
वीरगंज । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले आगामी भदौ १ गतेबाट इलोक्ट्रोनिक भिसा (ई–भिसा) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ ।
“ई–सिसा प्रणालीलाई पूर्ण कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने सम्पूर्ण तयारी सकिएको छ,” अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालले भने ।
ई–भिसा प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि नेपाल आउने पर्यटकले अब भिसा स्टीकर आफ्नो पासपोर्टमा टाँसिरहनु पर्दैन । पर्यटकले आफ्नो देशबाट अनलाइन भिसा आवेदन दिन सक्ने र उनीहरूले अनलाइन नै भिसा प्राप्त गर्न सक्नेछन् ।
“हामीले दिएको भिसा प्रिन्ट गरेर पर्यटकहरू सजिलै नेपाल आवतजावत गर्न सक्नेछन् । अब भिसा स्टीकर पासपोर्टमा टाँसिरहनु पर्दैन,” ढकालले भने ।
भदौ १ गतेबाट नेपाल आउने सबै देशका नागरिकले ई–भिसा पाउने उनले जनाए ।
