नेपालमा पनि देखियो ‘डबल म्युटेन्ट भेरिएन्ट’

 Krishna Shrivastav

वीरगन्ज । ललितपुरमा संकलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । मुलुकमै पहिलो पटक यस्तो भेरिएन्ट भेटिएको हो । यो संक्रमणको विकास नेपालबाटै भएको हो वा भारतसँग सम्बन्धित छ भनेर स्वास्थ्य मन्त्रालयले अनुसन्धान सुरु गरेको छ । मन्त्रालयका अनुसार नमुना प्रमाणित गर्न हङकङ पठाइएको थियो । ‘डबल भेरिएन्ट पाइएका व्यक्तिको यात्रा इतिहास, कन्ट्याक्ट ट्रेसिङलगायत विस्तृत जानकारी लिएर संक्रमणको विकास स्थलबारे खोजी गर्दै छौं,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘विदेश पठाइएको नमुनामा हालसम्म अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी.१) को भेरिएन्ट भने पाइएको छैन ।’

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज बिहिवार – ०२ बैशाख २०७८ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला, सचेत रहनु होला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पारिवारीका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रतिबन्धित लागुऔषध सहित तीन जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । मोरङ कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रंगेली-६ का १९ वर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा-७ का १९ वर्षीय सुवाष तामाङ र उर्लाबारी-६ का २८ वर्षीय अनमोल घिमिरे रहेका छन् । मंगलवार(हिजो) दिउँसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तीनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागूऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

योगी आदित्यनाथलाई कोरोना संक्रमण

 Krishna Shrivastav

वीरगंज | भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ। बुधबार उनले ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘लक्षण देखिएपछि मैले परीक्षण गराउँदा संक्रमण देखियो। अहिले सेल्फ आइसोलेशनमा छु। चिकित्शकको परामर्श पूर्ण रुपमा पालना गरेको छु। सबै काम भर्चुअल रुपमा गरिरहेको छु।’ आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुसँग सम्पर्क स्थापित भएकाले आइसोलेशनमा बसी परीक्षण गराएको उनले बताएका छन्।


मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

 Krishna Shrivastav

वीरगंज। निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ । आयोगले नयाँ वर्षको अवसरमा एक विज्ञप्ति जारी गर्दै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई नाम दर्ता गराउन अनुरोध गरेको हुन् । नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम नभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न उत्प्रेरित गर्ने र सो कार्यका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने–आउनेलगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहहरुलाई आयोगले आग्रह गरेको छ ।


छिट्टै पूर्वपश्चिम रेल चल्छ : प्रधानमन्त्री ओली

 Krishna Shrivastav

वीरगंज। प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै पूर्वपश्चिम रेल सञ्चालन आउने जिकिर गरेका छन् । नयाँ वर्ष २०७८ साल सुभारम्भर भएको सन्दर्भमा देशबासीलाई सम्बोधन गर्दै गएको वर्ष निरर्थक नरहेको र विकासका दृष्टिले सफल वर्ष रहेको बताएका हुन् । उनले छिट्टै नै पूर्वपश्चिम रेल्बे यातायात सञ्चालनमा ल्याइने बताएका छन् ।उनले पानीजहाजको सपना पनि साकार भइरहेको जिकिर गरे । उनले कोसीमा स्टिमर चलिसकेको दृष्टान्त पनि पस्किए । उनले मेलम्ची खानेपानी धाराधारामा ल्याउने चानचुने कुरा नभएकाले यो जसले पनि जस लिने विषय नरहेको बताए ।उनले वैशाख ११ गते भीमसेन स्तम्भ धरहरा उद्घाटन गरिने बताए

Breaking News, देश, मुख्य समाचार, राजनीति, समाचार  संग सबंधीत छ |

अमेरिकी कारबाहीका बाबजुद सर्वाधिक डाउनलोड भयो टिकटक

 Krishna Shrivastav

एजेन्सी । चिनियाँ स्वामित्वको एप टिकटक मार्च महिनामा सर्वाधिक डाउनलोड भएको छ । अमेरिकी कारबाहीका बाबजुद मार्च महिनामा टिकटक विश्वभर सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको हो । मार्चमा टिकटक र यसको चिनियाँ संस्करण ‘डौविन’ विश्वभर पाँच करोड ८० लाखपटक डाउनलोड भएको सेन्सर टावरले जनाएको छ । गुगल प्लेस्टोरमा भने फेसबुक र इन्स्टाग्रामपछि टिकटक तेस्रो स्थानमा रहेको छ । मार्चमा भएको कुल डाउनलोडमध्ये १० प्रतिशत डाउनलोड अमेरिकामा नै भएको जनाइएको छ । फेब्रुअरीमा यो संख्या ११ प्रतिशत थियो । गत वर्ष मात्र टिकटकले अमेरिकामा आफ्ना प्रयोगकर्ता १० करोड नाघेको जनाएको

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

कोभिसिल्ड खोपको दोस्रो डोज : यस्ताे छ खोप लगाउन पाउने मिति र स्थान

 Krishna Shrivastav

वीरगंज | पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने सामाजिक विकास मन्त्रायलय स्वास्थ्य निर्देशनालयले जनाएको छ । खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नव वर्ष २०७८ को मंगलमय शुभकामना !

 Krishna Shrivastav

नयाँ वर्ष विक्रम सम्वत् २०७८ : आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छ !आजको दिनबाट हामी अर्काे वर्षमा प्रवेश गर्दैछौं । यो नव वर्ष बितेका वर्षहरू भन्दा फरक अवश्य हुनेछ । यसपालि नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं । हामी अघिल्लो वर्ष नयाँ वर्ष शुरु हुँदा पनि कोराना भाइरसको सन्त्रासमा थियौ । एक वर्षभरि हामी त्यसैबाट गुज्रियौ । यो नयाँ वर्ष शुरु हुँदा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

आज बुधवार – ०१ बैशाख २०७८ को राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पर्सा प्रहरीद्वारा आठ लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

 Krishna Shrivastav

वीरगंज | पर्साबाट आठ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ परेको छ। पक्राउ पर्नेमा वीरगन्ज-३ छप्कैयाका ४८ वर्षीय श्रीभगवानप्रसाद कलवारलाई मंगलबार अपराह्न पक्राउ गरेको हो। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका-६ स्थित बाबा होटलछेउबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। उनले बोकेको कालो प्लाष्टिकको झोलाभित्र स्रोत नखुलेको उक्त रकम फेला परेको खनालले बताए। उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको खनालले बताए।


पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज | पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित प्रगतिनगर बस्ने ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनपूर्व अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको हो । एक महिना अघि भारतको नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीमा सवारी दुर्घटनामा दुईको मृत्यु

 Krishna Shrivastav

सर्लाही । सर्लाहीको वाग्मतीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।वाग्मती नगरपालिका–८ शंकरपुर गाजली चोकमा मंगलबार दिउँसो उत्तरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बीआर ३० एम ३४५२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फबाट आउँदै गरेको ज १ त १५७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१५ पिप्राभित्ताका ५० वर्षीय भिखारी साह र मोटरसाइकलमा पछाडि सवार भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालमा थप ५१७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगन्ज । नेपालमा थप ५१७ जनामा कारोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार योसँगै हालसम्म संक्रमित हुनेको कूल सख्या २ लाख ८० हजार ९८४ पुगेको छ । मन्त्रालयले बितेको २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ५८ जना पुगेको छ । त्यस्तै, मंगलबार १५३ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७४ हजार ३१८ जना संक्रमित निको भएका छन् भने ३ हजार ६०८ जना सक्रिय संक्रमित रहेका छन् ।


महोत्तरीमा सैनिक सवार जीप खोल्सामा खस्दा पाँच जना घाइते

 Krishna Shrivastav

महोत्तरी । महोत्तरीमा नेपाली सेना सवार बलेरो जीप खोल्सामा खस्दा पाँच जना घाइते भएका छन्। तीमध्ये दुई सैनिकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। मध्यपूर्वी पृतना तालिम शिक्षालय धारापानी धनुषाबाट महोत्तरीको बर्दिबासतर्फ जाँदै गरेको बा २ झ ४६३ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक कैलाश खत्रीले बताएका छन्। दुर्घटनामा ३३ वर्षीय जमदार बुद्धमान राई, ३४ वर्षीय अमल्दार सन्तोष विष्ट गम्भीर घाइते छन्। त्यसैगरी, ३४ वर्षीय पियूठ अमल थापा, २४ वर्षीय दशरथ थारु र ३८ वर्षीय नेपाली सेनाका गाडी चालक चेतराज राई सामान्य घाइते भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

महाराष्ट्रमा १५ दिनका लागि लकडाउन !

 Krishna Shrivastav

मुम्बई । महाराष्ट्रमा कोरोना महामारी जारी छ ।पछिल्लो पटक महाराष्ट्रमा कोरोनाका ५१ हजार भन्दा बढि संक्रमित भेटिएका छन् ।यसबाहेक राज्यमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण २ सय ५८ जना मानिसको मृत्यु भएको छ । महाराष्ट्रमा कोरोना मृत्यु दर १ दशमलव ६८ प्रतिशत भएको छ । सुत्रका अनुसार आज मंगलबार साँझ महाराष्ट्रका मुख्य मन्त्री उद्धव ठाकरेले सामाजिक सञ्जालमार्फत सम्बोधन गर्न सक्छन् । त्यहि क्रममा भोलि बुधवारदेखि आगामी १५ दिन सम्म अर्थात अप्रिल ३० सम्मका लागि महाराष्ट्रमा लकडाउन लगाउने निर्णय गरिन सक्छ । यद्यपि यसका लागि एसओपी तयार गरिएको छ ।यद्यपि, पछिल्लो

Breaking News, मुख्य समाचार, विश्व, समाचार  संग सबंधीत छ |

ठाकुर राम बहुमुखी क्याम्पसमा १० अंकको अन्र्तवार्ताको लागि ११ अंक प्रदान!

 Krishna Shrivastav

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज अन्तर्गत संचालित BBA को भर्नाको लागि विभिन्न चरणमा सम्पन्न परीक्षा एवं अन्र्तवार्ताको नतिजा क्याम्पस प्रशासन विभिन्न कारणहरु द्धारा प्रभावित भई प्रकाशन गरिएको छ भनि आरोप राष्ट्रिय विद्यार्थी संघले लगाएको छ। त्यस सम्बन्धमा क्याम्पस प्रशासनलाई मौखिक रुपमा पटक पटक जानकारी गराउँदा पनि कुनै प्रकारको ठोस जवाफ नआउनु र त्रुटिहरुलाई सच्याउनुको सट्टा विभिन्न प्रकारको राजनीतिक एवम् आर्थिक प्रलोभनमा परि जुन नतिजा प्रकाशन गरिएको छ । यसमा राष्ट्रिय विद्यार्थी संघले घोर आपती व्यक्त गरेको छ । आज मंगलवार देखि नै BBA को प्रशासनिक, क्याम्पस प्रमुख एवम्

Breaking News, देश, मधेश, मुख्य समाचार, शिक्षा समाचार, समाचार  संग सबंधीत छ |

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : दैनिक ११ हजार संक्रमित हुन सक्छन्

 Krishna Shrivastav

। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ ।जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’ अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

समाचार
News

अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

News

संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

News

सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

News

नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

News

कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न