• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सासंद रवि लामिछानेको पहलमा खानेपानी आउदा रामनगरका बासिन्दा हर्षित

  • वीरगंज संजाल
  • ७ असार २०८०, बिहीबार ११:२३
  • १७७३

    वीरगंज । चितवनको रामनगरमा सासंद रवि लामिछानेको पहलमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । खानेपानी आउदा रामनगरबासी निकै खुशी भएका छन् । भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका थिए । उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए । स्थानीय विन्दा न्यौपानेले २ महिना भन्द बढी सम्म घरको काम छाडेर जनश्रमदानमा जुटेको भन्दै पानी आएपछि उत्साहित भएको बाताउनु भएको छ । “एकदम खुशीको अनुभव भएको छ, पानी आउँदा हामी यति खुशी भयौ भनी पानीको समस्या भको ठाउँमा हल हुदा खेरी हामी एकदम खुशी छौ,पानी त आउन त आथ्यो समयमा आउथिएन कहिले एक दिनमा आउथ्यो, कहिले कसको धारामा आउथ्यो, कहिले कस्को धारामा आउथिएन पानीको समस्या समाधान हुन्थेन पहिला पानीले भने अहिले भने सबैको घर घरको धारामा ठुलो ठुलो पानी आउछ, टयाङकीमा चढ्ने पानी समेत आइसकेको छ अहिले लगभग हामी २ महिना भन्दा बढी श्रम दान गर्न पनि गयौ,पानी आउँदा अहिले रामनगर बासीको खुशीको सिमानै छैन ।”


    यस्तै रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरेखोलाको पानी आएपछि निकै खुसी भएको बताउनु हुन्छ स्थानिय कल्पना धरेल । “हामी एकदम खुशी छौ पानीको समस्या रामनगर अलिकति हाइट भएर पनि होला इनारको पानी अलि कम आउथ्यो, खोलातिरको पानीको मुहान पनि सुक्थ्यो, पानीको एकदमै कमी भा बेलामा पानी आउदा हामी एकदमै खुशी छौ अब हामीलाई पानीको समस्या भोग्नु पर्दैन की भन्ने हामी आशावादी छौ ।”भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुआत गर्नुभएको थियो । उहाँले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समय १ सय दिन अगाबै खानेपानी ल्याउन सफल भएकोमा बताउनु भयो । “हामी जनश्रमदान बाट जुगेडीको खोला बाट  पानी रामनगर सम्म ल्याउेन छौ र विभिन्न ठाउँ जहा  पानी  पुगेको छैन त्यहा पुर्याउने छौ, तिनहजार भन्दा बढी घरधुरीलाई आवश्यक हुन्छ भन्ने कुरा तय गर्यौ,त्यसै दिन हामीले यो कुरा तय गरेर घोषणा पनि गर्यौ र जुन दिन हामीले ट्याङकी पत्ता लगायौ त्यहि दीन हामी खोला सम्म पुग्यौ, त्यसैदिन त्यहाँको पानी पिउँदै भनेको थिए पानी त आयो आयो आज त पानी आयो त्यसै  दिन घोषणा गरीएको थियो ।”


    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरान उपमहानरका मेयर हर्क साम्पाङको प्रेरणाबाट चितवनमा अहिले पानी ल्याएको बताउनु भयो । “धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले ढुंगा जम्मा गरेर जनश्रमदान गरेर पानी ल्याउन लागेको कुरा सर्वत्र चर्चाको विषय थियो, यदि त्यो कुरा मलाई थाहा हुन्न थियो र हर्क साङपाङले त्यो अभियान सुरु गरेको हुन्न थियो भने यो पानी ल्याउने कुरा मलाई प्रेरणा मिल्ने थिएन,त्यसकारणले उनै हर्क साङपाङले मलाई प्रेरणा दिनु भएको हो ।”
    विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरूआत भएको थियो । त्यसबेला रामनगरमा चारवटा पानी ट्याङ्की निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानी ल्याइएको हो ।


    रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको रामनगर,ठिमुरा,देवघाट,जुगेडी भतेरी खानेपाी समितिका अध्यक्ष तुलसीराम श्रेष्ठको भनाई छ । श्रमदानबाट खानेपानी ल्याउन करिब रू एक करोड खर्च भएको जनाइएको छ । भरतपुर २९ को मगर खहरे कविलास माथि रामनगरबाट करिब ८ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्याङ्क्ी मर्मत र सरसफाइ तथा प्राविधिक खर्च गरी करिब रू एक करोड खर्च भएको श्रेष्ठले बताउनु भयो । यो खानेपानीले रामनगरका ३ हजार घरधुरी लाभान्वित हुने छन् । खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधान भएको खानेपाी समितिका अध्यक्ष श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार धेरै कठिनाइका विच खानेपानी ल्याउन सफल भएको हो ।“मलाई यत्रो संयन्त्रले,स्थानिय तहले,संघिय तहमा प्रदेश तहको नेतृत्वले हामीले गरेको गुहार नसुन्दीने,हामीले उठाईका आवाज नसुन्दीने, जनताहरुले प्रत्यक्ष रुपमा गएर दिनमा सय डेढ सय जनाले श्रम दान गरेर पानी  ल्याउने ठाउँमा असहयोग गर्ने जस्ता तत्व समाजमा विकराल रहेछ भन्ने कुरा हामीले महसुस गर्यौ,त्यसलाई पर्छानलाई निर्चोनलाई, यसलाई नाङो बनाउनलाई हामीले जुन हिसाबल हामीले अठोट लिएर काम गर्यौ नि तेले हामीलाई सफलता दिएको हो ।”


    चितवन क्षेत्र नं  २ का जनप्रतिनिधि सांसद रवि लामिछानेको अगुवाईमा जुगेडीको पानी रामनगर सम्म त ल्याइयो तर दिर्घकालीन होला त भन्नेमा अझै आशंका छ । रामनगरमा फेरी पनि खानेपानीको समस्या नआउला भन्न सकिन्न  तसर्थ बाह्रै महिना खानेपानी ल्याउन रामनगर बासी सचेत हुन आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑