वीरगन्ज । नेपालमा थप ५१७ जनामा कारोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार योसँगै हालसम्म संक्रमित हुनेको कूल सख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।
मन्त्रालयले बितेको २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ५८ जना पुगेको छ ।
त्यस्तै, मंगलबार १५३ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७४ हजार ३१८ जना संक्रमित निको भएका छन् भने ३ हजार ६०८ जना सक्रिय संक्रमित रहेका छन् ।