वीरगंज । पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन भएका छन् ।बुधबार सम्पन्न संघको सातौं जिल्ला अधिवेशनले सिंहको अध्यक्षतामा १५ सदस्यिय संघको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा मुर्तुजा हवारी , सचिवमा घनश्यामबाबु गुप्ता र कोषाध्यक्षमा जयप्रकाश सर्राफ चयन भएका छन् ।
यस्तै सदस्यमा निवर्तमान अध्यक्ष महम्मद दाउद अन्सारी, हिरालाल राउत , मुसर्रफ इजहार , बासुदेव लाल कर्ण ,बाबुजान अन्सारी ,कलामुदिन अन्सारी , नारायण पटेल , नासिर खान , नेहाल अहमद र राजिव श्रेष्ठपनि सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत राकेश मल्लिकले जानकारी दिए । यसअघि बुधबार नै बिहान सम्पन्न संघको सातौं साधरणसभा तथा जिल्ला अधिवेशनको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले पर्सा जिल्लामा क्रिकेट खेलको विकासका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विश्वभरीनै अहिले क्रिकेट खेलको लोकप्रियता बढ्दै गएको परिपेक्ष्यमा वीरगन्जले पनि क्रिकेटको क्षेत्रमा अझ धेरै फड्को मार्नुपर्नेमा उनले जोड दिए । अधिवेशनको उद्घाटन समारोहमा बारा क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया , सचिव अनिल चौगाई , केन्द्रिय पर्यवेक्षक माधव कर्र्मचार्य लगायतको पनि सहभागीता थियो ।