वीरगंज । पर्सामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छिपहरमाइ गाउँपालिका वाड-५ भिस्वा निवासी ५५ वर्षीया प्रभु महतो केवटका २४ वार्षियका छोरा सेठ महतो केवट रहेको प्रहरी चौकी भिस्वाका वरिष्ठ सइ रुद्र भटले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार सेठ आफ्नो घरमा राती सुतिरहेको समयमा करिब एक बजे सर्पले टोकेको र कुन सर्प रहेको पहिचान हुन नसकेको र राती १ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जनाएको छ।