• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेस प्रदेशमा यसपालि रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनीको दाबी

  • वीरगंज संजाल
  • Jul 2, 2023, 1:48 pm
  • १०४१

    वीरगंज । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने कृषि सामग्री कम्पनी लिमिटेडले दाबी गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्जले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने जनाएको छ। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्रप्रसाद चम्लागाईँका अनुसार हाल युरिया ६ हजार मेट्रिक टन र डिएपी तीन हजार मेट्रिक टन गोदाममा मौज्दात छ। गोदाममा मौज्दात रहेको मल असारसम्मका लागि पुग्ने र साउनको पहिलो साता थप मल आउने भएकाले यस वर्ष धानखेतीको समयमा मल अभाव नहुने प्रमुख चम्लागाईँको दाबी छ। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जमा चालु आव २०७९÷८० को १० महिनामा एक लाख ७० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ।

    चालु आव २०७९/८० को साउनदेखि वैशाखसम्ममा एक लाख मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको प्रमुख चम्लागाईँले जानकारी दिए। यसबाहेक थप २०–२० हजार युरिया र डिएपी खरिदका लागि बोलपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको र उक्त बोलपत्र स्वीकृत भएर मल आएपनि मलको माग अत्यधिक रहेकाले त्यसले असारसम्म मात्र धान्न सकिने प्रमुख चम्लागाईँले बताए। ’अहिलेसम्म युरिया र डिएपी गरी एक लाख ७० हजार मेट्रिक टन मल आइसक्यो, ५० हजार मेट्रिक टन मल आउने क्रममा छ र ४० हजार मेट्रिक टन मल बोलपत्र स्वीकृत प्रक्रियामा छ’, प्रमुख चम्लागाईँले भने, ’हामीकहाँ आइसकेको, आउने क्रममा रहेको र बोलपत्र खरिद प्रक्रियामा रहेको मल सबै आयो भने पनि त्यो साउनसम्म धान्न सक्ने देखिन्छ।’ थप मलका लागि प्रक्रिया सुरु भइसकेकाले धानखेतीको समयमा मल अभाव नहोला कि भन्ने हाम्रो अनुमान छ’, प्रमुख चम्लागाईँले भने। ’धानखेतीको मुख्य सिजन असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुन्छ, त्यो बेलासम्म अहिले प्राप्त भएको वा आउन लागेको मल पर्याप्त नभए पनि यस वर्ष साह्रै अभावचाहिँ नहोला।’ त्यसैले धानखेतीको समयमा चाहिने थप मल खरिदका लागि अहिले नै प्रक्रिया सुरु गर्नुपर्छ’, उनले भने।

    जिटुजी मार्फत खरिद भएको रासायनिक मल प्राप्त भएलगत्तै जिल्ला जिल्लामा मल पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जले जनाएको छ। रासायनिक मल अभाव हुन नदिन मल प्राप्त भएलगत्तैबाट मलखाद्य बाँडफाँट भएअनुसार जिल्ला–जिल्लामा मल पठाउँदै आएको प्रमुख चम्लागाईँले बताए। मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उनले बताए। मागबमोजिम आपूर्ति नभए पनि अघिल्लो आव २०७८/७९ को तुलनामा चालु आव २०७९/८० मा बढी मल आएको उनले बताए । अघिल्लो आव २०७८\७९ मा युरिया ६० मेट्रिक टन र डिएपी ४० मेट्रिक टन मल आएको थियो। उनका अनुसार मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मधेस प्रदेशमा वर्षभरिका लागि चार लाख ६३ हजार मल चाहिने भन्दै पत्र पठाएको छ। ’यसरी हेर्दा अहिले आइरहेको मल मधेस प्रदेशकै लागि पनि अपुग हुने देखिन्छ’, प्रमुख चम्लागाईँले भने, ’यस्तो स्थितिमा कसरी मल पुर्याउन सकिन्छ, सम्भव नै देखिँदैन।’ त्यसैले बर्सेनि मल अभाव हुनु स्वभाविक नै हो, उनको कथन छ। वीरगन्ज स्थित प्रादेशीक कार्यालयले मधेस प्रदेशका आठवटै जिल्ला, बागमती प्रदेशका १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लमजुङ, गोरखा, कास्की, पर्वतलगायतका जिल्लामा रासायनिक मल पठाउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प
  • सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा
  • अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ
  • भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    News

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    News

    अर्थमन्त्रीले भने: सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ

    News

    भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने

    News

    प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दुमा रास्वपा पुगेको छैन : रवि लामिछाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑