• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  समाचार

    लिपिस्टिक लगाउँदा नगर्नुहोस् यी गल्ती

  • वीरगंज संजाल
  • May 19, 2023, 10:25 am
  • १००५

    वीरगंज | सुन्दर देखिने चाहना हरेक व्यक्तिको हुन्छ । त्यसमा पनि युवती र किशोरीहरु सौन्दर्य निखार्ने मामिला अगाडि नै देखिन्छन् । सुन्दरतामा निखार ल्याउन मेकअपको भूमिका निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि नछुट्ने सौन्दर्य प्रसाधन हो लिपिस्टिक ।

    लिपिस्टिकले ओठलाई सुन्दर बनाउनुका साथै आकर्षक लुक दिन मद्दत गर्छ । लिपिस्टिकको सही प्रयोग गरेमा मात्रै अनुहारको चमक देख्न सकिन्छ । तर लिपिस्टिक लगाउँदा ध्यान नदिए अनुहारको चमक नै बिग्रिन्छ । त्यसैले लिपिस्टिक लगाउँदा केही कुरामा भने पक्कै ध्यान दिनुपर्छ ।

    फुटेको र सुख्खा ओठ

    धेरैले ओठमा नहेरी सिधै लिपिस्टिक लगाउँछन् । यदि ओठ सुख्खा वा फुटेको छ भने लिपिस्टिक लगाएपछि चर्किएको देखिन्छ । त्यसैले आफ्नो ओठमा लिपिस्टिक लगाउँदा त्यसअघि स्क्रब गर्नुपर्छ । यसका लागि चिनीमा मह मिसाएर ओठमा मसाज गर्न सकिन्छ । यसले ओठमा बसेको मृत कोषिकालाई स्वतः हटाउँछ ।

    मोइस्चराइजर लगाउने

    लिपिस्टिक जतिसुकै राम्रो किन नहोस्, यसलाई लगाउनुअघि ओठमा मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजर लगाउनाले ओठको नरमपन कायम रहन्छ । जसले लिपिस्टिक लगाएपछि ओठ सुन्दर देखिन्छ ।

    सही रूपरेखा

    लिपिस्टिक लगाउनुअघि लिप लाइनरको साथै ओठको रूपरेखा बनाउन धेरै महत्त्वपूर्ण छ । यदि ओठ पातलो छ भने यो जुक्ति बिर्सनु हुँदैन । पातलो ओठ भएका महिलाले ओठबाहिर अलिकति लिप लाइनर लगाएर आउटलाइन बनाउनुपर्छ । यदि ओठ अलि ठूलो छ भने लिप लाइनरलाई अलिकति भित्रतिरबाट लगाउनुपर्छ ।

    एकभन्दा बढी कोट लगाउने

    महिलाले ओठमा एउटै कोट मात्र लिपस्टिक लगाउने गरेको देखिन्छ । यस्तो गर्नु राम्रो हुँदैन । ओठमा लामो समयसम्म लिपिस्टिक राख्न दुई–तीन कोट लगाउनुपर्छ । सबैभन्दा पहिले लिपिस्टिकको पहिलो कोट लगाउनुपर्छ । त्यसपछि यसको माथि पाउडर लगाउने र त्यसपछि दोस्रो कोट लगाउनुपर्छ । यसरी लिपस्टिक लगाउनाले यो लामो समयसम्म टिक्छ ।

    लिक्विड लिपिस्टिक लगाउँदा हतार नगर्ने

    मेकअप गर्दा लिक्विड लिपिस्टिक लगाउन अलि बढी समय लाग्छ । यसका लागि तपाईंले आउटलाइन गरिसकेपछि फिनिसिङ पनि गर्नुपर्छ । त्यसैले लिक्विड लिपिस्टिक लगाउँदा हतार गर्नुहुँदैन । त्यस्तो लिपिस्टिकको लागि एक कोट मात्र पर्याप्त छ । एकै समयमा पटक–पटक लिपिस्टिक लगाउनाले ओठको बनावट बिगार्न सक्छ ।

    फाउन्डेसन वा कन्सिलर प्रयोग गर्ने

    हाम्रो ओठको रङ फरक हुन्छ । त्यसैले जुन रङको लिपिस्टिक किनेको हो, त्यही रङ ओठमा पनि देख्न सकोस् भन्ने चाहनुहुन्छ भने लिपिस्टिक लगाउनुअघि ओठमा केही फाउन्डेसन वा कन्सिलर लगाउनुपर्छ । यसबाट तपाईंको लिपिस्टिकको रंग चाहेअनुसार वास्तविक देखिनेछ ।

    टिस्यु पेपरको प्रयोग

    लिपिस्टिकको अन्तिम कोट लगाएपछि यदि गाढा देखिएमा चिन्ता गर्नु पर्दैन । त्यसको लागि टिस्यु पेपरको सहायताले माथिको तह हटाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑