आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज–१५ स्थित नवदिप एकेडमीको कारण अभिभावकहरु आतंकित

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १५ स्थित नवदिप एकेडेमीको कारण अभिभावकहरु आतंकित बन्न पुगेका छन्। चालु महिनाको बिल सोही महिनाको दोस्रो हप्तामै पठाई पैसा तिर्नलाई स्कूलले अभिभावकहरुको मोबाईलमा फोन गरी बारम्बार तनाव दिने काम गरेको अभिभावकहरुको गुनासो रहेको छ । बारा जिल्ला नौतन बस्ने सदाम हुसैनका दुई जना छोराहरु नवदिप एकेडमीमा पढछन् । उनलाई सावन महिनाको १४ गते “ग्ए तय कजचबधबल” को १४ हजार ९ सयको बिल विद्यार्थी मार्फत अभिभावकलाई पठाएका थिए । सो बिल हेरेर अभिभावक सदामले स्कूलमा पुगी प्रिन्सिपल सुशिला साह सँग बुझ्दा पुरानो र सावन महिनाको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा गयो १२ सय ८ नेपालीको ज्यान, झण्डै चार सय जना अङ्गभङ्ग वा बिरामी

 Krishna Shrivastav

वीरगंज । गएको वर्ष १२ सय आठ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई दिएको आर्थिक सहायताको तथ्याङ्कले गएको आर्थिक वर्ष २०७९/०८० मा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका १२ सय ८ नेपालीको ज्यान गएको देखाएको हो । ज्यान गुमाउनेमा ४५ जना महिला र ११ सय ६३ पुरुष रहेका छन् । यो तथ्याङ्क बोर्डले रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गुमाएका श्रमिकको तथ्याङ्क हो । बोर्डले श्रम स्वीकृति लिएर गएका श्रमिकहरूको रोजगारीको सिलसिलामा श्रम अवधि भित्रै ज्यान गएमा परिवारलाई आर्थिक

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको नारायणी अस्पतालमा बिरामीको अप्रेशन पनि निःशुल्क गराउने सांसद चौरसियाको घोषणा

 Krishna Shrivastav

वीरगंज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको शल्यकृया (अप्रेशन) पनि निःशुल्क गराउने घोषणा गरेका छन् । वीरगन्जमा बिहीबार आयोजित नेपाली कांग्रेसको क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका चौरसियाले यस्तो घोषणा गरेका हुन् । सांसद चौरसियाले नारायणी अस्पतालमा उपचारका लागि आउने पर्सा जिल्लाको बिरामीको शल्यकृयासमेत निःशुल्क गराउनका लागि आँफु लागिरहेको बताए । उनले भने,‘ यसका लागि मैले स्वास्थ्यमन्त्रीसंग कुरा गरिसकेको छु । यदि स्वास्थ्य मन्त्रालयले मानेन भने म आफनो संसदीय विकास कोषबाट १ देखि डेढ करोड

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कांग्रेस छाडेर फेरि राप्रपामै फर्किए सर्राफ

 Krishna Shrivastav

वीरगंज । गत स्थानीय तहकाे निर्वाचन ताका नेपाली कांग्रेसमा प्रवेश गरेका जलेश्वर सर्राफ पुन राप्रपामै फर्किएका छन् । तत्कालीन राप्रपाकाे वीरगन्ज महानगर अध्यक्ष रहेका सर्राफ गत स्थानीय तहकाे निर्वाचन अघि राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । तर बुधबार उनि फेरि राप्रपामै फर्किएका हुन् । बुधबार वीरगन्जस्थित राप्रपाका जिल्ला अध्यक्ष अवधिकशाेर साहकाे निवासमा आयाेजित कार्यक्रममा राप्रपाका नेता एंव सांसद दिपक बहादुर सिंहले सर्राफलाई पुन राप्रपामै फर्काएका हुन् । पुन राप्रपामा फर्किएका सर्राफलाई पहिलेकै वीरगन्ज महानगरकाे अध्यक्षकाे जिम्मेवारी दिइएकाे राप्रपाका पुर्व केन्द्रीय सदस्य नगीना यादवले बताए । बुधबारकाे कार्यक्रममा राप्रपाका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

टीकापुर घटना रेशम चौधरीकै योजनामा भएको सर्वोच्च अदालतको ठहर

 Krishna Shrivastav

वीरगंज । सर्वोच्च अदालतले टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ। विभिन्न तथ्यले घटनाको मुख्य योजनाकार चौधरी नै रहेको पुष्टि भएको सर्वोच्चले सार्वजनिक गरेको टीकापुर घटनाको पूर्णपाठमा उल्लेख छ। सर्वोच्च अदालतले टीकापुर घटनामा २०७८ जेठ २ गते फैसला गरेको थियो। थरुहट आन्दोलन क्रममा टीकापुरमा भएको घटनामा चौधरी नेतृत्वको समूहले प्रहरीमाथि ढुंगा,बन्चरो प्रहार गरी,आँखामा भाला रोपी अमानवीय,क्रूर र निर्मम ढंगले ज्यान मारेको देखिन आएकाले चौधरीमाथिको आरोपित कसुर पुष्टि हुन आएको फैसलामा भनिएको छ। ’वारदातमा यी प्रतिवादीको भूमिका हेर्दा रेशमलाल चौधरीले मुख्य भइ सङ्गठित रूपमा योजना बनाएको र वारदातमा आफैं

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

छोरी दुब्लाउँदै गएपछि आमाले लगिन् अस्पताल, रिपोर्ट देख्दा आमा बेहोस

 Krishna Shrivastav

वीरगंज । बठिंडा पंजाबको निजी स्कुलमा ८ कक्षामा पढ्ने किशोरी लगातार दुब्लाउँदै गएकी थिइन् । छोरीको हालत देखेर आमाले उनलाई अस्पताल लिएर गइन् । अस्पतालमा डाक्टरले उनको जाँच गरेपछि आमालाई रिपोर्ट दिँदै छोरी एचआइभी संक्रमित भएको बताएपछि आमा बेहोस भइन् । आमाले छोरी कसरी संक्रमित भइन् भन्ने थाहा नभएको बताएकी छिन् । किशोरीका अनुसार उनको साथमा ११ र १२ कक्षा पढ्ने ३–४ जनाको समूह छ । केही समयअघिदेखि उनीहरुको मित्रता थियो । एक दिन साथीहरुले उनलाई सेतो रंगको पाउडर ल्याएर सुँघ्न भने । साथीहरुको कुरा मानेर उनले पनि त्यो पाउडर

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ३ लेवटमा करेन्ट लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएका ३२ वर्षीय अशोक स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। बुधबार दिउँसो खेतमा पानी लगाउन प्रयोग गरिएको मोटरबाट उनलाई करेन्ट लागेको थियो। घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएका स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको हो।


कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर एक हात्तीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेप्टिक ट्याङ्कीमा परेर एक जंगली हात्तीको मृत्यु भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिएका छन् । मेहताले मृत भेटिएको हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताएका छन् ।


आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे एक युवक

 Krishna Shrivastav

वीरगंज । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवन रिफर गरिदिएको छ । प्रहरीलाई बयानको क्रममा उनले आफैले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पटेर्वा सुगौलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर ५ निचुटा मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरगंज महानगरपालिका छपकैया वडा नम्बर १ का जयनाथ सिंहका १६ बर्षिय छोरा राहुल कुमार सिंह रहेका छन । आज बिहान निचुटा बाट देउरिया आउने क्रममा मृतक सिंह आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घंटना हुदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिनुभयो । मृकतकको शवको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागी बिरगंज स्थित नारायणी अस्पताल पठाईएको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दुई महिनासम्म धर्ना, पीडितको माग सुनुवाइ भएन

 Krishna Shrivastav

वीरगंज । जनकपुरकी आरती साहको न्यायका लागि माइती पक्ष काठमाडौंको माइतीघरमा धर्ना बस्न थालेको बुधबार ६२ औं दिन पुग्दा पनि सरकारले सुनुवाइ गरेको छैन । बरु आश्वासन दिएर घर फर्काउने प्रयास भइरहेको छ । ‘हामीलाई सरकारले गाउँ फर्काउन खोजेको छ, गृहले छलफलमा बोलाएको थियो, छानबिन समिति गठन गरेर छानबिन गर्छौं भन्नुभयो,’ आरतीका मामा सन्तोष भन्छन्, ‘आश्वासनमा हामी विश्वस्त छैनौं, माग पूरा नभएसम्म फर्कंदैनौं ।’गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि घर फर्कन अनुरोध गरिएको बताए । ‘प्रहरी हेडक्वार्टरसँग समन्वय गरेर माग सम्बोधन गर्छौं, गाउँमा अनुसन्धानमा आउनेलाई आफ्ना कुरा राखेर सहयोग गर्नुस् भनेका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जनकपुर- ढल्केवर सडक खण्डमा ठक्करबाट मृत्यु भएको अवस्थामा अपरिचित युवकको शव

 Krishna Shrivastav

वीरगंज । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर- ढल्केवर सडक खण्डमा एक युवक मृत फेला परेका छन् । आज बिहान गाडीले ठक्कर लागेर टाउको फुटेर मृत्यु भएको जस्तो देखिने अवस्थामा अन्दाजी २२ वर्षीय अपरिचित युवकको शव फेला परेको हो ।शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । घटना के कसरी भयो भन्ने विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।


पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन

 Krishna Shrivastav

वीरगंज । पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन भएका छन् ।बुधबार सम्पन्न संघको सातौं जिल्ला अधिवेशनले सिंहको अध्यक्षतामा १५ सदस्यिय संघको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा मुर्तुजा हवारी , सचिवमा घनश्यामबाबु गुप्ता र कोषाध्यक्षमा जयप्रकाश सर्राफ चयन भएका छन् । यस्तै सदस्यमा निवर्तमान अध्यक्ष महम्मद दाउद अन्सारी, हिरालाल राउत , मुसर्रफ इजहार , बासुदेव लाल कर्ण ,बाबुजान अन्सारी ,कलामुदिन अन्सारी , नारायण पटेल , नासिर खान , नेहाल अहमद र राजिव श्रेष्ठपनि सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत राकेश मल्लिकले जानकारी दिए । यसअघि बुधबार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ । अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । मानसम्मानसमेत प्राप्त हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज महानगर द्वारा वीरगंजको ठाँउ ठाँउमा सिसिटिभी क्यामेरा जडान

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बैभव वीरगन्जको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगन्ज बनाउनु पर्नेमा जोड दिएका छन् ।वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिभी क्यामरा राडर मोनिटरीङ्ग सिस्टमको बुधबार उद्घाटन गर्दै मेयर सिंहले अत्याधुनिक सिसिटिभी क्यामराको जडानसँगै अब वीरगन्जको सुरक्षामा समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । महाानगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै मेयर सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताकामा राखेर यसका लागि ठोस कार्यक्रम

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपाल सरकारले भारतसंग माग्यो १ लाख टन चामल

 Krishna Shrivastav

वीरगंज । सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ ।भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो । उद्योग वाणिज्य, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको बताए । परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगेको तर त्यसबारे औपचारिक जवाफ नआइसकेको मन्त्रालयकी प्रवक्ता राधिका अर्यालले जानकारी दिइन् । भारतले ४

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दिल्लीमा मजदुरी गर्न गएका पर्साका एक युवकको चार तल्ले भवनबाट खसेर मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको दिल्लीमा पर्साकाे एक युवककाे मृत्यु भएकाे छ । घर निर्माणकाे काम गर्ने क्रममा ४ तल्ले भवनबाट खसेर छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ भलुवहिया निवासी २३ बर्षिय सत्येन्द्र प्रसाद यादवकाे मृत्यु भएकाे वताइएकाे छ । तर घरपरिवारले मृत्यु संकास्पद रहेकाे जनाएका छन् । सत्येन्द्रकाे भारतको दिल्लीस्थित नाेइडा सेक्टर ६२ मा रहेकाे फाेरटिस हाेस्पिटलमा साउन २९ गते साेमबार नै उपचारको क्रममा मृत्यु भएपनि बुधबार मात्र शव भुलुवहियास्थित घरमा पुगेकाे छ । शव घरमा पुगेपछि गाउँ नै शाेकमा डुबेकाे हाे । ठेक्दार घनश्याम यादवका अनुसार मृतक सत्येन्द्र भारतको दिल्ली सेक्टर

Breaking News, देश, मधेश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

News

अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

News

सिरहामा १८ प्रतिशत धान रोपाइँ

News

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

News

सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि