Krishna Shrivastav
बालुवाटार पस्नुअघि देउवासँग उपेन्द्र र बाबुरामको वार्ता !
Krishna Shrivastav

काठमाडौं । नयाँ सत्ता समीकरणको कसरतमा जुटेका दलहरु पछिल्लो समय भेटघाट तथा छलफलमा व्यस्त हुन थालेका छन् । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाइराख्ने रणनीति लिएका छन् भने त्यसमा जसपा ‘निर्णायक’ भूमिकामा देखिएको छ । यहीबीचमा ओलीबाहेकको नेतृत्वमा सरकार बनाउन पनि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच समेत निरन्तर छलफल हुँदै आएको छ । सोही क्रममा जनता समाजवादी पार्टी नेपालका नेताहरुले बिहीबार आफ्नो दौडधुपलाई तीव्र तुल्याएका छन् ।बिहीबार नै पदाधिकारी बैठकमार्फत राजनीतिक दलहरुसँग विकसित परिस्थितिबारे उच्च तहमा भेटवार्ता र छलफल गर्ने निर्णय गरेको जनता समाजवादी पार्टीले सत्ता समीकरणका सन्दर्भमा