विराटनगरकाे अरनिको माध्यमिक विद्यालयमा विद्यार्थीले ताेडफाेड गरेका छन् ।
परीक्षाफल राम्राे नआएकाे भन्दै बिहीबार १२ कक्षाका विद्यार्थीले ताेडफाेड गरेका हुन् । विद्यार्थीले ताेडफाेड गर्दा झ्यालका सीसाहरु फुटेका छन् । विद्यार्थीले ताेडफाेड गरेपछि विद्यालयमा प्रहरी पुगेको थियो । प्रहरी पुगेपछि अवस्था सामान्य बनेकाे छ ।