• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा जिल्लाका लागि मलको कोटा बढाउन आपुर्तिमन्त्री रिजालको निर्देशन

  • वीरगंज संजाल
  • २१ बैशाख २०८०, बिहीबार १२:३६
  • १२१७

    वीरगन्ज | उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले रसायनिक मलको वितरण प्रकृया सहज र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।बुधबार वीरगन्ज स्थित साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशीक कार्यालयको स्थलगत निरिक्षणपछि आपुर्तिमन्त्री रिजालले कार्यालय प्रमुख अमोज लामिछानेलाई यस्तो निर्देशन दिएका हुन् । मन्त्री रिजालले गृहजिल्ला पर्साका लागि विद्यमान रसायनिक मलको कोटा अपुग रहेकोले यसलाई बढाउन पनि निर्देशन दिए । उनले भने,‘ पर्सा जिल्लाका लागि अहिले जुन कोटा छ त्यो अपुग छ , यसलाई बढाउनुपर्छ , त्यसकालागि तपाईपनि लाग्नुस् म आफैलेपनि मन्त्रालय मार्फत पहल गर्छु ।

    त्यसअघि मन्त्री रिजालले साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशीक कार्यालय प्रमुख लामिछानेसंग मलको मौज्दात अवस्था , वितरण प्रकृया , आयातका क्रममा रहेको मलको अवस्था इत्यादि बारे जानकारी लिएका थिए । त्यसक्रममा कार्यालय प्रमुख लामिछानेले साल्ट टे«डीङले आयात गर्ने कूल मलको ३० प्रतिशत कोटा मधेस प्रदेशका लागि छुट्याउने गरिएको जानकारी गराए । मधेस प्रदेशका लागि छुट्याइएको मध्ये पर्सा जिल्लाको हकमा भने ९.५३ प्रतिशत मात्रै पर्ने गरेको जानकारी उनले मन्त्री रिजाललाई गराए ।

    पर्सा जिल्लाकोे लागि छुट्याइएको अहिलेको कोटा मागको तुलनामा कम भएको गुनासो किसानहरुले आफुलाई पनि सुनाउदै आएको उनले बताए । तर यो समस्या पर्सा जिल्लाका लागि मात्रै नभइ देशभरकै लागि भएको उनले बताए । मागको तुलनामा आपुर्ति नै कम हुदै आएका कारण आपुर्तिमा समस्या हुने गरेको गुनासो उनले मन्त्री रिजाललाई सुनाए । लामिछानेका अनुसार , गत फागुनमा आयात भएको मल मध्ये पर्सा जिल्लालाई उपलब्ध भएको १४ हजार बोरा युरिया र ११ हजार बोरा डिएपी मध्ये हालसम्म ९० प्रतिशत मल किसानलाई वितरण भइसकेको छ ।

    मन्त्री रिजाललाई जानकारी गराउँदै लामिछानले भने,‘ साल्ट ट्रेडीङले आयात गर्न लागेको मध्ये २६ हजार ५ सय मेटन युरिया र २५ हजार मेटन डिएपी पाइपलाइनमा छ , यी दुवै मल बैशाखको अन्तिम सातादेखि जेठको पहिलो साता सम्म वीरगन्ज आइपुग्छ । यसका अतिरिक्त २७ हजार मेटन युरिया र २० हजार मेटन डिएपी मल खरिदका लागि टेण्डर पनि भइसकेको जानकारी उनले गराए ।

    बुधबार साल्ट ट्रेडिङ कर्पोरेसनको निरिक्षणका क्रममा मन्त्री रिजालसंगै नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जर्नादन सिंह क्षेत्री, कांग्रेस पर्साका सचीव तथा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, मन्त्री रिजालका मुख्य स्वकीय सचिव बृहस्पतिकृष्ण श्रेष्ठ , स्वकीय सचिव राकेश याादव ,कांग्रेसका युवा नेता धर्मराज यादव, शेष हजरा,प्रधुमन चौहान,हरिन्द्र यादव,यूथ कांग्रेसका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायतको पनि सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑