• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्मचारी मिलन केन्द्र पर्साद्वारा नयाँ वर्षमा भित्तेपात्रो विमोचन

  • वीरगंज संजाल
  • ७ बैशाख २०८२, आईतवार १९:४७
  • ७१७

    वीरगञ्ज | कर्मचारी मिलन केन्द्र पर्साले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ । केन्द्रले आइतबार जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित एक कार्यक्रमबीच भित्तेपात्रो विमोचन गरेको हो ।
    पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल, केन्द्रका अध्यक्ष प्रभाकरकुमार मल्लिक र केन्द्रका पदाधिकारीहरुले संयुक्त रुपमा भित्रेपात्रो विमोचन गर्नुभएको हो ।

    प्रजिअ अर्यालले शिथिल अवस्थामा रहेको कर्मचारी मिलन केन्द्रलाई जोगाउने प्रयास जारी रहेको बताउनुभयो ।
    ‘‘लामो समयदेखि शिथिल अवस्थामा रहेको केन्द्रले विस्तारै रचनात्मक कार्यक्रम गरेर जागरुप हुने प्रयास गरिरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘कर्मचारी मिलनकेन्द्रलाई सबै राष्ट्रसेवक कर्मचारीको साझा चौतारीको रुपमा विकास गर्न आवश्यक भइसकेको छ ।’’
    प्रजिअ अर्यालले केन्द्रलाई पर्सा जिल्लाको तस्बिर झल्किने गरी पारस स्मारिका पनि यथाशीघ्र रुपमा प्रकाशन गर्नका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ ।

    केन्द्रका अध्यक्ष मल्लिकले कर्मचारी मिलन केन्द्रलाई राष्ट्रसेवक कर्मचारीको साझा चौतारीको रुपमा विकास गर्दै आगामी दिनमा थप रचनात्मक काम गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    ‘‘गत फागुनमा कर्मचारी मिलन केन्द्रको नयाँ नेतृत्व चयन भएको हो ।’’ उहाँले भन्नुभयो,‘‘छोटो समयको अवधिमा नै भित्तेपात्रो सार्वजनिक गर्न सफल भएका छौं । सबैसँग समन्वय र सहकार्य गरेर आगामी दिनमा थप रचनात्मक काम गर्दै अघि बढ्नेछौं ।’’
    केन्द्रका उपाध्यक्ष प्रिति देवले केन्द्रले आगामी दिनमा पारस स्मारिका प्रकाशन गर्नका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।

    ‘‘राष्ट्रसेवक कर्मचारीले आफ्नो कार्यालयको कामको बावजुत पनि रचनात्मक कार्य गर्दै आइरहेका छौं ।’’ उहाँले भन्नुभयो,‘‘आगामी दिनमा थप प्रभावकारी कार्य गरेर अघि बढ्नेछौं ।’’ केन्द्रका सचिव दिपककुमार पटेलले पर्साका विभिन्न सरकारी कार्यालयमा सरुवा भएर आउने कार्यालय प्रमुख तथा कर्मचारी लाई केन्द्रसँग सम्पर्क गर्न आब्हान गर्नुभएको छ । केन्द्रले आइतबार विभिन्न कार्यालयबाट पर्सा जिल्लामा सरुवा भएर आएका तथा स्तरवृद्धि भएका कार्यालय\प्रमुख तथा कर्मचारीलाई स्वागत गरेको थियो । त्यस्तै कामको शिलशिलामा अन्य जिल्लामा सरुवा भएका कर्मचारीहरुको बिदाई समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑