वीरगंज । वीरगन्जको चिनी मिल परिसरमा रहेकाे पशुपति मन्दीरमा आज(मंगलबार )बाट श्रावणी मेला सुरु भएको छ । आज पहिलो दिन जलयात्रा गरेर मेलाको सुरुवात गरिएको हाे । वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मीक विधि बमोजिम पुजा गरी जल भरेर काँवर यात्राको सुभारम्भ गरेका थिए ।
घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको काँवर यात्रा नगर परिक्रमा पछि पशुपति मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको हो । वीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा पहिलो पटक कावर जल यात्रा सुरु गरिएको हो
काँवर यात्राको सुरुवात गर्दै मेयर सिंहले वीरगञन्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताए । पशुपति मन्दिरमा साउन महिनाभर मेला लाग्नुका साथै साउन महिनाको हरेक सोमबार काँवर यात्रा निकालिने विश्व हिन्दु परिषदले जनाएको छ ।