• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध

  • वीरगंज संजाल
  • May 4, 2023, 12:47 pm
  • ११२९

    बारा | पाँच दलीय गठबन्धनका नेता र सरकारका मन्त्रीहरुलाई विश्वप्रसिद्ध बाराको गढीमाइ मन्दिरसंगै महागढीमाई नगरपालिका क्षेत्रमा प्रवेश निषेध गरिएको जनप्रतिनिधीले बताएका छन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेख्दै महागढीमाई नगरपालिका र यस नगरपालिकामै पर्ने गढीमाई मन्दिरमा गठबन्धन दलका नेता र संघीय सरकारका मन्त्रीहरुलाई प्रवेश निषेध गरिएको बताएका हुन् । फेसबुक पेजमा उनले लेखेका छन् –  ‘बारा जिल्ला क्षेत्र नम्बर २ मा महागढीमाई नगरपालिकाअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीज्युहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारि गराउन चाहन्छु । धन्यवाद ।’

    बारा क्षेत्र नम्बर २ मा बैशाख १० मा भएको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन अहोरात्र खखटिएका मेयर यादवले बुधबार सामाजिक सञ्जालमा यस्तो पोष्ट गरिएपछि यसले चौतर्फी चर्चा पाएको छ ।
    २०७९ बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर यादव मेयरमा निर्वाचित भएका थिए । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै उनी मेयरमा निर्वाचित भएका थिए ।

    महागढीमाई नगरपालिकामा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएको आक्रोशमा मेयर यादवले महागढीमाइनगरपालिका क्षेत्र र गढीमाई मन्दिरभित्र गठबन्धन दलका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध गरिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् ।

    उक्त पोष्टमा मेयर यादव आफैले कमेन्ट गर्दै लेखेका छन् – नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो। अहिले पनि अतो पत्तो छैन। यसको कारणले नगरपालीकाका सम्पूर्ण कामकाज बन्द हुनका साथै कर्मचारी लगायत स्थानिय बासीहरुको जीवन कष्टकर हुने भएको अवस्था छ। महागढीमाई नगरपालीकाको विकासको लागि गठबंधनका नेता र मन्त्रीज्यूहरुले वाचा गरेपनि अहिले सम्म हाकिम नपठाएर विजोगको अवस्था सृजना भएकोले आज म यो कदम उठाउन बाध्य भएको छु ।

    मेयर यादवका अनुसार , गत फागुनको सुरुमै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफा सरुवा भइ अन्त गएपछि महागढीमाई नगरपालिकाको कार्यालय तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन् । मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइदिदा नगरपालिकाका कर्मचारीहरुले तलब समेत खान नपाएको , आर्थिक देखि प्रशासनिक कामहरु ठप्प नै भएको , सेवाग्राहीहरुको काम नहुदा कर्मचारी र जनप्रतिनिधीले गालीगलौज सुन्नु परेको गुनासो मेयर यादवको छ ।

    प्रमुख प्रशासकिय अधिकृतका लागि मन्त्रालयमा आफु तीन महिनादेखि धाइरहेको भएपनि आश्वासन मात्र पाएको तर हालसम्म प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआएको मेयर यादवले बताए ।यादवले भने,‘ मन्त्रालयमै धाएर पटक पटक ताकेता गर्दा गर्दै थाकेपछि विकल्प् नदेखिएपछि बाध्य भएर बुधबार फेसबुकमा यस्तो स्टाटस पोष्ट गरेको हुँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
  • भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा
  • किन जिम धाउन थाले गगन थापा ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    News

    किन जिम धाउन थाले गगन थापा ?

    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑