अब अन्तरीक्षमै बिहेबारी !

 Krishna Shrivastav

काठमाडौं। मानिसहरु आफ्नो बिहेलाई स्मरणीय बनाउनका लागि पूराना किल्ला, अग्ला पहाडी चुलीदेखि नदी किनारसम्म गएर बिहे गर्दछन् । तर अब भविष्यमा बिहेबारी झनै खास बन्नेवाला छ । किनकी एउटा कम्पनीले अन्तरीक्षमा बिहेबारीको चाँजोपाँजो मिलाउँदैछ । Space Perspective नामक उक्त कम्पनीले मानिसलाई पृथ्वीभन्दा बाहिरको संसारमा बिहेको बन्धनमा बाँधिने मौका प्रदान गर्दैछ । सो कम्पनीले कार्बन न्युट्रल बेलुनमा बेहुला बेहुलीलाई चढाएर अन्तरीक्षमा पूराउने र अन्तरीक्षमै उनीहरुको बिहेको काम फत्ते गराउने योजना बनाइरहेको छ । कम्पनीका सस्थापक जेन पोएन्टरका अनुसार सेलिब्रेटी बनेर यसरी बिहे गर्ने इच्छा राखेका मानिसहरुको प्रतिक्षासूचि निकै लामो छ। उनका

विचित्र संसार, समाचार  संग सबंधीत छ |

प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशले लियाे अग्रता

 Krishna Shrivastav

बारा | बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जित्दै लुम्बिनीले अग्रता लिएको छ । विहीबार भएको पहिलो दिनको खेलमा तीन स्वर्ण र एक रजत पदक जित्दै लुम्बिनीले अग्रता लिएको हो । लुम्बिनीका लागि ४६ केजी तौल समूहमा रुपा बुढाथोकी, ४८ केजीमा जस्मिन चौधरी र ५८ केजीमा नवराज बस्नेतले स्वर्ण पदक जितेका हुन् । बुढाथोकीले कोशीकी रिशिका भुजेल र चौधरीले मधेस प्रदेशका निश्चल धामी र बस्नेतले बागमतीका सुरेश होङ लिम्बुलाई फाइनल खेलमा पराजित गरेका थिए । यता पहिलो दिनको खेल सम्पन्न हुँदा मधेस प्रदेश दोस्रो स्थानमा

Breaking News, खेलकुद, देश, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बच्चाको घाँटीमा कुनै वस्तु अड्किए तत्काल के गर्ने ?

 Krishna Shrivastav

वीरगंज | साना बालबालिका धेरै चञ्चल हुन्छन् । हरेक कुरामा उनीहरू निकै उत्साहित पनि हुन्छन् । विशेषगरी दुई वर्षसम्मका बच्चामा इन्द्रियहरूको विकास छिटोछिटो हुने भएकाले उनीहरूले कुनै नयाँ कुरा भेटे भने सबैभन्दा पहिले मुखमा नै लैजान्छन् । जसले गर्दा कहिलेकाहीं केही कुरा मुखमा लग्दा निलेर अड्किने समस्या समेत हुन्छ । बच्चाहरू खानेकुरामा पनि सधैं उत्साहित हुन्छन् । मनपर्ने चीज खाँदा कसरी टोक्ने, कति टोक्ने भन्ने उनीहरुलाई थाहा हुँदैन । जसकारण खाना खाँदा घाँटीमा अड्किन सक्छ । खाना खानेनलीमा सानो कुरा अड्कियो र निलियो भने त खासै समस्या हुँदैन, त्यो दिसामार्फत

जीवनशैली, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

लिपिस्टिक लगाउँदा नगर्नुहोस् यी गल्ती

 Krishna Shrivastav

वीरगंज | सुन्दर देखिने चाहना हरेक व्यक्तिको हुन्छ । त्यसमा पनि युवती र किशोरीहरु सौन्दर्य निखार्ने मामिला अगाडि नै देखिन्छन् । सुन्दरतामा निखार ल्याउन मेकअपको भूमिका निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि नछुट्ने सौन्दर्य प्रसाधन हो लिपिस्टिक । लिपिस्टिकले ओठलाई सुन्दर बनाउनुका साथै आकर्षक लुक दिन मद्दत गर्छ । लिपिस्टिकको सही प्रयोग गरेमा मात्रै अनुहारको चमक देख्न सकिन्छ । तर लिपिस्टिक लगाउँदा ध्यान नदिए अनुहारको चमक नै बिग्रिन्छ । त्यसैले लिपिस्टिक लगाउँदा केही कुरामा भने पक्कै ध्यान दिनुपर्छ । फुटेको र सुख्खा ओठ धेरैले ओठमा नहेरी सिधै लिपिस्टिक लगाउँछन् ।

समाचार, सौन्दर्य, स्वास्थ्य  संग सबंधीत छ |

निन्द्रा किन लाग्दैन ? यसरी पाउनुहोस् गहिरो निन्द्रा !!

 Krishna Shrivastav

वीरगंज | अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निन्द्र पर्दैन, हाम्रो शरीर भद्दा हुन्छ । काम गर्न जाँगर चल्दैन । मस्त सुत्न नसक्नु वा गहिरो निन्द्रा लिन नसक्नु आफैमा शारीरिक तथा मानसिक जटिलता हो । यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ । कति निदाउने ? एक रातमा कति समय निदाउने ? यसको जबाफ उमेर अनुसार केहि फरक हुन्छ । खासगरी बच्चाले अधिक समय सुत्नुपर्ने हुन्छ, तुलनात्मक रुपमा बयस्कले कम । अक्सर किशोर–किशोरी, युवा, बयस्क, बृद्धबृद्धाले औसत सातदेखि आठ घण्टा सुत्नुपर्ने बताइन्छ । यद्यपी सुत्ने अवधीले मात्र हुँदैन, त्यो कति

जीवनशैली, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

दिक्क लागिरहन्छ ? यस्तो उपाय अपनाउनुहोस्

 Krishna Shrivastav

काठमाडौं । ‘मलाई यो काम गर्दा गर्दा दिक्क लागिसक्यो ।’ धेरैको मुखबाट यो शब्द निस्किरहेको हुन्छ । हरेक दिन एउटै प्रकृतिको काम गर्दा प्रायः मानिसलाई दिक्क लाग्छ । बिहान उठ्ने, खाना खाने, अफिस जाने, घर फर्किने र भोलिपल्ट फेरि उही तालिका । जसले मानिसलाई दिक्क बनाउनु स्वभाविक नै हो । तर कतिपय व्यक्तिलाई जे काम गर्दा पनि दिक्क लाग्छ । मनोविद् डा. गृष्मा पनेरु भन्छिन्, ‘सधैं एउटै काम गर्नुपर्छ, नयाँपन छैन भने पनि मान्छेलाई दिक्क लाग्छ त्यो स्वभाविक भयो । तर जे काम गर्दा पनि दिक्क लाग्छ र लामो समयसम्म

समाचार, स्वास्थ्य  संग सबंधीत छ |

‘टाइगर ३’को छायांकनमा सलमान खान घाइते

 Krishna Shrivastav

काठमाडौं । बलिउड अभिनेता सलमान खान अहिले ‘टाइगर ३’ मा व्यस्त छन् । यो फिल्ममा धेरै वर्षदेखि जोशका साथ काम गरिरहेका थिए । हालै यो फिल्मको सुटिङका क्रममा सलमानलाई चोट लागेको छ । उनले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन्, जसमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ । डम्बेल उठाउँदा सलमानलाई यो चोट लागेको हो । फोटो सेयर गर्दै सलमानले लेखेका छन्, ‘जब तपाईलाई लाग्छ कि तपाई सारा संसारको भार आफ्नो काँधमा बोक्दै हुनुहुन्छ, तब उनीहरु भन्छन् संसार छोड र पाँच किलोको डम्बेल उठाएर देखाऊ । बाघ घाइते

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कोहलीको शतकमा बैंग्लोर विजयी

 Krishna Shrivastav

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा सर्वाधिक ६ शतक प्रहार गर्ने क्रिस गेलको कीर्तिमानी बराबरी गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादमाथि ८ विकेटको सानदार जित निकालेको हो। सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । कोहलीले ६३ बलमा १२ चौका र ४ छक्का मद्दतमा एक सय रन बनाए भने फाफ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

 Krishna Shrivastav

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

लगातार किन भासिँदैछ न्युयोर्क सहर ?

 Krishna Shrivastav

अमेरिका | अमेरिकाको न्युयोर्क लगातार डुब्दै गएको छ, धस्सिइरहेको छ । यो टापुमाथि बनेका गगनचुम्बी संरचनाहरुको भारका कारण न्युयोर्कको संरचना बिग्रिरहेको छ । यिनै भारीभरकम भौतिक संरचनाहरुले न्युयोर्क सहरलाई पातालमा धसाइरहेका छन् । प्राविधिक भाषामा यसलाई सब्सिडेन्स भनिन्छ । यसमा जमिनको ठूलो टुक्रा अचानक पानीमा भास्सिन्छ । आमरुपमा जमिनमुनि खाडल वा कुनै खाली ठाउँ बन्दा यसप्रकार माथिल्लो सतह धस्सिन्छ । तर कुनै सहरको भौतिक संरचनाको वजनका कारण सहरको जमिन नै भासिइरहेको भने पहिलो घटना हो । वैज्ञानिक अध्ययन अनुसार न्युयोर्क सहर हरेक वर्ष १ देखि २ मिलिमिटरले भासिइरहेको छ ।

Breaking News, विश्व, समाचार  संग सबंधीत छ |

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको निष्कर्ष- टोपबहादुर र इन्द्रजित योजनाकार

 Krishna Shrivastav

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको प्रकरणमा तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई मुख्य योजनाकार भएको प्रहरीले निष्कर्ष निकालेको छ । रायमाझीले तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईसँग मिलेर शरणार्थी बनाउने नाममा असुली गर्ने चलखेलको योजना बनाएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ । सरकारले ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन भन्दै कार्यदल गठन गर्नु अघिबाटै रकम उठाउन सुरु भएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रधानमन्त्रीको दोहोरो रवैया: प्रतिवेदन गोप्य राख्न मुद्दा हाल्ने, सदनमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने

 Krishna Shrivastav

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रश्नोत्तरका क्रममा जवाफ दिंदै तराई र थरुहट आन्दोलनका वारेमा जाँचबुझ गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताए । सांसदहरु शिशिर खनाल र गंगाराम चौधरीले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा थरुहट र मधेश आन्दोलनसँग सम्बन्धित विषयहरुमा छानबिन गरेर प्रतिवेदन पेश गर्न लाल आयोग गठन भएको कुरा साँचो हो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्दछ भन्नेभित्र म पनि पर्छु ।’ तर प्रतिवेदन सार्वजनिक गर्ने विषय आफ्नो नियन्त्रणमा नभएको दाबी गरे । उनले भने,

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जम्मा साढे ४ सय रुपैयाँमा ३ वटा घर !

 Krishna Shrivastav

काठमाडौं । महँगीको यो समयमा एक महिलाले साढे ४ सय रुपैयाँ भन्दा पनि कम मूल्यमा ३ वटा घर खरीद गरेर सबैलाई तिनछक बनाइदिएकी छिन् । यो घटना इटालीको सिसिलीमा भएको हो । अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा ४९ वर्षीया रुबिया डेनियलले सिसिलीमा सायद संसारकै सबैभन्दा सस्तो घर खरीद सम्झौता गरेर कीर्तिमान कायम गरेकी छिन् । रुसिबयाले जम्मा ३ डलर ३० सेन्टमा पूरै ३ वटा घर खरीद गरेकी छिन् । यस्तो अपत्यारिलो तरिकाले किनेका तीनवटै घरका सम्बन्धमा उनले ठूलो योजना बुनेकी छिन् । उनले आफूले खरीद गरेका ३ घरमध्ये एउटामा आफैं बस्ने र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कृषि मन्त्रीज्यू, यी विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभयो ?

 Krishna Shrivastav

वीरगंज | कृषि तथा पशुपन्छी विकास मन्त्रीज्यू, तपाईंले मुलुकको अर्थतन्त्र संकटमा रहेकोले मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री र प्रधानमन्त्रीसँग आग्रह गरेको थाहा पाइयो। कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको, कृषिको बजेट पनि काटेको, प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो नदिएको आरोप पनि लगाउनुभयो। तर के तपाईंले तल उल्लिखित विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभयो ? भन्सार नाकाहरूमा अत्याधुनिक विषादी परीक्षण केन्द्र (ल्याबोरेटरी) हरूको स्थापना र तालिमप्राप्त दक्ष जनशक्तिको व्यवस्था गर्न बजेट विनियोजन गर्नुपर्छ। सीमा नाकामा परीक्षणको व्यवस्था कडाइका साथ गर्नुपर्छ। यसले विषादीयुक्त कृषि उपजलाई पैठारी गर्नबाट रोक लगाउँछ र देशभित्रै उत्पादन

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राैतहटमा “विना ढेउआ के ,विवाह गर्नेले पाए सम्मान

 Krishna Shrivastav

राैतहट ।धार्मिक अगुवा सराेकारवाला र अपाङ्गता भएका व्यक्ति विच सम्वाद भएकोछ । जिल्ला समन्वय समितिका प्रमुख रामअयाेध्या यादवको प्रमुख उपस्थितिमा आपाङ्गता भएका व्यक्तिसंग संवाद भएको हो । अन्तर धार्मिक सञ्जालका अध्यक्ष अनिसु रहमानको अध्यक्षतामा भएको समवादमा जनकी घिमिरे साह ,रिता कुमारी ,दिपक श्रेष्ठ सहितले हिन्दु ,मुस्लिम र ईसाई धर्मका मानिसले मिलेर बस्न सबैले सिक्नु पर्छ प्रतिवद्वता गरेका छन । उमेर पुगेपछि बिना दाइजो (विना ढेउआ के )विवाह गर्ने रामलाल पासवान ,ओम प्रकाश पासवान सहितकालाई सम्मान गरिएको थियो ।कार्यक्रममा वल्ड भिजन र चिरन नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।


जसपाद्वारा लेखा परीक्षण प्रतिवेदन सार्वजनिकबारे आयोगलाई जानकारी

 Krishna Shrivastav

वीरगंज | जनता समाजवादी पार्टी (जसपा) नेपालले आ.व. २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको निर्वाचन आयोगलाई जानकारी गराएको छ । निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो । बुधबार पार्टीले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेवसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी आयोगलाई जानकारी गराएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।


पत्रकारले पारदर्शिताका साथ सकारात्मक समाचार दिनुपर्छ: एसपी सिंह

 Krishna Shrivastav

वीरगंज | उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको बताएका छन् ।  “सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ,”  उनको भनाई थियो । प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना र सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा उपमुख्यमन्त्रीले भिडियो सन्देशमार्फत यस्तो धारणा व्यक्त गरेका हुन ।  होटल क्लार्क शिराजमा भएको सम्मेलनमा भारत, नेपाल र बंगलादेशका ४०० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो ।  कन्क्लेभको विषय “समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान” रहेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

 Krishna Shrivastav

वीरगंज | नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाण्डौमा रहेको उनकै निवासबाट आज बिहीवार पक्राउ गरेको हो । यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर भुटान लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र थप प्रमाण पनि भेटिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतका १४ जना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या