Krishna Shrivastav
भारतलाई पाकिस्तानको जवाफ:भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगित
Krishna Shrivastav

काठमाडौं | भारतको जम्मू–कश्मीरस्थित पहलगाम गरिएको आतंकवादी आक्रमणपछि भारतले चालेको प्रतिशोधात्मक कदमको पाकिस्तानले प्रतिक्रिया जनाएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ–भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिएको छ । भारतले सिन्धु जल सन्धि निलम्बन गरेको कुरा अस्वीकार गर्दै पाकिस्तानले पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने’ चेतावनी दिएको छ । ‘पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन्,’