Krishna Shrivastav
बालेन र हर्क साम्पाङलाई रास्वपामा जोड्ने चाहना छ : रवि लामिछाने
Krishna Shrivastav

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वतन्त्रतर्फबाट निर्वाचन जितेका मेयरहरूलाई रास्वपामा सदैव बाटो खुल्ला रहेको बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा रास्वपा सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लगायत स्वतन्त्रबाट चुनाव जितेका मेयरलाई रास्वपाको ढोका खुला रहेको बताएका हुन्। स्वतन्त्र उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ को चुनावमा समेट्न सक्ला कि नसक्ला भनेर पत्रकारहरुले राखेको जिज्ञासामा लामिछानेले भने, ‘यो त एकदमै राम्रो हुन्थ्यो। त्यस्ता साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहना छँदै छ। त्यो चाहना अनुरुप अन्य साथीहरुले