सिम्रौनगढमा एकजना युवकको शव फेला

 Krishna Shrivastav

सिम्रौनगढ । बाराको सिम्रौनगढमा एकजना युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ । सिम्रौनगढ नगरपालिका–७ स्थित झवानी र खजानी टोलबिच आज बिहान युवकको शव फेला परेको हो । बोर्डरभन्दा करिब ५–७ सय किलोमिटर उत्तरतर्फको सडक छेउमा रहेको घिरौलाको खेतमा युवकको शव बेवारिसे अवस्थामा फेला परेको हाम्रा सिम्रौनगढ संवाददाता रामेश्वर मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार युवकको हात खुट्टा बाधिँएको, मुखमा माटो कोचिएको, युवकको लिङ्गमा डोरी बाधेरँ घिरौलाको बोटमा बाधिएको अवस्थामा छ । घटनास्थलमा प्रहरी पुगेको र प्रहरीले शवको मुचुल्का गरि मृतकको शव पोष्र्टमार्टमको लागि कलैया अस्पताल पठाउने तयारी भईरहेको बताईएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धोबिनी गाउँपालिकाको कार्यालयमा दुई साता देखी तालाबन्दी

 Krishna Shrivastav

पर्सा । पर्साको धोबिनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएको दुई साता हुन लाग्दा पनि कसैले चासो नदिँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । तालाबन्दीको कारण कर्मचारीहरू घर बस्दा राष्ट्रिय परिचयपत्रको प्रमाणित, बिरामीहरूको सिफारिश लगायत कार्य प्रभावित भएको छ । पालिका अध्यक्ष मदनप्रसाद चौहानको काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष र वडाध्यक्षहरुले लगाएको ताल्चा १२ दिन भन्दा बढी हुन थालेपनि खोल्न कहिकतैबाट चासो नदेखिएको स्थानियहरुले बताएका छन् । स्थानियबासिन्दाले कार्यालयमा नामको मात्र तालाबन्दी भएको आरोप समेत लगाएका छन् । उनीहरुले पालिकाका जनप्रतिनिधिहरुले व्यक्तिगत प्रतिशोधका कारण आफूहरुलाई दुख दिएको गुनासो गरेका छन् । त्यस्तै

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा फेरि डिजेकोे आतंक

 Krishna Shrivastav

वीरगञ्ज । पर्सा जिल्लामा फेरि डिजे आतंक मच्चिएको छ । बैशाख महिनामा बिहेको लगन परेसँगै पर्साको विभिन्न क्षेत्रहरुमा अहिले डिजे आतंक मच्चिएको हो । सडकमा ठूल्ठूला आवाजमा बजाईएको डिजेले सुरक्षा व्यवस्था फितलो भएको भन्दै चर्को आलोचना समेत हुदै आएको छ । विशेषगरि मुटु रोगी, उच्च रक्तचाप भएका दिर्घरोगीहरुले यस्ता क्रियाकलापबाट आफूहरुलाई समस्या हुने गरेको भन्दै दुखेसो सुनाएका छन् । डिजे आंतकले दिर्घरोगी मात्र नभई सामाजिक अगुवाहरु समेत अहिले चिन्तित देखिएका छन् । आफ्ना घरका बालबालिका रातको समयमा चर्को स्वर र हल्लाका कारण नसुत्ने गरेको उनीहरुको गुनासो छ । त्यस्तै डिजेले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अक्षयकोष स्थापनाको लागि १ करोड २५ लाख रुपैयाँ दिने मुख्यमन्त्री यादवको प्रतिबद्धता

 Krishna Shrivastav

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल पत्रकार महासङ्घ प्रदेश कमिटीको अक्षयकोष स्थापनाको लागि १ करोड २५ लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हिजो नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले रौतहटको चन्दरनिगाहपुरमा आयोजना गरेको मधेस प्रदेश सञ्चार सम्मेलनमा बोल्दै मुख्यमन्त्री यादवले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम लगायतको व्यवस्थापनको लागि मधेस सरकार सदैव तयार रहेको उहाँको भनाई छ । मुख्यमन्त्री यादवले मधेस प्रदेशमा पित पत्रकारिता बढेको गुनासो गर्दै मर्यादित र निष्पक्ष पत्रकारिता गर्न सुझाव दिनुभएको थियो ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किए

 Krishna Shrivastav

वीरगञ्ज । आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलग्दा आइसीपीमै सवारी साधन थन्किएका हुन् । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा महँगो मूल्यका सवारी साधन यही लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिए । उनकाअनुसार भारतबाट आयात भएर आएका साना र ठूला गरी एक हजार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोटरसाइकल दुर्घटना हुँदा बाराका दुई युवाको मृत्यु

 Krishna Shrivastav

वीरगञ्ज । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा बारा जिल्लाका दुई युवाले ज्यान गुमाएका छन् । जिल्लाको भिमफेदी गाउँपालिका-६ जुरिखेतमा बागमती प्रदेश ०२-०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता (डिएसपी) टेकबहादुर कार्कीकाअनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी बाराको प्रसौनी गाउँपालिका – ५ निवासी २५ वर्षीय लालबाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ । मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।


पर्साका लालबाबु शेखसहित मधेशका ८ वरिष्ठ पत्रकार सम्मानित

 Krishna Shrivastav

वीरगञ्ज । विश्व प्रेस दिवसको अवसरमा मधेश प्रदेशका ८ जना वरिष्ठ सञ्चारकर्मी सम्मानित भएका छन् । प्रदेशको प्रत्येक जिल्लाबाट एकजना वरिष्ठ पत्रकारलाई नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले सम्मानित गरेको हो । सम्मानित हुनेमा पर्सा जिल्लामा वरिष्ठ पत्रकार लालबाबु शेख रहेका छन् । प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका शेखलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फूलमाला लगाइ दोशाल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे । त्यसतै सम्मानित हुनेमा बारा जिल्लाबाट गम्भिरा सहनी, सर्लाहीबात शङ्कर श्रेष्ठ, महोत्तरीबात दशरथ भण्डारी, धनुषाबात वी.एम. खनाल, सिराहबात व्यास शङ्कर उपाध्याय र रौतहटबात शिव पूरी रहेका छन्

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध

 Krishna Shrivastav

बारा | पाँच दलीय गठबन्धनका नेता र सरकारका मन्त्रीहरुलाई विश्वप्रसिद्ध बाराको गढीमाइ मन्दिरसंगै महागढीमाई नगरपालिका क्षेत्रमा प्रवेश निषेध गरिएको जनप्रतिनिधीले बताएका छन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेख्दै महागढीमाई नगरपालिका र यस नगरपालिकामै पर्ने गढीमाई मन्दिरमा गठबन्धन दलका नेता र संघीय सरकारका मन्त्रीहरुलाई प्रवेश निषेध गरिएको बताएका हुन् । फेसबुक पेजमा उनले लेखेका छन् –  ‘बारा जिल्ला क्षेत्र नम्बर २ मा महागढीमाई नगरपालिकाअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीज्युहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सखुवाप्रसौनी गाउँपालिकामा पालिकाको बजेटबाट सडक कालोपत्रेको काम सुरु

 Krishna Shrivastav

वीरगन्ज | पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ मा पालिका स्तरीय बजेटबाट सडकको कालोपत्रे (पिच) गर्ने काम सुरु भएको छ । गाउँपालिका अध्यक्ष यशवन्त यादवले पालिकाका प्रत्येक वडालाई सडक सञ्जालसँग जोड्ने अभियान चलाएसंगै वडा नम्बर १ मा पालिका स्तरीय बजेटबाट सडकको कालोपत्रे गनर्न थालिएको हो । अध्यक्ष यादवका अनुसार , पहिलो चरणमा वडा नम्बर १ स्थित औराहा रेञ्जदेखि जयमङ्गलापुरसम्म एक किलोमिटर सडकको कालोपत्रे गर्न थालिएको अध्यक्ष यादवले बताए । यादवले अबको तीन वर्षभित्र गाउँपालिकाले औराहारेञ्जदेखि टाडी टोलको सखुवनिया गाँउसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको बताए । गाउँपालिकासँग सिमित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पोखरियामा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै लोसपाले बुझायो ज्ञापनपत्र

 Krishna Shrivastav

वीरगन्ज | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै बुधबार ज्ञापनपत्र बुझाएको छ ।नगरपालिका कार्यालय करिब १ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुदाँ कार्यालयका आर्थिक कारोबार ठप्प भएको र यसले भौतिक पुर्वाधार निर्माण लगायतका कामकाजमा असर परेको भन्दै लोसपाले ज्ञापनपत्र बुझाएको हो । लोसपाका नेता निजामुद्धिन समानी नेतृत्वको टोलीले नगरपालिकाको कार्यालयमा पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय झालाई ज्ञापनपत्र बझुाएको हो । नेता समानीका अनुसार , नगरपालिका कार्यालयका यसअघिका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीको सरुवा भएयता संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले अर्को प्रमुख प्रशासकीय

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महानगरपालिकाकै काममा घुस माग्ने पर्साका नापी प्रमुख श्रेष्ठ २ घण्टा सीडीओको नियन्त्रणमा

 Krishna Shrivastav

वीरगन्ज | जिल्ला प्रशासन कार्यालय पर्साले नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठलाई २ घण्टा नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका भित्रका सार्वजनिक ऐलानी जग्गा नाप जाँच गर्न प्रमुख जिल्ला अधिकारीकै रोहबरमा बसेको बैठकले गरेको निर्णय अनुसार काम गर्न आलटाल गर्नुका साथै घुस(आर्थिक लाभ) माग गरेपछि नापी प्रमुख श्रेष्ठलाई बुधबार जिल्ला प्रशासन कार्यालयमा २ घण्टा नियन्त्रणमा राखिएको हो । एक महिना पहिले जिल्ला प्रशासन कार्यालयमा भएको निर्णय बमोजिम महानगरमा रहेका ऐलानी जग्गा नापजाँच गरिदिन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पटक पटक आग्रह गर्दा पनि नापी प्रमुख श्रेष्ठले अटेर गर्दै आएका थिए

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा जिल्लाका लागि मलको कोटा बढाउन आपुर्तिमन्त्री रिजालको निर्देशन

 Krishna Shrivastav

वीरगन्ज | उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले रसायनिक मलको वितरण प्रकृया सहज र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।बुधबार वीरगन्ज स्थित साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशीक कार्यालयको स्थलगत निरिक्षणपछि आपुर्तिमन्त्री रिजालले कार्यालय प्रमुख अमोज लामिछानेलाई यस्तो निर्देशन दिएका हुन् । मन्त्री रिजालले गृहजिल्ला पर्साका लागि विद्यमान रसायनिक मलको कोटा अपुग रहेकोले यसलाई बढाउन पनि निर्देशन दिए । उनले भने,‘ पर्सा जिल्लाका लागि अहिले जुन कोटा छ त्यो अपुग छ , यसलाई बढाउनुपर्छ , त्यसकालागि तपाईपनि लाग्नुस् म आफैलेपनि मन्त्रालय मार्फत पहल गर्छु । त्यसअघि मन्त्री रिजालले साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशीक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्जमा नृसिंह भगवानको जन्मोत्सवमा भव्य शोभा यात्रा ,साँझ महाआरती पनि हुने

 Krishna Shrivastav

वीरगन्ज | भगवान नृसिंहको जन्मोत्सवमा बिहीबार वीरगन्जमा भव्य शोभायात्रा निकालिएको छ ।नृसिंह जयन्तिका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १५ पिपरा स्थित पिपरामठमा रहेको नृसिंह भगवान मन्दिर पिपरामठ संरक्षण समितिको अगुवाइमा शोभायात्रा निकालिएको हो । पिपरामठ परिसरबाट निस्किएको शोभा यात्रा बाइपास सडकबाट पावरहाउस चोक, मुर्ली , घण्टाघर , माईस्थान , आदर्शनगर , घडीअर्वा , घण्टाघर , लिंकरोड , बसपार्क हुदै पुन पिपरामठमै पुगेर समापन भएको पिपरामठ संरक्षण समितिका अध्यक्ष रामप्रवेश कुर्मीले जानकारी दिए । शोभायात्रामा महिला , युवती , ,किशोरी, युवा , बृद्धबद्धा गरि हजारौको सहभागिता थियो ।भगवा पोशाकमा शोभायात्रामा सहभागीहरुले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाउदाँ ९ जनाको मृत्यु

 Krishna Shrivastav

सर्बिया | सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् । राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् । गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क–कसलाई मार्ने भनेर सूची तयार पारेको

विश्व, समाचार  संग सबंधीत छ |

सिंहदरबारमा निजामती कर्मचारीको धर्ना

 Krishna Shrivastav

काठमाडौं । संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् । उनीहरुले संघीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेबाट आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ । धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभात साहले संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश बिरोधमा उत्रिनुपरेको बताए । उनले संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा आज सवारी दुर्घटना न्यूनीकरण गर्न साईकलमा स्टिकर

 Krishna Shrivastav

बिरगंज । सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले साइकलमा स्टिकर टास्ने काम सम्पन्न भयो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा आज बुधबार वडा न.२ छपकैयाको इदगाह चौकमा साईकलमा स्टिकर टास्ने काम सम्पन्न भएको छ । रेडिएम ( राती टल्कने ) स्टिकरले रातीको बेला टाढाबाट आएका गाडीहरुले सानातिना साइकलहरुलाई अध्यारोमा नदेख्ने हुदा दुर्घटना हुने बढी सम्भावना भएकोले त्यसबाट बच्न साईकल पछाडि स्टिकर टासिंएर दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक हनुमान राउत अहिरले जानकारी दिनु भयो। आज साईकल पछाडि २००

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने अध्यादेश जारी

 Krishna Shrivastav

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उक्त अध्यादेशमार्फत सरकारले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने उद्देश्य लिएको छ।


धनुषाको धनौजी गाउँपालिकामा ‘सधैँ कर्मचारीकै पिरलो’

 Krishna Shrivastav

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका अध्यक्षले एक वर्षमा तीन कार्यालय प्रमुखसँग काम गरे । अहिले उन्ले तेस्रो कार्यालय प्रमुखका रूपमा रञ्जितकुमार यादवसँग काम गरिरहेका छन् । यादव कार्यालय प्रमुखका रूपमा यहाँ आएको करिब तीन महिना हुन थालेको छ । “एक वर्षमा तीन जना कार्यालय प्रमुखसँग काम गर्नुपर्यो । चालु आर्थिक वर्षको योजना कार्यान्वयन नहुँदै दुई जना फेरिए । लगातार २० दिन काठमाडौँमै बसेर सबैतिर धाएपछि मात्रै अहिलेको प्रमुख ल्याउन सफल भएको हुँ”, गाउँपालिका अध्यक्ष राजकुमार साहले भने, “खै ! कर्मचारी धेरै बस्नै नमान्ने ? अनि कसरी काम गर्नु ?” मङ्गलबार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

News

दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

News

आज आइतबारको राशिफल

News

जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन