वीरगंज । बाराको कलैयामा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित जानकी सिनेमा हल अगाडि अन्दाजी ३०÷३५ वर्षको युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान सवा ६ बजेतिर सिनेमा हल अगाडि मधेसी मुलको जस्तो देखिने र लामो दारी पालेका अपरिचित युवकको शव बेवारिसे अवस्थामा भेटिएको हो ।
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।