• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

  • वीरगंज संजाल
  • Jul 19, 2023, 2:20 pm
  • ११२५

    वीरगंज । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र शाखाका सहायक शाखा अधिकृत रंजितप्रसाद साहको काज फिर्ता गरेको १२ दिन बितिसकेको छ । तर, हालसम्म साह काज फिर्ता भएको यातायात व्यवस्था कार्यालय गौरमा हाजिर भएका छैनन् । यसैगरी यातायात व्यवस्था कार्यालय वीरगन्जका मेकानिकल इन्जिनियर अमितकुमार दासको पनि मुख्यमन्त्री कार्यालयले गत असार २१ मा यातायात पूर्वाधार निर्देशनालय जनकुपरमा सरुवा गरेको थियो । दास पनि हालसम्म सरुवा भइसकेको कार्यालय गएका छैनन् । साह र दासको सरुवा भएको कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरगन्जले भने रमाना पठाइसकेको छ । १२ दिन अगाडि नै अन्यत्र सरुवा भइसकेका दास र साह मंगलबार यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेर जबरजस्ती हाजिरी गर्न खोजेका थिए । कर्मचारीका अनुसार विभिन्न डर, धम्की देखाएर दुवैजनाले हाजिरी पुस्तिका खोस्न प्रयास गरेका थिए ।

    अन्यत्र सरुवा भइसकेकाले प्रशासन फाँटका कर्मचारीले दुबैलाई हाजिर गर्न दिएनन् । विवाद सिर्जना भएपछि कार्यालयमा प्रहरी पुगेको थियो । कार्यालयकी शाखा अधिकृत बबिता जैसवालले मेकानिकल इन्जिनियर अमित दास र सहायक शाखा अधिकृत रंजित साहको मुख्यमन्त्री कार्यालयले गत असार २१ मै सरुवा गरिसकेको बताइन् । ‘साहको काज फिर्ता र दासको सरुवा भएपछि वीरगन्ज यातायात कार्यालयले सम्बन्धित कार्यालयमा रमानासमेत पठाइसकेको छ,’ शाखा अधिकृत जैसवालले भनिन्, ‘उहाँहरु सरुवा भएको ठाउँमा जान चाहनु भएको छैन, जबरजस्ती यही बस्न खोज्नु भएको छ ।’गुणस्तर तथा नापतोल विभागबाट २०७६ जेठ ७ मा मेकानिकल इन्जिनियर दास यातायात कार्यालय वीरगन्जमा सरुवा भएर आएका थिए । ४ वर्षभन्दा बढी समय दास यातायात कार्यालय वीरगन्जमा बसिसकेका छन् । सहायक शाखा अधिकृत साह भने २०७८ चैत १४ मा काज सरुवा गराई यातायात कार्यालय वीरगन्जमा आएका थिए ।

    ‘सामान्यता काज सरुवामा ३ महिनाभन्दा बढी समय बस्न मिल्दैन,’ प्रशासन फाँटका एक कर्मचारी भन्छन्, ‘तर, साह १५ महिना काजमा बसेका छन् ।’गत असार २९ मा सरुवा खारेजीको माग गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा साहले निषेधाज्ञा मुद्दा र दासले उत्प्रेषण परमादेश मुद्दा दर्ता गराएका थिए । साहको मुद्दामा उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको इजलासले मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेश गरेको छ । यातायात व्यवस्था कार्यालय प्रशासन फाँटका अनुसार मेकानिकल इन्जिनियर अमित दासको उत्प्रेषण परमादेशको मुद्दामा न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले दुवै पक्षलाई साउन १२ गते छलफलका लागि बोलाई उक्त अवधिसम्म निवेदकलाई हाल वहाल रहेको कार्यालयबाट कानुनको प्रावधानविपरीत सरुवा नगर्नु, नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
  • वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    News

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑