वीरगंज । बाराको महागढीमाई नगरपालिकाको नगर प्रमुख कार्यक्रम अन्तरगत छात्राहरुलाई शिक्षामा पहुँचका लागि श्री भोला माध्यमिक विद्यालय गंजभवानीपुरका कक्षा ९ मा अध्ययनरत १२० जना र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगडमपुरका कक्षा ९ मा अध्ययनरत १८ जना समेत गरि जम्मा १३८ जना छात्राहरुलाई साईकल बितरण गरिएको छ ।
साथै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगडमपुरमा विधार्थीहरुको अध्ययनका लागि पुस्तकालयको उदघाटन पनि गरिएको छ ।