पर्सा । राजन कुमार बानिया । पर्सा मिलन केन्द्र, काठमाडौंले दलित सामाजिक अभियान्ता तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश,पर्साको अध्यक्ष मनोज राम ज्युलाई शनिबार सम्मानित गरेको छ।
२३ औं पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र काठमाडौंमा ललितपुरको जावलाखेल स्थिति बुद्ध हल, डि.ए.भि. कम्प्लेक्समा आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा मनोज रामले सामाजिक सेवा , सामाजिक रुपान्तरण , सामाजिक परिवर्तन , सामाजिक न्याय , दलित समुदायको सेवामा पुर्याएको योगदानको कदर गरि सम्मान गरिएको छ।
मनोज राम सहित यो अवसरमा शिक्षा , स्वास्थ्य ,कला , साहित्य ,उधोग , व्यवसाय, खेलकुद , सामाजिक , संचार , विज्ञान तथा प्रविधि क्षेत्रहरूमा पर्सा जिल्ला , प्रदेश , देश ,विदेशमा समेत विशेष योगदान तथा ख्याति कमाएका पर्सावासी व्यक्तित्वहरुलाई पनि अभिनन्दन, सम्मान तथा कदर गरिएको थियोे ।
लामो समयसम्म सामाजिक क्षेत्रको विकासमा समर्पित भई उल्लेखनीय तथा प्रशंसनीय योगदान पुर्याई पर्सा जिल्लाको गौरव अभिवृद्धि गर्नुभएकोले २३ औँ पर्सा दिवस समारोह अभिनन्दन तथा सम्मान कार्यक्रममा दलित सामाजिक अभियान्ता मनोज राम ज्युलाई यस कार्यक्रमको प्रमुख अतिथि सम्माननिय उपराष्ट्रपति राम सहाय यादव ज्यूले सम्मानपत्र प्रदान गर्नु भएको थिए साथै विशिष्ट अतिथि उधोग , वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजालज्यूको दोसल्ला ओढाई सम्मान गर्नुभएको छ।
मनोज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट चिरपरिचित दलित सामाजिक अभियान्ता हुनु हुन्छ। विगत १५ वर्ष देखि पर्सा जिल्ला लगायत मधेश प्रदेशको जिल्ला र राष्ट्रिय स्तरमा सामाजिक कार्यमा सक्रिय रहनुभएको छ। अहिले पर्सा जिल्लाको १००० बालबालिकाहरुलाई लक्षित गरि शिक्षा तथा बालबालिकाको लागि कार्य गरिरहनुएको छ। हाल सम्म मनोज राम ज्युले पर्सा जिल्लामा दलित समुदायको बालबालिकाको लागि शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षा , सिकाई सुधार , सामुदायिक परिवर्तन , कक्षा उतिर्णमा सुधार , शिक्षामा बानीको विकासको लागि समुदाय टोल बस्तीमा ५ स्थानमा सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्र संचालन गर्नुभएको छ। यो अभियान बाट १००० बालबालिका लामभावित रहेकोे छ्न। शिक्षाबाट बन्चित , बिरामी परेको लाई उपचार गराउने , खाद्यान्नको समस्या भएकोलाई खाद्यान्न सहयोग गर्ने गराउने , घर निर्माणमा सहयोग गर्ने , खानेपानीको लागि कल जडान गर्ने, दलित सशक्तीकरणको कार्य गर्ने , सामाजिक न्याय, सामुदायिक रुपान्तरणको लागि आवाज उठाउने तथा वकालत गर्ने, बालबालिकाको लागि कापीकलम , शैक्षिक सामग्री सहयोग गर्ने गराउने कार्य गर्दै आईरहनु भएको छ। विभिन्न सामाजिक कार्यमा उहाँको योगदान रहेकोे छ। पर्सा जिल्लामा स्थापित पिसफोर दलितस फाउन्डेसन नेपालको स्थापक अध्यक्ष पनि रहनुभएको छ।
२३ औं पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रम”को अध्यक्षता पर्सा मिलन केन्द्रको अध्यक्ष उमेश गुप्ता रौनियार ज्युको अध्यक्षता, सम्माननिय उपराष्ट्रपति राम सहाय यादवज्यूको प्रमुख आतिथ्यता र माननीय मन्त्री रमेश रिजालज्यूको बिशेष आतिथ्यता, पर्सा जिल्लाको संघीय सांसद , प्रदेश सांसदहरु , गाउँपालिका प्रमुख लगायत पर्सा जिल्लाको कर्मचारी , सामाजिक सेवामा लागेको व्यक्तिहरुको उपस्थित रहेकोे थियो। कार्यक्रमको सहजीकरण तथा संचालन यस पर्सा मिलन केन्द्र , काठमाडौंको महासचिव ललन प्रसाद साह र प्रतीमा चौधरी ज्युले गर्नुभएको छ।