पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

 Krishna Shrivastav

झापा – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन्। पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका हुन्। सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए। आज मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई बिर्तामोडसम्म ल्याइएको थियो। उनको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन्। पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गरेनन्।


नेपाल सुपर लिगः चितवनलाई पराजित गर्दै पोखराको विजयी सुरुवात

 Krishna Shrivastav

काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल)मा शनिबार भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा भएको एक मात्र गोल पोखरालाई तीन अङ्कका लागि पर्याप्त बन्यो। चितवनलाई १–० ले पराजित गर्दा पोखराका लागि मोसेस ग्याबाहको एक मात्र गोल निर्णायक बन्यो। दोस्रो हाफमा मोसेसले स्टेफन कोजोको क्रसलाई आकर्षक गोलमा परिणत गरे। डिफेन्सले चितवनको डिफेन्स लाइनअपले क्लियर गर्न नसकेको बललाई उनले दोस्रो बार च्याप्दै गोल गरेका थिए। त्यसअघि पहिलो हाफमा दुवै टिमले प्रतिस्पर्धात्मक खेल खेले पनि गोलका सीमित अवसर मात्र

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सूर्यको अध्ययन गर्न पठाइएको आदित्य एल वान ल्यागरेन्ज पोइन्ट नजिक पुग्यो

 Krishna Shrivastav

नयाँ दिल्ली । सूर्यको अध्ययन गर्न पठाइएको भारतको पहिलो अन्तरिक्ष मिशन आदित्य एल वान अन्तिम चरणमा पुगेको छ। यसलाई एल वान बिन्दुमा लैजाने प्रयास जनवरी ७, २०२४ सम्म पूरा हुनेछ। इसरो प्रमुख एस सोमनाथले यसबारे जानकारी दिँदै भने, ‘आदित्य सही बाटोमा छ र मलाई लाग्छ यो अन्तिम चरणमा पुगेको छ।’ आदित्य एल वान सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हो। अन्तरिक्षयानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य-पृथ्वी प्रणालीको ल्यागरेन्ज पोइन्ट-१ (एल वान) मा हलो कक्षमा राखिनेछ। ‘आदित्य-एल वान’ अन्तरिक्ष यान २ सेप्टेम्बरमा प्रक्षेपण गरिएको थियो। ल्यागरेन्ज–१

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

शनिबार पनि इजरायली बन्धक र प्यालेस्टिनी कैदी रिहा गरिने

 Krishna Shrivastav

वीरगंज । शुक्रबार जस्तै हमासले शनिबार पनि इजरायली बन्धकहरूलाई रिहा गर्ने इजरायली अधिकारीले बताएका छन् । समाचार एजेन्सी एएफपीले एक इजरायली अधिकारीलाई उद्धृत गर्दै हमासले शनिबार १४ जना बन्धकहरूलाई रिहा गर्ने बताएको छ। इजरायली अधिकारीहरूले त्यसको बदलामा इजरायलले ४२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार एकजना इजरायली बन्धकको सट्टामा तीन प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने सूत्रमा सहमति भएको छ। कतार र इजिप्टको प्रयासमा इजरायल र हमासबिचको अस्थायी युद्धविरामको पहिलो दिन शुक्रबार १३ इजरायली बन्दी रिहा भएका छन् । बदलामा इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।


हेटौँडामा बन्यो पाउडर दुध उत्पादन उद्योग

 Krishna Shrivastav

मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापना भएको छ । प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध तथा बटर उद्योग स्थापना गरेको हो । किसानले उत्पादन गरेको दुध विभिन्न कारणले सडकमा फाल्नुपर्ने समस्या झेल्दै आएको बखत प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको थियो । एक वर्षमा निर्माण कार्य सक्नेगरी प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा उद्योग निर्माण गरिएको हो । पाउडर प्लान्ट निर्माणका लागि २०७७

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, १२ जना गम्भीर

 Krishna Shrivastav

दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ । उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो । त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ ।

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राजा आउ देश बचाउ बिभिन्न नारा लगाउदै वीरगंजमा प्रर्दशन

 Krishna Shrivastav

वीरगंज । पवन प्रसाद साह । नेपाल राष्ट्रबाद संघ तथा नेपाल विद्वत परिषद द्वारा संयुक्त रुपमा राजा आउ देश बचाउ बिभिन्न नारा लगाउदै वीरगंजमा प्रर्दशन गरेको छ। मंसिर ७ गते बिहिबार अतार्थ आज काठमाडौंमा भइरहेको आन्दोलनको समर्थन गर्दै पर्सा जिल्ला स्थित सदरमुकाम वीरगंजमा नेपाल राष्ट्रबाद संघ तथा नेपाल बिद्वत परिषद ले संयुक्त रुपमा वीरगंज स्थित घण्टाघर चौकबाट निस्केको र्यालीमा‌ राजसंस्था कायम गर, हिन्दू राष्ट्र कायम गर ,धर्मनिरपेक्ष खारिज गर भन्दै नाराबाजी गर्दै माइस्थान,अलखियामठ, आदर्शनगर, गिता मन्दिर हुदै घण्टाघर चौकमा आइ कोणसभामा परिणत भएको थियो। कोणसभा लाइ सम्बोधन गर्दै नेपाल राष्ट्रबाद

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

दलित सामाजिक अभियान्ता मनोज राम काठमाडौंमा सम्मानित

 Krishna Shrivastav

पर्सा । राजन कुमार बानिया । पर्सा मिलन केन्द्र, काठमाडौंले दलित सामाजिक अभियान्ता तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश,पर्साको अध्यक्ष मनोज राम ज्युलाई शनिबार सम्मानित गरेको छ। २३ औं पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र काठमाडौंमा ललितपुरको जावलाखेल स्थिति बुद्ध हल, डि.ए.भि. कम्प्लेक्समा आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा मनोज रामले सामाजिक सेवा , सामाजिक रुपान्तरण , सामाजिक परिवर्तन , सामाजिक न्याय , दलित समुदायको सेवामा पुर्याएको योगदानको कदर गरि सम्मान गरिएको छ। मनोज राम सहित यो अवसरमा शिक्षा , स्वास्थ्य ,कला , साहित्य ,उधोग , व्यवसाय, खेलकुद ,

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

जान्नुहोस् स्वास्थ्य सम्बन्धी २१ पुराना कथन

 Krishna Shrivastav

अहिलेको समयमा आफ्नो स्वास्थ्यको विषयमा हरेक व्यक्ति चिन्तित देखिन्छ । बढी चिन्तित देखिने व्यक्तिहरुले चिकित्सक तथा स्वास्थ्य कर्मीसंग सल्लाह लिने र त्यसको अनुसरण गर्ने काम पनि गर्दछन् । तर, स्वास्थ्य सम्वन्धी सल्लाह वा स्वास्थ्य जोडिएको कथन अहिले मात्रै होईन पहिले देखि नै आउने गरेको थियो । ती कथनहरुको अनुशरण गर्ने व्यक्ति स्वस्थ रहेका थिए भन्ने पुराना ऐतिहासिक दस्तावेज र ग्रन्थहरुले बताएको छ । साच्चिकै आज पनि ती कथनहरु सुन्दा स्वास्थ्यका लागि निकै नै उपयोगी देखिन्छ । हेर्नुहोस् स्वास्थ्य सम्वन्धी २१ पुराना कथनहरु १. अजीर्ण भोजन विषम् धेरै खानु (कोचि कोचि)

देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

यी हुन् बदाम खानुका फाइदा

 Krishna Shrivastav

१. बदाम खानाले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ । २. बदामको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ । ३. यसको सेवनले दुब्ला, पातला ब्यक्तिहरुलाई तथा बच्चाहरुको तौल बढाउनमा मद्दत गर्छ । ४. बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, चिल्लो पदार्थका साथै खनिज पदार्थ प्रशस्त पाइन्छ जसले शरीरलाई बलियो र स्वस्थ राख्नमा मद्दत गर्छ । ५. यसको नियमित सेवनले हड्डीलाई मजबुत बनाउनुका साथै शरीरमा औषधिको रुपमा काम गर्छ । ६. बदाम

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मैनबत्तीको आगो सल्कँदा बर्दियामा चार जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा मैनबत्तीको आगो सल्कँदा दुई परिवारका तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी धीरजबहादुर शाहीका अनुसार भरत चन्दको घरभित्र आगो सल्कँदा उनका ७ वर्षीय छोरी कृष चन्द र १८ महिने छोरा कार्तिक चन्दको मृत्यु भएको छ। भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मानसी बुढाको पनि आगलागीमा परी मृत्यु भएको छ। एसपी शाहीका अनुसार चन्दको घरमा तीन दिनदेखि विद्युत आपूर्ति बिग्रिएका थियो। त्यसैले उनीहरूले उज्यालोका लागि मैन बत्ती बालेका थिए। घरधनी भरत चन्द पनि काम विशेषले

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्साको ग्रामिण भेगमा लागुऔषध सेवनकर्ताको संख्या दिनहुँ बढ्दै,

 Krishna Shrivastav

वीरगंज । पर्साको ग्रामीण भेगका नयाँ पुस्ता लागुऔषध सेवनको दलदलमा फस्दै गएको डरलाग्दो तथ्यांक पाइएको छ । ग्रामिण भेगका नयाँ पुस्ताका अधिकांश युवाहरुमा लागुऔषध गाँजा, चरेससहित विभिन्न खाले ट्याब्लेट तथा नशा लाग्ने ‘इन्जेक्सन’ समेतको सेवनमा लागेको ग्रामिण भेगका प्रहरी यूनिटहरुको विश्लेषण छ । ग्रामिण भेगका प्रहरी यूनिटको विश्लेषणमा अझ डरलाग्दो तथ्यांक के पाइएको छ भने गाउँगाउँमा लागुऔषधको सेवन केवल प्राथमिक तहको विद्यालयमा जाने विद्यार्थीहरुले गरिरहेका छन् । जसका कारण प्रहरीको यो विश्लेषण जिल्लाको लागि चिन्ताको विषय मात्र बनेको छैन, प्रहरीको लागि टाउँको दुखाइको विषय नै बनेको छ । जिल्ला बाहिरका

समाचार  संग सबंधीत छ |

राष्ट्रिय स्वतन्त्र पार्टीले बाराकाे सिम्रौनगढमा बिशाल जनसभा

 Krishna Shrivastav

बारा । सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाकाे कार्यलय नजिक रहेकाे बस स्ट्यान्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल जनसभा कार्यक्रम गरेको थिए । पार्टीको केन्द्रिय अध्यक्ष रबि लामिछानेले बाेल्दै । एउटा जनताकाे मतले नै देशको मुहार फेर्छ राजनैतिकमा लागेर घर बनाउने गाडि खरिद गरेर माेज मस्ती गर्न् उदेश्यले हामी राजनीतिकमा आएको छैन । हाल यी नेताहरुले आफ्नो भ्रष्टाचारको फाइल लुकाउनकाे लागि लागेका छन। लोकतन्त्र र गणतन्त्रमा आफ्नो अधिकारको लागि अवाज उठाउन जायज छ तर उतेजनाको साथ होईन शान्ति तरिकाले बाटाे अपनाउनु जायज हाे । उतेजनाले गर्दा आम नागरिककाे टाउकाे फुटने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?

 Krishna Shrivastav

वीरगन्ज । महिला कस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ? उनीहरू कस्तो खालका पुरुषसँग बिहे गर्न चाहन्छन् ? अनि कोसँग चाँहि डेटिङ मात्रै जान चाहन्छन् ? यस्ता खालका प्रश्नको जवाफ प्रायः विवादित रहन्छन् । कहिले हँसी मजाक र ठट्टामा त कहिले गम्भीर भएर पुरुषहरूले पनि यस्ता कुरा सोचेका होलान् । हालै भएको एउटा अध्ययनमा यी कुराहरू डिकोड गरिएको छ । यो अध्ययनका अनुसार महिलाहरू केही समयको सम्बन्धका लागि शारीरिक रूपमा बलिष्ठ पुरुषलाई मन पराउँछन् । जिन्दगी बिताउने मामिलामा भने हँसिलो पुरुष रोज्छन् । लामो समयसम्म सम्बन्धलाई टिकाउने मामिला र सफलता पार्टनरको सेन्स

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा ७ वर्षीय छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ

 Krishna Shrivastav

महोत्तरी । महोतरीको गौशाला नगरपालिकामा छात्रालाई जवर्जस्ती करणी गरेको आरोपमा गौशाला एकेडेमी बिधालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया छात्रालाई जवर्जस्ती करणी गरेको आरोपमा गौशाला एकेडेमी बिधालयका सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई नियन्त्रणमा लिएको गौशाला प्रहरीले जानकारी गराएको हो । प्रहरीका अनुसार पक्राउ परेका शिक्षकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालाकमा राखिएको प्रहरी निरीक्षक मनोज यादवले बताए । अभिभाववकले इलाका प्रहरी कार्यालय गौशालामा विद्यालय सञ्चालक साहले जवर्जस्ती करणि गरेको जाहेरी दर्ता गराएको प्रहरी निरीक्षक यादवले बताए । जाहेरीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सेवा समुह नेपाल द्वारा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । आज सेवा समुह नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा को सहकार्यमा वीरगंज पब्लिक कलेजमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा को तर्फ बाट सहायक निरीक्षक बुद्ध खड्का र राजु चौधरीको उपस्थिति थियो भने संस्थाको तर्फ बाट संस्थाका अध्यक्ष अनिकेत पुरी,उपाध्यक्ष सिकेन्द्र साह,सदस्य सञ्जित महतो लगायतको उपस्थिति थियो। ट्राफिक नियम सबैले जानोस् र मानोस भने उदेश्य बोकेर ठाउँ ठाउँमा यस्तो कार्यक्रम गराउँदै हिँडेका छौं भने संस्थाका अध्यक्ष पुरी ले जानकारी दिए।


सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

 Krishna Shrivastav

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो । न्याय परिषद्बाट उनीहरूमाथि संसदीय सुनुवाइका लागि मङ्सिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो । Laxmi sunrise bank सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

म अहिले ‘हाउस एरेस्ट’मा छु तर फरक पर्दैन: प्रसाईं

 Krishna Shrivastav

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूलाई ‘हाउस एरेस्ट’ ले केही फरक नपार्ने बताएका छन् । शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले अहिले प्रहरीले आफूलाई घरबाट बाहिर जान नदिएको भन्दै यसले केही फरक नपर्ने बताएका हुन् । माओवादी युद्धका क्रममा आफू ६ महिना सैनिक हिरासतमा बसेर आएको भन्दै उनले प्रहरीको हिरासत सामान्य भएको बताए । प्रचण्डलाई सत्तामा पुर्‍याउने मध्येको एक जना आफू पनि भएको उनले बताए । ‘मलाई पक्राउ गर्छन् भने मलाई केही आपत्ति छैन । सक्नु हुन्छ भने लानुस् तपाईंहरुको हिरासतमा केही फरक पर्दैन । हाउस एरेस्टले केही फरक

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

समाचार
News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

News

नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

News

वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

News

सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान