउने निर्णय गरिएको छ ।

    केन्द्रीय कमिटिले एक महिना भित्र नेपाललाई पुनः इन्चार्ज नबनाए आन्दोलनमा जाने निर्णय समेत भएको छ । यसैगरि गत माघ २९ र फागुन १ गते वीरगन्जमा आयोजना भएको चौतारीको केन्द्रीय बैठक तथा कार्यशालाको क्रममा केन्द्रीय कमिटिले विभिन्न प्राविधिक त्रुटीहरु गरेको बैठकले ठहर गरेको छ ।

    अगामी दिनमा यस प्रकारको कार्यक्रम गर्दा कार्यसमिति तथा उच्च पदाधिकारीहरुसंग परामर्श गरी मात्र गर्ने निर्णय बैठकले गरेको छ । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव समेत रहेका श्याम बन्जारा चौतारी पर्साको पुनः जिल्ला अध्यक्षमा चयन भएयता हालसम्म कुनै प्रकारको हरहिसाब सार्वजनिक गरिएको छैन् ।

    मंगलबारको बैठकमा हालसम्म भएका कार्यक्रममा कुन ठाउबाट कति आर्थिक सहयोग प्राप्त भयो ? र कुन शीर्षकमा कति पैसा खर्च भयो भन्ने बारेमा कार्यसमितिका अधिकांश सदस्यले आर्थिक पारदशिर्तामा जोड दिएका थिए । बाध्य भएर तेस्रो निर्णयनै हालसम्म भएको सम्पूर्ण कार्यक्रमको आर्थिक कारोबारको हरहिसाब अर्को बैठकमा अनिवार्य पेश गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

    यसैगरि प्रेस चौतारीका कुल ११६ जना सदस्यको अभिलेख राख्ने जिम्मेवारी उपाध्यक्ष्ँ तुलसी भण्डारी तथा सचिव राजेन्द्र सिंहलाई दुई दिन भित्र सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । नया सदस्यताको विषयमा अर्को बैठकमा छलफल गर्ने र पुराना सबै सदस्यको परिचयपत्र बनाउने प्रक्रिया सुरु गर्ने निर्णय समेत भएको छ । प्रेस चौतारीको बारेमा विभिन्न ग्रुपमा अर्नगल प्रचार गर्नेलाई पहिचान गरी कारवाही गर्ने निर्णय समेत भएको छ ।

    मंगलबारको बैठकले नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटिले चलाएको शुद्धिकरण अभियानमा प्रेस चौतारीले सहयोग गर्ने निर्णय समेत भएको छ । योग्य पत्रकारलाई सदस्यता प्रदान गर्न आग्रह गर्ने निर्णय समेत गरिएको बैठकमा सहभागि भएका एक सदस्यले जनाए । एक महिना भित्र अर्को बैठक गर्ने निर्णय समेत भएको छ ।

    अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसेको बैठकमा उपाध्यक्ष्ँ तुलसी भण्डारी, सचिव राजेन्द्र सिंह नेपाली, सहसचिव सन्तोष पटेल, कोषाध्यक्ष्ँ राकेश साह, सदस्यहरु आनन्द पटेल, आरोहण साह, नेहाल खान, प्रकाश तिवारी, नितेष कर्ण, राजन रौनियार, शम्भु महतो थारु, मन्सुर खान, सन्जय दास थारु, निलम चौधरी पन्नालाल प्रसाद, अखलेस साहको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑