• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    किन जिम धाउन थाले गगन थापा ?

  • वीरगंज संजाल
  • Sep 18, 2026, 1:35 pm
  • ०

    वीरगंज | उनी बडीबिल्डर होइनन्, जसलाई ‘धर्मश्री’ पदक जित्नुछ । उनी बैंसालु ठिटो पनि होइनन्, जसलाई सिक्स प्याक बनाउनुछ । तैपनि उनी जिम धाउँदैछन् ।

    ज्यानको नसा नै फुलिनेगरी गह्रौं भार उठाउँदैछन् । अतिरिक्त बोसो पगाल्नेगरी जिउ तन्काउँदैछन् । चुस्त र तन्दुरुस्त देखिनेगरी पसिना चुहाउँदैछन् । किन ?

    गगन थापाले सामाजिक सञ्जालमा राखेको भिडियो हेरेर कतिपयको मनमा यस्तै उत्सुकता जागिरहेको होला । कतिलाई लागेको होला, यो उमेरमा उनका लागि त योग, ध्यान, प्राणायाम बढी उपयुक्त हुँदो हो । प्रातकालीन भ्रमण, आधारभूत व्यायाम र अनुशासित खानपान पनि काफी हुँदो हो ।

    यद्यपि गगन थापा यतिबेला थप जाँगरिला देखिएका छन् ।

    त्यसो त जिम धाउनका लागि उमेरको कुनै हदबन्दी छैन । हड्डी पूर्णत विकास किशोरदेखि हड्डी कमजोर हुने बेलाका पाका मान्छे पनि जिम गए हुन्छ । मांसपेशी बलियो बनाउन, रक्त र वायुविकारबाट बच्न, बोसोतत्व पगाल्न जिम सर्वमान्य विकल्प हो ।

    तर, यो बखान जिमको होइन । भलाद्‍‍मी ठाँटका नेता गगन थापाको हो । केही समयअघि निर्वाचनताका उनको एउटा फोटो भाइरल भएको थियो । कमसल फोटोले हो वा अरु नै कारणले, कपालको घनत्व घटेको र अनुहारको रङ उडेको देखिन्थ्यो ।

    उबेला कसैले उनलाई सोधेका थिए, ‘आज सुत्न भ्याउनु भयो कि भएन ?’

    गगनको जवाफ थियो, ‘तीन, साढे तीन घण्टा सुतियो । तर म सधैं बिहान चाडो उठ्ने बानी छ ।’ आफ्नो काय बुढ्यौलीतर्फ ढल्कदै गएको संकेत मिलेपछि पो उनलाई जिम धाउने झोंक चलेको हो कि ?

    यो संशय भने उनको एक अन्तर्वार्ताले खारेज गरिदिएको छ । उनले अन्तर्वार्तामा आफ्नो विस्तृत दैनिकी बताएका छन् । बिहान उठेर छोरीहरूलाई विद्यालय पठाउनुअघि खेल्ने गरेका रहेछन् । र, त्यो भन्दा पनि अगाडि चाहिँ उनले व्यायाम गर्ने बताएका छन् । तपाईंको दिनचर्या कसरी सुरु हुन्छ ? भन्ने प्रश्नमा उनको पहिलो जवाफ छ, ‘बिहान उठेर मेरो शारीरिक व्यायम जे गर्नुपर्छ त्यो गरेर एकछिन छोरीहरूसँग समय बिताउँछु ।’

    अर्थात व्यायम उनको जीवनको अनिवार्य हिस्सा हो । हुन त राजनीतिक व्यस्तताका कारण उनको दैनिकीमा केही तलमाथि पर्न सक्छ । तैपनि उनी सकेसम्म आफूलाई शारीरिक रुपले तन्दुरुस्त, ताजा एवं जाँगरिलो बनाउन व्यायम त गर्छन् नै ।

    उनी शारीरिक रूपमा सक्रिय मात्र रहेनछन्, उत्तिकै रसिक पनि । आफ्नै मर्जीको दिन बिताउन पाएको बखत उनी पत्रिका पढ्छन् र टिभी हेर्छन् । त्यो भन्दा बढी सिनेमा घर धाउँछन् । श्रीमतीलाई साथमा लिएर फिल्म हेर्न जाने उनले बताएका छन् ।

    बाहिरबाट हेर्दा उनको जीवन राजनीतिक धपेडीमा बितेजस्तो लाग्न सक्छ । तर, होइन रहेछ । उनी आफ्ना हितैषीसँग जमघट गर्दा रहेछन् । र, त्यहाँ राजनीति भन्दा बाहिरका मात्र कुरा गर्दा रहेछन् । यस्तै श्रीमती र छोरीहरूलाई लिएर रेष्टुरेन्ट जाँदा रहेछन् । तर, यसको कुनै तालिका भने हुँदैन । बेलामौकामा यस्तो भइरहन्छ ।

    यी विवरणहरूले भन्छ, ‘गगन थापा जिम धाउनु कुनै आश्चर्यको कुरा होइन । यो उनको दैनिकीको एक अंश हो ।’ कलकलाउँदो ठिटोलेझैं अत्यन्तै फुर्तिसाथ उनले जिम वर्कआउट गरेको देखेर एक शुभेच्छुक लेख्छन्, ‘प्रिय गगन दाइ, तपाईंले फिटनेशप्रति देखाउनुभएको लगाव, समर्पण र निरन्तर मेहनतको म साँच्चै प्रशंसा गर्छु ।’

    अर्का फेसबुक प्रयोगकर्ताको टिप्पणी यस्तो छ, ‘इतिहासले भन्छ शक्तिशाली मान्छेहरू शक्तिशाली ठाउँबाट आउँछन् । इतिहास गलत थियो, शक्तिशाली मान्छेहरूले ठाउँलाई नै शक्तिशाली बनाउँछन् ।’

    यी तारिफ र ढाडस आफ्नो ठाउँमा छ । यद्यपि गगन थापाको फिटनेस शैली आफैँमा अनुकरणीय छ । लगभग ८ वर्षअघि गगन थापालाई सोधियो, ‘तपाईं कसरी फिट एन्ड फाइन देखिनुहुन्छ ?’

    जवाफमा उनी भन्छन्, ‘तपाईं पत्यानुहुन्न होला । अहिले केही समस्याले छाडेको छु । नभए अरुदिन म नियमित शारीरिक व्यायम गर्छु । हप्तामा एक, दुई दिन फुटसल खेल्छु । अरू एक दिन दुई दिन वाक जाने कुरा भए मलाई पुग्छ जस्तो लागेको छ ।’

    पछिल्लो फेसबुक भिडियोमा शुभेच्छुकले उनलाई सटिक सुझाव दिएका छन्, ‘आफ्नो शरीरलाई जस्तै पार्टीलाई पनि बलियो बनाउनु होला ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
  • एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड
  • नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    News

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    News

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑