वीरगंज । प्रहरीले जानकी मन्दिरको विवाहमण्डपमा अश्लिल टिकटक भिडियो बनाउने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका -६ पोखरभिण्डा बस्ने १८ वर्षिया अनिरूद्र यादव रहेका छन् ।
केहीदिन अगाडी जानकी मन्दिरको छेउमा रेहेको विवाहमण्डव (मडवा)मा एक जोडि युवक र युवतीले अश्लिल ढंगले भिडियो बनाई टिकटकमा अपलोड गरेपछि सामाजिक सञ्जालमा व्यापक बिरोध भएको थियो ।
धार्मिक स्थलमा अश्लिल भिडियो बनाएकोमा ब्यापक आलोचना हुन थालेपछि जनकपुरधामका जनप्रतिनिधी तथा समाजिक अभियन्ताहरुको दबाब पश्चात धनुषा प्रहरीले उक्त युवकलाई पक्राउ गरेका छ । उक्त भिडियोमा रहेकी युवती र भिडियो खिच्ने क्यामेराम्यानको समेत खोजी भईरहेको धनुषा प्रहरीले जनाएको छ । अन्य दुवै जना पक्राउ परेपछि कानुन बमोजिम र समाजलाई सचेत गराउने हिसाबले तीनैजनालाई दण्ड सजाय गर्ने धनुषा प्रहरीले जानकारी दिएको छ ।