पर्सामा १० जना मिटरब्याजी प्रहरी थुनामा

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) गरेको आरोपमा १० जनालाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएका उजुरीको सम्बन्धमा छानबिन गर्दा १० जना मिटरब्याजीलाई थुनामा राखेर कारबाही अघि बढाइएको हो । जिल्ला प्रशासन कार्यालय पर्सामा गत आइतबारसम्म मिटरब्याजीविरुद्ध १ हजार ३ सय २१ उजुरी दर्ता भएको र ती उजुरीको सम्बन्धमा क्रमैसँग आवश्यक छानबिन भइरहेको बताइएको छ । ‘हालसम्म २ सय ३१ उजुरीको सम्बन्धमा छलफल भइसकेको छ,’ उनले भने, ‘तीमध्ये ८० उजुरीमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

घुस रकमको भागबण्डा नमिल्दा यातायात कार्यालय वीरगंजका कर्मचारीबीच विवाद

 Krishna Shrivastav

वीरगंज । अतिरिक्त कमाई हुने सबैभन्दा आकर्षक कार्यालय यातायात व्यावस्था कार्यालय वीरगन्जका कर्मचारीहरुको आर्थिक लेनदेनमा कुरा नमिल्दा सेवाग्राहीले भने सास्ती खेप्नु परेको छ । यातायात व्यावस्था चालक अनुमति पत्र कार्यालय वीरगन्जमा कर्मचारीहरुको घुस लेनदेनमा कुरा नमिल्दा सेवाग्राहीहरुलाई भने समस्या भएको हो । कर्मचारीहरुबीच सेवाग्राहीबाट लिने घुस रकमको भागबण्डामा कुरा नमिल्दा बढेको विवाद अहिले प्रहरीकोमा पुगेको छ । प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १४ का बिशाल पटेललाई पक्राउ गरेको छ । यातायात कार्यालयका पाचौं तहका कर्मचारी रन्जीत साहले पटेलबिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी गरेका थिए । उनले पटेल र अर्का

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज २६ मा दादूरा-ठेउला रोग देखा परे

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा दादूरा-ठेउला रोग देखा परेको छ । वडा नम्बर २६ अठरहाँका एकै घरमा ४ देखी ५ जनालाई दादूरा र ठेउला रोग रहेको स्वास्थ्य चौकी सुगौली वीर्ताकी इन्चार्ज राम कुमार यादवले बताउनु भयो । वीरगन्ज महानगरपालिका वडा २६ अठरहाँका २५ जना भन्दा बढीमा ठेउला रोग देखा परेको स्वास्थ्य चौकीकी इन्चार्ज यादवले बताए । स्थानीयले स्वास्थ्य संस्थामा परीक्षण गर्न जाँदा ठेउलाको बिरामी देखा परेको हो । दैनिक ५÷६ जनाको शंक्रमानका विरामी सम्पर्कमा आउने गरेको “उनले बताए । सुगौली विर्तामा पुष र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कालिकामाई युवा समाजद्वारा कालिकामाई गाउँपालिकामा निर्माण कार्यमा रोक

 Krishna Shrivastav

वीरगंज | आज कालिकामाई गाउँपालिकामा भइरहेको निर्माण कार्यहरूको स्थलगत अनुगमन गरिएको छ!निर्माण कार्यहरु बाटो ढलान, नाला निर्माण जस्ता कार्यहरू नियमा विपरीत गरिएको र मापदण्ड पूरा नभएको लगायतका कमीकमजोरीहरु न सुधारे सम्म आफूहरु उक्त निर्माण कार्य पास नगर्ने कुरा जानकारी गराउँदै छिटो र छरितो मापदण्ड पुरा गर्न प्रमुख प्रशासकीय अधिकृत नमोनाथ यादवले ठेकदारहरु लाई निर्देशन समेत दिनुभएकोछ! पालिकाभित्र भइरहेको निर्माण कार्यहरूको रेखदेख गर्ने जिम्मा सम्पूर्ण जन्ताकोभएको हुनाले यदि कुनै ठाउँमा गुणस्तरहीन कार्य भइरहेको भेटिएमा उक्त निर्माण कार्य बारे जानकारी गराई गुणस्तरिय निर्माण कार्य गराउन अनुगमनमा उपस्थित कालिकामाई युवा समाजको अध्यक्ष आकाश

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एसईईको नतिजा आजै प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज (बुधवार) प्रकाशनको तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको जनाएको छ ।एसईईको नतिजा वेवसाइड, एसएमएस, आइभिआरको माध्यमबाट हेर्न र थाहापाउन सकिने व्यवस्था गरिएको परिक्षा बोर्डले जनाएको छ । बोर्डले नेपाल टेलिकम, जनकी टेक्नोलोजी प्रा.ली, इजी सर्मिस, आकाश टेक र क्रियशन सफ्ट नेपाल प्रा.लि.लाई एसएमएस र आइभिआरबाट नतिजा सार्वजनिक गर्न स्वीकृत दिएको जनाएको छ ।


आज मधेश प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

 Krishna Shrivastav

वीरगंज । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरी चल्ने सम्भावना पनि छ। गएराति लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । ठूलो वर्षाका कारण पाल्पाको बल्ढेङगढीमा बाढीको जोखिम बढेको छ । बल्ढेङगढी आसपासका खोलामा बाढी आउने खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस क्षेत्रको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । आज राति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजबाट पुराना र रोकिएका कार्य पुन: प्रारम्भ हुनेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजकाे पशुपति मन्दीरमा आजबाट श्रावणी मेला सुरु

 Krishna Shrivastav

वीरगंज । वीरगन्जको चिनी मिल परिसरमा रहेकाे पशुपति मन्दीरमा आज(मंगलबार )बाट श्रावणी मेला सुरु भएको छ । आज पहिलो दिन जलयात्रा गरेर मेलाको सुरुवात गरिएको हाे । वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मीक विधि बमोजिम पुजा गरी जल भरेर काँवर यात्राको सुभारम्भ गरेका थिए । घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको काँवर यात्रा नगर परिक्रमा पछि पशुपति मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको हो । वीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा पहिलो पटक कावर जल यात्रा सुरु गरिएको हो काँवर यात्राको सुरुवात गर्दै मेयर सिंहले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज महानगरद्वारा पर्यावरण जाेगाउन सिर्सिया नदी किनारमा वृक्षारोपण सुरु

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी किनारमा वृक्षारोपण गर्न सुरु गरेको छ । नदी संरक्षणका साथै सफाईका लागि नदीको किनारमा महानगरले वृक्षारोपण गर्न सुरु गरेको हो । नदीको दुबै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले कटानबाट पनि बचाउने हुँदा नेपाल भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण सुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताज्ए । नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य मंगलबारदेखि सुरु गरिएको उनले जानकारी दिए । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन इकाई, भरतपुर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रत्न राज्यलक्ष्मी क्याम्पसमा मनायो गुरूपुर्णिमा

 Krishna Shrivastav

काठमाडौं । अज्ञानरुपी अन्धकार हटाई ज्ञानको ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम। ए। अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।कार्यक्रममा नेपालभाषा अभियान्ता एवम् एवम् नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगोलले गुरू र शिष्यबीच सुमधुर सम्बन्ध बनाउनका लागि वि.सं. २०७४ सालदेखि निरन्तर गुरुपुर्णिमा मनाउँदै आइरहेको जनाउँदै नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्य पुस्तककाे अभाव लगायत विविध समस्या समाधान गर्नुपर्नेमा जाेड दिदै कार्यक्रममा उपस्थित सम्पूर्ण गुरूवरलाइ स्वागत तथा गुरुपुर्णिमाको सुभकामना व्यक्त गरे। नेवाः विद्यार्थी युनियन सहसचिव इन्द्रमान

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा विद्यालयको गेट भत्किदा एक बालकको मृत्यु, राजमार्गमा चक्काजाम

 Krishna Shrivastav

वीरगंज । सर्लाहीको हरिवनमा विद्यालयको गेट भत्किदा एक बालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान हरिवन नगरपालिका–९ नयाँ रोडमा रहेको ज्ञान ज्योति आवासीय इङ्लिस बोर्डिङ स्कूलको गेट भत्किँदा च्यापिएर सोही विद्यालयमा अध्ययन गर्ने बागमती–४ जिरायतका आकाश बलका ४ वर्षीय छोरा आयुष बलको मृत्यु भएको छ । सोही घटनामा परेर अर्का बालक ७ वर्षीय आदित्य पनि गम्भीर घाइते भएका छन् । बिहान विद्यालय पुगेका उनीहरू गेटबाट भित्र जाँदै गर्दा स्कुलको फलामे गेट लडेको थियो । सोही क्रममा दुवै जनालाई फलामे गेटले किचेको ईलाका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा दुई वटा ज्वेलर्समा चोरी, दुई जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । महोत्तरीमा दुई वटा ज्वेलर्समा चोरी गर्ने दुई जना पक्राउ परेको छ । बर्दिबास नगरपालिका १ हरी ज्वेलर्स सुन चाँदी पसल र वडा नम्बर १४ स्थित रहेको न्यू ओमसाई ज्वेलर्समा चोरी भएको छ । यी दुबै ज्वेर्लसबाट चोरी गर्ने दुई जनालाई समानसहित पक्राउ गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार रौतहट फतुवा विजयपुर नगरपालिका ११ का अर्जुन चौधरी र सोही ठाउँका २७ वर्षीय साविर देवानलाई बाराको निजगढ नगरपलिका ८ स्थित होटेल जंगल इनको दोस्रो तल्लाबाट पक्राउ गरेको थियो । यद्यपी सिसिटिभि फुटेजमा चार/पाँच जनाले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुरको गोदाबरी हस्पिटलको लापरवाहीले एक युवकको मृत्यु, पाँच लाखमा मिलापत्र

 Krishna Shrivastav

वीरगंज । जनकपुकरको गोदावरी हस्पिटल प्रा.लिमा उपचारको क्रममा एक युवकको मृत्यु भएको घटना पाँच लाख रुपैयामा मिलापत्र भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का ३२ वर्षीय पपु रायको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले क्षतिपुर्ति माग गर्दै तोडफोडको प्रयास गरेका थिए । उपचारमा लापरवाही गर्दा मृत्यु भएको भन्दै आफन्तजनले हस्पिटलमा तोडफोडको प्रयसा गरेपछि सोमबार मध्यरातिसम्म अवस्था तनावग्रस्त बनेको थियो । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । राति हस्पिटलमा तोडफोड समेत भएको छ । परिवारजनले क्षतिपुर्ति र कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । मध्य राति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ मा भुँसा लोड गरि सडकमा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो । मजदुर मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पेट्रोलको मूल्य घट्यो

 Krishna Shrivastav

वीरगंज । नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर पाँच–पाँच रुपैयाँ घटाएको छ। मूल्य घटेपछि काठमाडौं उपत्यकाका उपभोक्ताले पेट्रोल एक सय ७० रुपैयाँ तथा डिजेल र मटीतेल समान एक सय ५० रुपैयाँ प्रतिलिटरका दरले खरिद गर्न पाउनेछन्। निगमले आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरलदे घटाएको छ। मूल्य घटेपछि आन्तरिक हवाई इन्धनको मूल्य एक सय ३६ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य १.०३५

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

इजरायलको आक्रमणमा ९ प्यालेस्टाइनीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । इजरायलले वेस्टब्यांक क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा ९ प्यालेस्टाइनीको मृत्यु भएको छ। वेस्ट ब्यांकको जेनिनमा रहेको शरणार्थी शिविरलाई लक्षित गर्दै इजरायली सेनाले हवाई तथा स्थल कारबाही जारी राखेको छ। आक्रमणमा एक सयभन्दा बढी घाइते भएको र कयौँको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ। झण्डै १४ हजार प्यालेस्टाइनी सर्वसाधारणले आश्रय लिइरहेको जेनिन शिविरमा आतंकवादीहरु बसेको भन्दै इजरायले निर्णायक कारबाही थालेको हो। इजरायली सेनाको आक्रमणपछि हिजो दिनभर र रातभरजसो जेनिन क्षेत्रभर गोली हानाहानका घटना भएका छन्। शिविरमा हवाई आक्रमण भएपछि तीन हजार भन्दा बढी प्यालेस्टाइनी शिविर छोडेर भागेका छन्। शिविर छोडेर

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक