Krishna Shrivastav
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलो बढी सुन बरामद, तीन जना पक्राउ
Krishna Shrivastav

वीरगंज । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा बढी परिणामको सुन बरामद गरेको छ ।विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिँदै उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको हो । ढुङ्गानाका अनुसार उक्त सुन हङकङबाट आएको खुलेको छ । यो घटनाका बारेमा थप अनुसन्धान जारी रहेकाले बिहिबारसम्ममा धेरै कुराहरु खुल्ने पनि उनको भनाइ