Krishna Shrivastav
विकास निर्माणको काममा सम्झौता हुँदैन : मन्त्री गुप्ता
Krishna Shrivastav

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विकास निर्माणका काममा कुनै पनि सम्झौता नगर्न र जनताका चाहना अनुसार सेवा प्रदान गर्नुपर्ने बताएका छन् । पकाहाँ मैनपुर गाउँपालिकाको वडा नं ४ धोबीया टोलमा आयोजित शिलन्यास कार्यक्रमको सम्बोधन गर्दै मन्त्री गुप्ताले विकास निर्माणका काममा गरिएको लापरबाही आफूलाई स्वीकार्य नहुने बताए । न्यून दरमा बोलपत्र आह्वान गर्ने र विकास निर्माणमा लापरबाही गर्ने, गुणस्तरमा ध्यान नदिने र आफूखुसी योजना छनोट गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारको सबै संयन्त्र परिचालन भइसकेको उनले बताए । विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता पनि आवश्यक