Krishna Shrivastav
जीराभवानी गाउँपालिकाद्वारा ३० करोड बढिको बजेट सार्वजनिक
Krishna Shrivastav

वीरगंज । पर्साको जिराभवानी गाँउपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ सालको वार्षिक बजेट सार्वजनिक गरेको छ । वडा नं ३ मा रहेका जितपुर बिवाह मण्डपमा आयोजित १२ औ गाँउ सभाबाट चालु आर्थिक वर्षमा ०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनीकिकरण कार्यक्रममा पालिकाले ३० करोड ३१ लाख ४८हजार रुपैयाको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालु आवको प्रस्तावित आम्दानीमा ३० करोड ३१ लाख ४८ हजार रुपैँया रहेको छ । जसमा नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा बित्तिय समानीकरण अन्तर्गत ९ करोड ४२ लाख, सशर्त चालू अन्तर्गत ११ करोड २४