आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

 Krishna Shrivastav

वीरगंज । जनता समाजवादी पार्टी( जसपा) निकट समाजवादी विद्यार्थी युनियनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको विभिन्न शाखामा तालाबन्न्दी गरेको छ ।समाजवादी विद्यार्थी युनियनले क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्ष , लेखा , प्रशासन र स्टोर शाखामा मंगलबार तालाबन्दी गरेको हो । आफुहरुले राखेको ७ बुँदे मागका बारेमा छलफल गर्न बोलाएर क्याम्वस प्रशासनले क्याम्पसका कर्मचारी लगाएर हातपात र अभद्र व्यवहार गरेकाले त्यसमा संलग्न कर्मचारीहरुलाई कारबाहीको माग गर्दै तालाबन्दी गरिएको समाजवादी विद्यार्थी युनियन क्याम्पस इकाई समितिका अध्यक्ष हरिन्द्र साहले बताए । विद्यार्थी नेताहरुमाथि हातपात र अभद्र व्यवहार गर्ने कर्मचारीहरुलाई कारबाही नगरिएसम्म तालाबन्दी जारी नै रहनेपनि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कलैयामा बेवारिसे अवस्थामा एक युवकको शव भेटियो

 Krishna Shrivastav

वीरगंज । बाराको कलैयामा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित जानकी सिनेमा हल अगाडि अन्दाजी ३०÷३५ वर्षको युवकको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार बिहान सवा ६ बजेतिर सिनेमा हल अगाडि मधेसी मुलको जस्तो देखिने र लामो दारी पालेका अपरिचित युवकको शव बेवारिसे अवस्थामा भेटिएको हो । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै

 Krishna Shrivastav

वीरगंज । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट छुट्टयाएको सुन मंगलबार गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको हो । गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो । गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ । राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अक्षय कुमारले पाए भारतीय नागरिकता

 Krishna Shrivastav

वीरगंज । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै यो जानकारी दिएका हुन् । अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्बिर शेयर गर्दै लेखेका छन्, हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द । अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए । अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।


कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सकिएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ। बोर्डका अध्यक्ष महाश्रम शर्माले बोर्डले तयार पारेको तालिकाअनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहट प्रहरी फरार प्रतिवादीके कएले पक्राउ

 Krishna Shrivastav

वीरगंज । रौतहट प्रहरी फरार प्रतिवादीके पक्राउ कएले हए । विभिन्न अपराधके फरार अपराधीके पक्राउ करेके योजना अनुरुप उ व्यक्तीके पक्राउ कएले हए । जिल्ला प्रहरी कार्यालय आ मातहत समेतसे खटल प्रहरी गस्ती टोली गस्ती करेके क्रममे सवारी ज्यान मुद्धाके फरार प्रतिवादीके पकरले हए । पक्राउ परेबाला जिल्लाके यमुनामाइ गाउँपालिका वडा नम्बर ४ रहेबाला रामबालक साह रहल हए । उनकरा सोमारके प्रहरी पक्राउ कएले जिल्ला प्रहरी कार्यालय रौतहट जनएले हए । उनकरा उहे दिन सझिया दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजारसे पक्राउ गरिएको कएले प्रहरीके कहनाम हए । पक्राउ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

करिब अढाई दशकसे निशुल्क शिक्षण

 Krishna Shrivastav

वीरगंज । रौतहट सदरमुकाम गौरमे एक युवक करिब अढाई दशकसे निशुल्क शिक्षण शिक्षण कररहल हए । ठन्ढी, गरमी आ बरखा सभी मौसममे गरिब, असहाय आ दलित बालबालिकाके निशुल्क पढाबेबाला युवक छत निरज साह । करिब ४० वर्षीय साह एसएलसीके परीक्षा देलाके बाद खाली रहल समयमे अपना घरसे लेके टोलाके बालबालिकाके टिउसन पढाबेके सुरुआत कएले रहलन । ओही समयमे देखलन कि कुछ बालबालिका ऐसन हए जेकरा कौनो सहारा नहए मगर लिखपढ करएलापर जीवनमे सायद कुछ निमन करसकइअ । अइसन विचार मनमे अएलापर हुन टिउसन पढाबेके सुरु कएलन । गौर नगरपालिका १

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटको सिमानाकाबाट रुकेन तस्करी

 Krishna Shrivastav

वीरगंज । प्रहरीले तस्करी रुकेकाे दाबी गरिरहेपनि रौतहटको विभिन्न नाका भएर अझै पनि खुल्याम तस्करी भइरहेकाे समाचार प्राप्त भएकाे छ । भारत संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेको छ । कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, कुखुरा , कस्मेटिक, हार्डवेयर, बिडी बनाउने सुख्खा,चप्पल लगायतका समाग्रीहरु भारतबाट नेपालमा भित्रिने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गांजा, छोहाड़ा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ । सुरक्षा निकायहरु उक्त कार्यमा मौन समर्थन जनाएका छन । रौतहटको बंकुल, नरकटिया,रमपुर्वा, मोतीपुर,जयनगर, घिउरा, मठिया,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मेयर सिंहको गतिविधिबाट पुर्व मंत्री शर्मा असन्तुष्ट

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशका पुर्व उर्जा तथा खानेपानी मंत्री ओमप्रकाश शर्मा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको काम कारवाही बारे नेपाली काँग्रेस पर्साको बैठकमा कडा ढंगले कुरा उठाएको बुझिएको छ। बैठकमा उपस्थित एक सदस्यका अनुसार वीरगन्ज महानगरमा नेपाली कांग्रेसका निर्वाचित उप-मेयर बाहेक काँग्रेसको टिकटबाट जितेका कुनै जनप्रतिनिधिलाई मेयर सिँहले कौडी बराबर इज्जत नगरेको बारेमा पनि चर्चा भयो। नेपाली काँग्रेस जितेको वडाहरुमा पनि मेयर सिंहको संगलनतामा उपभोक्ता समिती बन्ने गरेको गठवन्धनको मर्म अनुरुप नचली आफ्ना आसेपासेलाई मात्र काम बाँडेकोमा पुर्व मन्त्री शर्माको असन्तुष्टि रहेको छ। सोही बैठकमा शर्माले आफु एउटा सिफारिसको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

७९ वर्षीया महिलालाई २७ वर्षको एक युवकद्वारा जबरजस्ती करणी आरोपमा युवक पक्राउ

 Krishna Shrivastav

वीरगंज । एक ७९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका-६ रङगिला बस्ने २७ वर्षीय देव बहादुर कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कामीले आइतबार साँझ सोही ठाउँस्थित गोरेटो बाटोमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी निसीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


रौतहटमे डुबके मृत्यु भेल एक शव बरामद

 Krishna Shrivastav

वीरगंज । रौतहट जिल्लाके गौर नगरपालिका -८ पुरेन्वामे खधिआमे डुबके मृत्यु भेल एक शव बरामद भेल हए । परेमी राउतके बेटा अन्दाजी ३५ वर्षके शुसिल राउतके खाल्डोमे डुबके मृत्यु भेल अवस्थामे फेला परल हए । सावन २७ गते सनिचरके रति ९ बजेसे हि बेपत्ता रहल आ आई गौरके बरहबा नदीमे सोतिमे पुरेन्वाके स्कुल स्थिति रहल पुल निचे आई सबेरे सोमारके दिन लास फेला परल हए । उनकर परिवारजनसब दु दिनसे खोजी तलाश करईत रहे । आई अचानक मृत अवस्थामे शव फेला परलाबाद शोकाकुल बनल हए । राउत करीब १६ वरिषबाद

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मुगु जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको पहिचान खुल्यो

 Krishna Shrivastav

वीरगंज । मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जीप (बोलेरो) दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका रहेको खुलेको छ । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जीप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । उनका अनुसार सो जीपमा चालकसहित नौ जना सवार रहेका थिए। प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका राम परियार र पिउस परियार छन् ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रदेश लोक सेवाले खोल्यो ५२ पद संख्याको विज्ञापन, ८ कक्षा पासले दरखास्त दिन पाइने [सूचनासहित]

 Krishna Shrivastav

वीरगंज । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवाका ५२ पद संख्यामा विज्ञापन आह्वान गरेको छ । मंगलवार प्रकाशित विज्ञापनअनुसार वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरिएको हो । अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । भदौ २५ गतेसम्म दरखास्त दिने समय तोकिएको छ । न्युनतम योग्यता ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।


रुसी ग्यास स्टेशनमा आगलागी, २५ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा ग्यास स्टेशनमा भएको आगलागीमा परी तीन बालबालिकासहित २५ जनाको मृत्यु छ भने ६६ जना घाइते भएका छन्। सोमबार राति दागेस्तानी राजधानी मखाचकलामा राजमार्गको छेउमा रहेको अटो मर्मत पसलमा सुरु भएको आगलागीले नजिकैको ग्यास स्टेशनमा सल्किएर विष्फोट भएको अधिरकाहिरले जनाएका छन्। रुसका उपस्वास्थ्य मन्त्री भ्लादिमिर फिसेन्कोका अनुसार ६६ जना घाइते भएका छन्। जसमध्ये १० जनाको अवस्था गम्भीर छ। घाइते मध्ये १३ जना बालबालिका रहेका छन्। आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो।


छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।मुगु, सोरू गाउँपालिका–७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१ च ७७६२ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा हुम्ला सर्केगाड गाउँपालिका–२ रिपगाँउ बस्ने २२ वर्षीय राम परियार, सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश बोहोरा, २० वर्षीय राम परियार, २२ वर्षीय पिउस परियार र मुगु सोरू गाउँपालिका–५ बस्ने ३७ वर्षीय लोकजंग नेपाली रहेका छन्। साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ४ जनाको जिल्ला अस्पतालमा

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतीय ‘विभाजन विभीषिका’ को स्मृतिमा प्रदर्शनी

 Krishna Shrivastav

वीरगंज ! ‘करोडौ मान्छे विस्थापित र लाखौको मृत्यु भएको कहालिलाग्दो दृश्यलाई उक्त फोटोहरु अहिले पनि दर्शाइरहेका थिए । व्लेक एण्ड ह्वाइ भए पनि तीसबर्ष अगाडि भारतीय जन जिवन र स्वतन्त्र पछिको कहाललाग्दो उक्त अवस्था झलकाउने फोटोहरुलेप्रदशर्नीमा सहभागी जो कोहीको मनलाई मर्माहत बनाएको थियो ।’ वीरगञ्ज स्थित भारतीय दुतावासमा आउने सबैको मन उक्त फोटोहरुले छोएका छन् । भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको प्रदर्शनीमा आएका सबैलाई भारतीय विभाजनबाट उत्सर्जित अवस्थाको बारेमा जानकारी गराउदै उत्पन्न भएको कहालिलग्दो इतिहासको बारेमा ताजा बनाएको अनुभव भएको पत्राचार चन्दकिशोरले बताए । उने भने–‘जिवन पाउनको लागी ,जिवनको सघर्ष

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

News

सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

News

एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

News

नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

News

खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत