वीरगन्ज | भगवान नृसिंहको जन्मोत्सवमा बिहीबार वीरगन्जमा भव्य शोभायात्रा निकालिएको छ ।नृसिंह जयन्तिका दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १५ पिपरा स्थित पिपरामठमा रहेको नृसिंह भगवान मन्दिर पिपरामठ संरक्षण समितिको अगुवाइमा शोभायात्रा निकालिएको हो ।
पिपरामठ परिसरबाट निस्किएको शोभा यात्रा बाइपास सडकबाट पावरहाउस चोक, मुर्ली , घण्टाघर , माईस्थान , आदर्शनगर , घडीअर्वा , घण्टाघर , लिंकरोड , बसपार्क हुदै पुन पिपरामठमै पुगेर समापन भएको पिपरामठ संरक्षण समितिका अध्यक्ष रामप्रवेश कुर्मीले जानकारी दिए ।
शोभायात्रामा महिला , युवती , ,किशोरी, युवा , बृद्धबद्धा गरि हजारौको सहभागिता थियो ।भगवा पोशाकमा शोभायात्रामा सहभागीहरुले जय श्रीराम लेखिएका झण्डाहरु बोकेका थिए । नृसिंह जयन्तिकै अवसरमा बिहीबारनै साँझ ६.३० बजे पिपरामठठ परिसरमा महाआरती पनि गर्ने कार्यक्रम रहेको अध्यक्ष कुर्मीले जानकारी दिए ।