• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    निक्षेपभन्दा कर्जाको माग दोब्बर, ब्याजदर बढाउँदै ब्यांकहरु

  • वीरगंज संजाल
  • Mar 11, 2021, 4:18 pm
  • ३०३७

    वीरगञ्ज । कुमारी बैंकले विहीबार मुद्दति निक्षेपको ब्याज दरमा वृद्धि गरेको छ। कुमारीले तीन महिनापछिका सम्पूर्ण संस्थागत निक्षेपको ब्याज ७ प्रतिशत पुर्‍याएको छ भने व्यक्तिगत ब्याजदर पनि ०.५ प्रतिशत विन्दुले बढाएको छ। कुमारी मात्र होइन पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाउन लागेका छन्। निक्षेपको अनुपातमा कर्जामा भारी बृद्धि भएपछि बैंकमा क्रेडिट क्रन्च (ऋण प्रवाहका लागि चाहिने रकमको अभाव) नहोओस भनेर बैंकहरुले धेरै निक्षेप संकलन गर्ने उद्देश्यले ब्याजदर बढाएका हुन् ।

    नेपाल बैंकर्स संघका अनुनसार गत हप्तामा मात्र वाणिज्य बैंकहरुको कर्जा २६ अर्ब रुपैयाँ बढेको छ।पछिल्लो तीन हप्तामा मात्र ७१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरिसकेका वाणिज्य बैंकहरुको उक्त अवधिको निक्षेप संकलन भने ३७ अर्ब रुपैयाँ मात्र छ। यसरी नै निक्षेप र कर्जा प्रवाहमा असन्तुलन कायम रहने हो भने बैशाख सम्म क्रेडिट क्रन्चको समस्या आउन सक्ने बैंकर्सहरुको अनुमान छ।गएको माघ महिनामा पनि निक्षेप ५ अर्ब रुपैयाँ बढ्दा कर्जा ७४ अर्ब रुपैयाँ वृद्धि भएको थियो । फागुन २१ गतेसम्म बैंकहरूले कुल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ८८ अर्ब कर्जा लगानी गरेका छन् । माघ मसान्तसम्म बैंकहरूको कुल निक्षेप ३७ खर्ब ८६ अर्ब र कर्जा ३३ खर्ब १७ अर्ब थियो।

    कोभिड–१९ को महामारीका कारण बैंकहरुले लामो समय कर्जा प्रवाह गर्न सकेका थिएनन्। पर्याप्त तरलता हुँदा निक्षेपको व्याजदर निकै कम दिएका कारण व्यक्तिगत निक्षेपकर्ताले आफूसँग भएको रकम घरमै वा सहकारीमा राखेका थिए । ‘अहिले बैंकहरुसँग तरलता संंकुचन हुन थालेपछि उनीहरुले व्याजदर बढाउनैपर्छ,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइएओ) अशोक राणाले भने, ‘अब ग्राहकहरुको सिरानीमुनीको पैसा थुत्नका लागि निक्षेपको व्याज बढाउने नै हो उनीहरुले त्यही गर्छन् ।’

    निक्षेपको व्याज बढेपछि बैंकहरुले स्वतः कर्जाको व्याज पनि बढाउँछन्। यद्यपि, कुमारी बैंकले बिहीबार प्रकाशित गरेको सूचनामा निक्षेपको ब्याज बढाउने मात्र उल्लेख छ। नेपाल राष्ट्र बैंकका प्रवक्तँ डा. गुणाकर भट्ट बैंकहरुमा निक्षेप र कर्जा बृद्धिको ग्यापले बैंकहरुमा तरलता घढ्दै गएको र अन्ततः व्याजदरमा दबाव पर्ने बताउँछन्। पुसमा बैंकिङ प्रणालीमा तरलता २ खर्ब रुपैयाँ रहेकोमा अहिले ४० अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ।तरलता कम हुँदै गएपछि अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशत पुगेको छ। गत साउनमा अन्तर बैंक ब्याजदर ०.०१ प्रतिशतसम्म झरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑