वीरगंज । मधेश प्रदेशका पुर्व उर्जा तथा खानेपानी मंत्री ओमप्रकाश शर्मा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको काम कारवाही बारे नेपाली काँग्रेस पर्साको बैठकमा कडा ढंगले कुरा उठाएको बुझिएको छ।
बैठकमा उपस्थित एक सदस्यका अनुसार वीरगन्ज महानगरमा नेपाली कांग्रेसका निर्वाचित उप-मेयर बाहेक काँग्रेसको टिकटबाट जितेका कुनै जनप्रतिनिधिलाई मेयर सिँहले कौडी बराबर इज्जत नगरेको बारेमा पनि चर्चा भयो।
नेपाली काँग्रेस जितेको वडाहरुमा पनि मेयर सिंहको संगलनतामा उपभोक्ता समिती बन्ने गरेको गठवन्धनको मर्म अनुरुप नचली आफ्ना आसेपासेलाई मात्र काम बाँडेकोमा पुर्व मन्त्री शर्माको असन्तुष्टि रहेको छ। सोही बैठकमा शर्माले आफु एउटा सिफारिसको लागि पर्साका प्रजिअलाई फोन गर्दा मेयरलाई फोन गर्न लगाउनुस अनी मात्र गर्छु भनी आफुलाई जवाब दिएको बताए । बैठकमा शर्माले मेयरले गरेको गलत क्रियकलापको बिरुद्ध पार्टी एकजुट भएर लाग्नु पर्ने भनी रहँदा कसैले कुनै सुनुवाई नगरेकोमा अचेल शर्मा थप असन्तुष्ट भएका छन् ।