वीरगंज । आज सेवा समुह नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा को सहकार्यमा वीरगंज पब्लिक कलेजमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा को तर्फ बाट सहायक निरीक्षक बुद्ध खड्का र राजु चौधरीको उपस्थिति थियो भने संस्थाको तर्फ बाट संस्थाका अध्यक्ष अनिकेत पुरी,उपाध्यक्ष सिकेन्द्र साह,सदस्य सञ्जित महतो लगायतको उपस्थिति थियो।
ट्राफिक नियम सबैले जानोस् र मानोस भने उदेश्य बोकेर ठाउँ ठाउँमा यस्तो कार्यक्रम गराउँदै हिँडेका छौं भने संस्थाका अध्यक्ष पुरी ले जानकारी दिए।