वीरगंज | पर्साबाट आठ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ परेको छ। पक्राउ पर्नेमा वीरगन्ज-३ छप्कैयाका ४८ वर्षीय श्रीभगवानप्रसाद कलवारलाई मंगलबार अपराह्न पक्राउ गरेको हो। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका-६ स्थित बाबा होटलछेउबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
उनले बोकेको कालो प्लाष्टिकको झोलाभित्र स्रोत नखुलेको उक्त रकम फेला परेको खनालले बताए। उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको खनालले बताए।