भारतबाट फर्केका २४ जनामा कोरोना

 Krishna Shrivastav

वीरगंज | भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए। ‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’, निर्देशक डा. पौडेलले भने। उनीहरूमा देखिएको भाइरसको प्रकारबारे अध्ययन गरिने डा. पौडेलले बताए। ‘संक्रमितको नमुना संकलन गर्छौं। नमुनाको र्‍यान्डमलाई जिन सिक्वेन्सिङ पनि गर्छौं। भारतमा देखिएको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन ) भएको भाइरस हो/होइन परीक्षणबाट पत्ता लाग्छ’, उनले भने। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, नेपाल

Breaking News, देश, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

 Krishna Shrivastav

प्योङयाङ | उत्तर कोरियाले जापानी समुद्रमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी र जापानी अधिकारीका अनुसार अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेपछि उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो पटक हो। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित प्रस्तावअन्तर्गत उत्तर कोरियालाई कुनै पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाइएको छ। जापान र दक्षिण कोरियाले उक्त परीक्षणको निन्दा गरेका छन्। यद्यपि क्षेप्यास्त्रको अवशेष भने आफ्नो नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा नपरेको जापानले बताएको छ। एसिया प्रशान्त क्षेत्रमा सेनाको निरीक्षण गर्ने यूएस प्यासिफिक कमान्डले बिहीबार गरिएको परीक्षणले उत्तर कोरियाको अवैध हतियार कार्यक्रमले छिमेकी र

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

आज शुक्रवार – १३ चैत्र २०७७ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । आत्मविश्वासपनि जाग्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विराटनगरको अरनिको माविमा विद्यार्थीले गरे तोडफोड

 Krishna Shrivastav

विराटनगरकाे अरनिको माध्यमिक विद्यालयमा विद्यार्थीले ताेडफाेड गरेका छन् । परीक्षाफल राम्राे नआएकाे  भन्दै बिहीबार १२ कक्षाका विद्यार्थीले ताेडफाेड गरेका हुन् । विद्यार्थीले ताेडफाेड गर्दा झ्यालका सीसाहरु फुटेका छन् । विद्यार्थीले ताेडफाेड गरेपछि विद्यालयमा प्रहरी पुगेको थियो । प्रहरी पुगेपछि अवस्था सामान्य बनेकाे छ ।


सांसद यादवको पहलमा प्रदुषित सिर्सिया नदिको स्थलगत अवलोकन

 Krishna Shrivastav

वीरगंज l प्रतिनिधि सभा सदस्य प्रदिप यादवको विशेष पहलमा पर्सा र बाराको औद्योगिक क्षेत्रमा स्थलगत अवलोकन गरिएको छ । पर्साको सिमानामा पर्ने सिरसिया नदिको फोहर पानी नियंत्रण तथा बारा पर्साको उधोग तथा कलकारखानाले गरिराखेको प्रदूषण बारे स्थलगत अवलोकन गरिएको हो । सांसद यादवको पहलमा संघीय संसदको उधोग तथा बाणिज्य र श्रम उपभोक्ता हित समितिले बिहिबार बारा र पर्साको सिमानामा पर्ने श्रीसिया नदीको फोहोर पानी नियन्त्रण तथा उद्योग कलकारखानाबाट निस्केको प्रर्दुषणको अवलोकन गरिएको हो । अनुगमनमा माननिय देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको उप समितिले जगदम्बा स्टील, नारायणी छाला, त्रिशक्ति सिमेन्ट, चावों सति

मधेश, राजनीति, समाचार  संग सबंधीत छ |

लुम्बिनी चिनी मिल, श्रीराम सुगर, अन्नपूर्ण सुगर मिलका सञ्चालकको पक्राउ पुर्जी जारी

 Krishna Shrivastav

सर्लाही । उखु किसानको बक्यौता नतिर्ने चिनी उद्योगीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उखु किसानको जाहेरीपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी गरिएको हो। मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीले अन्नपूर्ण सुगर मिलका संचालन राकेश कुमार अग्रवाल, जिल्ला प्रशासन कार्यालय रौतहटले श्रीराम सुगर मिलका संचालक विशाल अग्रवाल, अनुज अग्रवाल र हितेश गोल्छा तथा जिल्ला प्रशासन कार्यालय नवलपरासीले लुम्बनी चिनी मिलका संचालक सुशीला गोयलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। अन्नपूर्ण चिनी मिलका व्यवस्थापक राकेश कुमार अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला प्रहरी कार्यालयलाई लेखिपठाएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा एक युवतीको मृत अवस्थामा शब फेला

 Krishna Shrivastav

रौतहट । रौतहटमा मृत अवस्थामा एक महिलाको शव फेला परेको । यमुनामाई गाउपालिका वडा नं.५ झुनखुनुवा देखि पुर्व दक्षिण राजदेवी न पा को वडा नं १ मोतीपुर टोल देखि पश्चिम तथा राजपुर न पा वडा नं १ पिपरा टोल देखि पुर्व चौरमा रहेको सुन्दर साहको खेतमा नामथर वतन नखुलेको अन्दाजी २४/२५ बर्षीय महिलाको भुसको आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेकाले शबको सनाखत हुन नसकेको र पहिचान गर्ने सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बलात्कार मुद्दाका दोषी १३ वर्षपछि पक्राउ

 Krishna Shrivastav

सप्तरीमा बालिका बलात्कार मुद्दामा दाेषी ठहर भएका व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाकी १० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका स्थानीय ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई प्रहरीले पक्राउ गरेको हो । मुखियालाई उनको गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । मुखियाले २०६४ साल असोज ९ गते बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै मुद्दा परेको थियो । उक्त मुद्दाकाे सप्तरी जिल्ला अदालतले २०७५ साल असार ५ गते फैसला गर्दै श्यामलाई १३ वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका मुखियालाई जिल्ला

देश, समाचार  संग सबंधीत छ |

भारतले कोरोनाविरुद्धको खोपको निर्यात रोक्यो

 Krishna Shrivastav

भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । कोरोनाभाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको हो । भारतमा बुधवार यो बर्षकै ठुलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २ सय ७५ को मृत्यु भएको छ । भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले माग बढने ठानिएको छ । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म खोप आपूर्तिमा असर गर्ने बताइएको छ । भारतको निर्णयबाट कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर

विदेश, समाचार  संग सबंधीत छ |

चोरको निशानामा शनि मन्दिर, नवौं पल्ट चोरी

 Krishna Shrivastav

सप्तरी । राजविराजस्थित शनिदेव मन्दिरमा नवौं पटक चोरी भएको छ । पछिल्लो पल्ट मंगलबार राती चोरले मन्दिरको ढोका फोडेर दान पेटिकामा रहेको करिब ९ हजार रुँपैया चोरी गरि फरार भएका छन् । यसअघि पनि पटक पटक गरि उक्त मन्दिरमा ८ पटक चोरी हुँदा समेत चोर पक्राउ नपरेको मन्दिरका मूल पुजारी रामनाथ शर्माले बताएका छन् । पूजापाठ सकाएर राती घर गएका मूल पूजारी शर्मा बुधबार बिहान आउँदा मन्दिरको ताला र दान पेटिका फुटाएर चोरी भएको थाहा पाएका थिए । पछिल्लो पटक सात महिना अघि पनि मन्दिरको ताला फुटाएर चाँदीको मुकुट, सिक्रि

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बच्चाको भोक मेटाउन आफै आहारा बन्दिने अनौठो जिव

 Krishna Shrivastav

वीरगन्ज । संसारमा धेरै अनौठा जिव हरु छन् । तर हामिलाई सबै जिव का बारेमा थाहा छैन । हामिलाई थाहा नै छ, धेरै जिव हरुले मानिसले जस्तै बच्चा जन्माउने गर्छन् । तर प्रजाती अनुसार बच्चा जन्माउने पक्रिया भने फरक हुन्छ । हरेक प्रजातिले आफुले जन्माएको बच्चालाई धेरै नै माया गर्छन् । यस्तै आफ्नो बच्चालाई धेरै नै माया गर्ने प्रजातिमा माकुरा पनि पर्छ । माकुराले आफुले जन्माएको बच्चालाई धेरै नै माया गर्ने गर्छ । माकुराले आफ्नो बच्चलाई सुरक्षित तरिकाले जन्माउछ र धेरै नै ख्याल गर्छ । आफ्नो बच्चाको लागी माकुरोले आहारमा

Breaking News, देश, मुख्य समाचार, विचित्र संसार, समाचार  संग सबंधीत छ |

खोप प्रकरण : भारतले ल्याइदियो, चीनले लिन बोलायो

 Krishna Shrivastav

वीरगन्ज । भारतमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि नेपालमा पनि सकर्तकता अपनाउन थालिएको छ । विश्वभर कोरोनाभाइरसविरुद्धको खोप अभियान चलिरहेका बेला छिमेकी मुलुक भारतमा कोभिड १९ का संक्रमित बढ्न थालेपछि नेपालले पनि सीमा क्षेत्रसहित मुलुकभर उच्च सकर्तता अपनाएको हो । भारतले उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको खोप करिब १६ लाख ४४ हजार पाँच सयभन्दा बढी नेपालीले लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । नेपालमा गत माघ १४ गतेबाट सुरु भएको खोप अभियान यही चैत १० गतेसम्म चलेको थियो । तर, खोप सकिएपछि अभियान स्थगित गर्नुपरेको छ । पहिलो मात्रा लगाएकाहरुलाई समेत लगाउन

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

ब्रह्माण्डमा ताराको संख्या कति छ ?

 Krishna Shrivastav

वीरगन्ज ।हामी रातमा आकाशमा धेरै तारा देख्छौँ, हाम्रो मनमा सधैँ एउटा जिज्ञासा उठिरहन्छ । त्यो हो, आखिर ब्रह्माण्डमा कति तारा होलान् त ? वैज्ञानिकहरूले पृथ्वीमा जति समुद्री तट छन् । त्यसमा जति बालुवाका कण छन्, त्यति नै संख्यामा ब्रम्हाण्डमा तारा रहेको दाबी गरेका छन् । अमेरिकी खगोलविद् कार्ल सगनले एक टेलिभिजन सोमा यस्तो दाबी गरेका हुन् । तर, उनको दाबी सही हो त ? के ब्रम्हाण्डमा रहेका ताराको गणना सम्भव छ त ? क्याम्ब्रिज युनिभर्सिटीका खगोलविद् प्रोफेसर गैरी गिरमोर हमारीले आकाशगंगामा रहेका ताराहरूको गणना गरिरहेका छन् । आकाश गंगामा पृथ्वीलगायत

Breaking News, देश, मुख्य समाचार, विचित्र संसार, समाचार  संग सबंधीत छ |

कोरोना भयावह हुन नदिन ध्यान दिऔं : प्रधानमन्त्री

 Krishna Shrivastav

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए । ‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ उनले भने । कोरोनाको पूर्णरूपमा नियनत्रण नहुन्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताउँदै उनले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

थप १ सय ४५ जनामा संक्रमण

 Krishna Shrivastav

वीरगन्ज । पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १ सय ४५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ९० रहेको छ । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ

Breaking News, देश, मुख्य समाचार, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

ओलीको बिकल्प खोजेर देशलाई शान्तिपूर्ण निर्वाचनतर्फ लानुपर्छ: गगन थापा

 Krishna Shrivastav

वीरगन्ज । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नैपर्ने आवश्यक्ता भएको बताएका छन् । उदयपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले देशका सबै संवैधानिक निकायहरुलाई निकम्मा बनाउँदै प्रजातन्त्रलाई नै खतरामा पार्दै गएको हुँदा उनको विकल्प खोज्नुपर्ने बताएका हुन् । ‘माओवादी र जसपाले छिटो निर्णय गरोस, कांग्रेस नेतृत्व लिन तयार छ’, थापाले भने,‘ओलीले बिगारेका सबै कुरालाई सपारेर देशलाई निर्वाचनमा लग्ने काम कांग्रेसले गर्छ ।’ ओलीले निर्वाचन गराए नाम मात्रको निर्वाचन हुने भन्दै उनले देश अब निर्वाचनमा गइसकेकाले ओलीको बिकल्प खोजेर देशलाइ शान्तिपूर्ण

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्यटक ठग्ने हेटौंडाको शहिद स्मारक भित्रको पसल शिल

 Krishna Shrivastav

हेटौंडा । घुम्न आएका पर्यटकलाई मनलाग्दी ठग्ने हेटौंडाको शहिद स्मारक भित्र रहेको एक पसल प्रशासनको फन्दामा परेको छ ।हेटौंडा उपमहानगरपालिका–११ मा पर्ने शहिद स्मारक मकवानपुर आसपासका जिल्ला र बिशेषगरी तराईका जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । तर यहाँ संचालित पसलहरुले उपभोक्तालाई मनलाग्दी ठगिरहेका छन् । आउने पर्यटकलाई बजार मूल्य भन्दा निकै महँगो मूल्य लिई विभिन्न सामान बेच्ने साना होटल तथा पसल मध्य एउटा पसल बुधबार मकवानपुर प्रशासनको फन्दामा परेको हो । शहिद स्मारक परिसर भित्रको शहिद स्मारक कोल्ड एण्ड किराना पसललाई बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले शिल गरेको छ ।

Breaking News, देश, बागमती, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

 Krishna Shrivastav

सप्तरी। सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पार्ताहामा गए राति ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्गअन्तर्गत को ३३ प ७७१६ नम्वरको मोटरसाइकललाई पश्चिमतर्फ गइरहेको ना ७ ख ९३३९ नम्वरको ट्रकले ठक्करले ठक्कर दिएपछि दुर्घटना भएको थियो । दुर्घटनामा कंचनरुप नगरपालिका वडा नम्बर ५ का २० वर्षीय देब कुमार चौधरीको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लले बताएका छन् । उनका अनुसार दुर्घटना घाइते भएका सोही स्थानका १९ वर्षीय प्रदिप मुखियाको उपचारको लागि पठाइएको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

News

बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला