आज दिउँसो कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा पानी पर्ने सम्भावना

 Krishna Shrivastav

वीरगंज । आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन । तर, पानी पर्ने र रोकिने क्रम भने चलिरहने छ ।


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कालिकामाई युवा समाजद्वारा कालिकामाई गाउँपालिकाको नया प्रमुख प्रशासकिय अधिकृत यादवलाई स्वागत

 Krishna Shrivastav

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाजद्वारा पालिकाको नया प्रमुख प्रशासकिय अधिकृत नमोनाथ प्रसाद यादवलाई टिका र खादा लगाई स्वागत गरिएको छ। युवा समाजका उपस्थितमा युवाहरुको प्रमुख प्रशासकिय अधिकृत नामोनाथ प्रसाद यादव ज्यु सङ्ग आफ्नो संस्थाको बारेमा बलियो दक्ष छिटो छरितो बनाउने उदेशय राखदै आफ्नो काम कर्तब्य अमुल्य काम शिर्जनात्त्मक कुराहरु राख्दै स्वक्ष,समृद्ध तथा विकसित पालिका निर्माणको प्रयास बारे कुराकानी गर्दै उक्त उदेसय प्राप्तको लागि प्रशासकिय अधिकृतको जिम्मेवारीको हैसियतले यादवको सहयोग पाउने अपेक्षा प्रकट गरेका छन् । प्रमुख प्रशासकिय अधिकृतले आफु पनि युवा भएको हुनाले हरेक पल यस

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गरिब तथा दलित बर्गका महिलाद्वारा सिम्रौनगढका सबै लघुबितमा तालाबन्दी

 Krishna Shrivastav

वीरगंज । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकामा गरिब तथा दलित बर्गका रहेका महिलाहरुले सिम्रौनगढमा रहेका सबै लघुबितमा तालाबन्दी गरेका छन। कन्चन कुमार पासवानकाे नेतृत्वमा रहेकाे दुई सय भन्दा बढि महिलाकाे संख्याले आन्दोलन र जुलुस सिम्रौनगढमा निकालेकाे थिए। लघुबितबाट लिएको ऋण माफ गरिदिनु तथा ऋणी लाई लघुबितकाे क्रमचारि द्वरा दमन साेसन बन्द गर लगायत उनिहरुको माग थियाे। समता घरेलु लघुबित सारथि निर्धन स्वरोजगार लगायत एघार औटा लघुबितमा तला लगाइ प्रदर्शन समेत गरेका थिए। लघुबितबाट पिडित गिता देबि नुनियाइनले बताउदै बिगत लामाे समय देखि क्रमचारिहरुले गाउमा आउनै र बिभिनन थरिका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट कोइला बोकेको रेल पहिलो पटक वीरगंज आइपुग्यो

 Krishna Shrivastav

वीरगंज । पहिलो पटक कोइला बोकेर कोर्गो रेल नेपाल प्रवेश गरेको छ । ३६ लाख किलो कोइला बोकेको इण्डियन रेल वेको रेल शनिबार राति १० बजे वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहस्थित यार्डमा आइपुगेको हो । लतिका कमोडिटी सप्लाइज प्रालिले भारतबाट खरिद गरेको कोइला वीरगन्ज आइपुगेको हो । नेपाली भन्सारको यार्डमै कोइला आइपुगेपछि अब नेपाली व्यवसायीहरु कोइला चोरी हुने समस्याबाट मुक्त भएका छन् भने कोइलाको क्षतिमा असुल नहुने बीमाको जोखिम समेत टर्नेछ । शुक्रबार बिहान भारतको पश्चिम बंगालस्थित रानीगञ्जबाट हिंडेको कार्गो रेल शनिबार राति सुख्खा बन्दरगाह छिरेको थियो । अहिले उक्त

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट पेट्रोलको मूल्य घटेर र डिजेलको मूल्य बढेर आयो, निगम नाफामा

 Krishna Shrivastav

वीरगंज । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर र डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । ग्यासको मूल्य घटेर आएपछि निगमलाई अब ग्यासमा नोक्सानी नरहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । नेपाल आयल निगम हाल नाफामा छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश सरकारको गृह मन्त्रालयमा तालाबन्दी

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा जनयुद्धका शहीद परिवारले तालाबन्दी गरेका छन् । मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख रुपैयाँ नदिएको भन्दै उनीहरुले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । विभिन्न जिल्लाबाट आएका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरेपनि मुख्यमन्त्रीसँग भेट्न पाएनन् । प्रदेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्तावन्दीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेकोमा प्रतिष्ठानले तीनवर्षसम्म एक÷एकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा पाएका छैनन् । सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अन्तरजातीय विवाह गर्दा केटाको घरमा आगो लगाइयो

 Krishna Shrivastav

वीरगंज । जुम्लामा अन्तरजातीय विवाह गर्दा दुलाहको घरमा आगो लगाइएको छ। दलित समुदायको केटाले गिरीको छोरी भगाएर विवाह गरेपछि केटी पक्षका आफन्तहरूले कटोको घरमा आगो लगाइदिएका हुन्। जुम्लाको तातोपानी गाउँपालिका-४ गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय पर्मिला गिरी (नाम परिवर्तन) सँग भागेर गत साता बिहे गरे। अन्तरजातीय विवाह गरेका मुकुन्द २० वर्षका भए भने केटीको उमेर १६ वर्ष रहेको बुझिएको छ। हाल उनीहरू बाँकेमा रहेको केटीले आफ्ना आफन्तलाई फोनमा भनेको बुझिएको छ। केटी भगाएको चार दिन पछि दलित केटाको घर आगो लागेको मुकुन्दका माइला दाइ भरत नेपालीले बताए। भाइले अन्तरजातीय बिहे गरेको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज कारागारमा रहेको समता स्कुललाई एभरेष्ट बैंकद्वारा दुई लाख सहयोग

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज कारागार परिसरमा रहेको समता स्कुललाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले समता स्कुल भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि २ लाख रुपैया आर्थिक सहयोग गरेको हो । आइतबार समता स्कुलमै पुगेर एभरेष्ट बैंकका मधेस प्रदेश प्रमुख विभूति न्यौपानेले समता स्कुलकी प्रिन्सिपल अनामिका मिश्रालँई २ लाख रुपैयाको चेक हस्तान्तरण गरे । त्यसअवसरमा न्यौपानेले कैदी बन्दी तथा बिपन्न समुदायका छोराछोरीलाई अंग्रेजी माध्यमबाट शिक्षा दिई रहेको समता स्कुलको दीगो रुपमा सन्चालनको लागि बैंकले सहयोग गर्न पाउदा आफुहरुलाई खुशी लागेको बताए । उनले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज १५ मा सडक निर्माणमा असहयोग गर्नेहरुको पक्की घरमा चल्यो महानगरको डोजर

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्वर १५ मा सडक अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाइएको छ । प्रतिमा चोक भित्रतर्फको ट्रान्सफरमर चोकदेखि ध्रुब यादवको घरसम्म निर्माणाधिन सडकको दायाँबायाँ परेका घर टहरा महानगरको टोलीले आइतबार डोजर लगाएर हटाएको हो । सडकको दायाँ बायाँ परेका ७ वटा पक्की भवन तथा टहराहरु हटाएको महानगरका नगरप्रहरी प्रमुख हरि भुषालले जानकारी दिए । सडक निर्माण भइरहेको र सडकमा परेका संरचना हटाउन पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोलीले आइतबार ती संरचना हटाएको हो । स्थानीयलाई संरचना हटाएर सडक निर्माण सहयोग गर्न पटक पटक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वालुवासहित सवारी नियन्त्रणमा

 Krishna Shrivastav

वीरगंज । जथाभावी खोला उत्खनन् कार्यमा संलग्न दुई वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार क्षीरेश्वरनाथ नगरपालिका ७ स्थित जलाद खोलाबाट ट्याक्टर नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट अनुगमनमा खटिएको प्रहरी टोलीले अन टेस्ट दुबै ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टरमा वालुवा लोड गरिएको छ । प्रहरीको टोली देख्नसाथ चालक र कामदारहरु फरार भएको थियो । प्रहरीले सवारी धनीलाई खोजी गरी कारबाही गर्ने तयारी थालेको छ । सोही कारण सवारी नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको बताइएको छ । पछिल्लो समय प्रहरीलगायत सरोकारबला निकायले जथाभावी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेश : ट्राफिकमा उत्कृष्ट काम गर्ने इन्स्पेक्टरसँगै ३ जना सम्मानित

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी इन्स्पेक्टरसँगै तीन जना नगद पुरस्कार सहित कदरपत्रबाट सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन्। शनिबार ढल्केवर स्थित एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो। तीनै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईई नतिजा यसै साताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यसै साता अर्थात् शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले कक्षा १० को नतिजा यही हप्ता सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौँमा ८ जना जुवाडे पक्राउ

 Krishna Shrivastav

वीरगंज । काठमाडौँमा ८ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १८ नरदेवी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । डेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपैयाँ र ४ बुकतास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


बाराको निजगढ र आसपासका क्षेत्रमा ठूलो वर्षा, बाढीको चेतावनी

 Krishna Shrivastav

वीरगंज । बाराको निजगढ र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाराको निजगढ र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा ठूलो पानी परेको र अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढीको चेतावनी दिएको छ । बकैया नदी र त्यस क्षेत्र भइ बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा डुबान भइरहने होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन महाशाखाको आग्रह छ । त्यस्तै, ईलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, र पर्साका नदी तथा खोलामा पनि बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज लायन्स क्लबद्वारा विभिन्न स्थानहरूमा खाना खुवाउने कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । सामाजिक सेवामा सक्रिय वीरगञ्जका लायन्स क्लबले आज वीरगञ्जका विभिन्न स्थानहरूमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरी लायन वर्ष २०२३/२४ को शुभारम्भ गरेका छन् । लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर, लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफ, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगञ्ज वाकिङ टिम एनएलएफ, लायन्स क्लब अफ वीरगञ्ज कुटुम्ब, लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज ऐक्सीलेन्स,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेस प्रदेशमा यसपालि रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनीको दाबी

 Krishna Shrivastav

वीरगंज । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने कृषि सामग्री कम्पनी लिमिटेडले दाबी गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्जले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने जनाएको छ। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्रप्रसाद चम्लागाईँका अनुसार हाल युरिया ६ हजार मेट्रिक टन र डिएपी तीन हजार मेट्रिक टन गोदाममा मौज्दात छ। गोदाममा मौज्दात रहेको मल असारसम्मका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ओबिसी महासंघ वीरगन्ज महानगरको अध्यक्षमा युवा नेता गुप्ता चयन

 Krishna Shrivastav

वीरगंज । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघको वीरगन्ज महानगरको अध्यक्षमा अजय गुप्ता चयन भएका छन् । शनिवार वीरगन्जमा आयोजित ओबिसी महासंघको वीरगन्ज महानगर स्तरीय भेलाले वीरगन्ज १० घडीअर्वाका युवा नेताा गुप्तालाई अध्यक्षमा सर्वसम्मच चयन गरेको हो । महासंघको वीरगन्ज महानगरको कमिटी बिस्तारसंगै अध्यक्षमा गुप्तालाई सर्वसम्मत चयन गरिएको महासंघका केन्द्रीय सदस्य संदिप महतोले जनकारी दिए । गत स्थानीय तह निर्वाचनमा वीरगन्ज मानगरपालिका वडा नम्बर १० को वडाअध्यक्ष पदका लागि एमालेबाट प्रत्यासी समेत रहेका गुप्ताको राजनितिमा सक्रियता र संगठन प्रतिको निष्ठालाई कदर गर्दै महासंघले अध्यक्षको जिम्मेवारी दिएको महत्तोले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक