महोत्तरी । महोत्तरीमा नेपाली सेना सवार बलेरो जीप खोल्सामा खस्दा पाँच जना घाइते भएका छन्। तीमध्ये दुई सैनिकको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
मध्यपूर्वी पृतना तालिम शिक्षालय धारापानी धनुषाबाट महोत्तरीको बर्दिबासतर्फ जाँदै गरेको बा २ झ ४६३ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक कैलाश खत्रीले बताएका छन्।
दुर्घटनामा ३३ वर्षीय जमदार बुद्धमान राई, ३४ वर्षीय अमल्दार सन्तोष विष्ट गम्भीर घाइते छन्। त्यसैगरी, ३४ वर्षीय पियूठ अमल थापा, २४ वर्षीय दशरथ थारु र ३८ वर्षीय नेपाली सेनाका गाडी चालक चेतराज राई सामान्य घाइते भएको ट्राफिक प्रहरी निरीक्षक खत्रीले जानकारी दिए।
घाइतेहरूको बर्दिबासस्थित जनसेवा हस्पिटलमा उपचार भइरहेको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाइएको छ।
ncell in
पानी तान्ने मोटर लिनका लागि बर्दिबास जाँदै गर्दा गाडीको अगाडिको देब्रे साइडको चक्का पड्केपछि अनियन्त्रित भएर १० मिटर गहिरो खोल्सामा खसेको प्रहरीले जनाएको छ।