पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

 Krishna Shrivastav

पर्सा ।श्रुति साह । सशस्त्र प्रहरी बल नेपाल, नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले धोबिनी गाउँपालिका–१, घोडदौडस्थित सीमावर्ती क्षेत्रमा भारतबाट अबैध रूपमा पैठारी गरी ल्याइएका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ। टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याइँदै गरेका २४ वटा कार्टुनमा राखिएको २४०० गोटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो। ती चल्ला नेपालमा पैठारी गर्न निषेध गरिएको प्रकारका भएकोले आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–४ मा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको वीरगञ्ज नर्सिङ क्याम्पसमा निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा क्याम्पसमा रहेको खानेपानीको समस्याबारे गम्भीर छलफल गरिएको छ। हाल सञ्चालनमा रहेको खानेपानी ट्याङ्की जीर्ण भइसकेको र पानी चुहिने स्थिति रहेको पाइएकोले ट्याङ्कीको शीघ्र मर्मत तथा आवश्यक परे नयाँ ट्याङ्की निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यस्तै, क्याम्पस परिसरभित्र खुला नालाबाट विर्ता बस्तीको फोहोर पानी सिधै क्याम्पसमा प्रवाह भई वातावरण अत्यन्तै प्रदूषित भएको गुनासो आएको छ। यस समस्यालाई मध्यनजर गर्दै नालाको सरसफाइ, व्यवस्थित ढल निकास र दिर्घकालीन समाधानका लागि सम्बन्धित

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

 Krishna Shrivastav

जनकपुरधाम । धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर भएका छन् ।धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ती तिराउने आदेश दिएको हो । न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्ने निर्णय सुनाएको हो ।जेठ २९ गतेको पेसीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउने आदेश दिएपछि गत शुक्रबार भएको पेसीमा न्यायाधीश वर्देवाको इजलासले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख क्षतिपूर्ती तिराउने आदेश दिएको हो । श्रीमानले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

 Krishna Shrivastav

रौतहट । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। मिति २०८२ साल असार १ गते बिहान करिब ८:१५ बजेको समयमा ६५ वर्षीय सियाराम वनिया आफ्नै घरअगाडिको बाख्रा खोल्ने क्रममा अचानक चट्याङले लाग्दा गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारकै क्रममा बिहान १०:०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्राकृतिक प्रकोपका कारण भएको यो घटनाले स्थानियमा दुःख व्यक्त गरिएको छ।


मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

 Krishna Shrivastav

मोतिहारी । संवाददाता मोतिहारी चेम्बर अफ कमर्शको आयोजनामा आयोजित व्यवसायीबीचको B2B मिटिङ सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल जेठ ३० गते सम्पन्न उक्त कार्यक्रममा सीमाञ्चल क्षेत्रमा देखिएको औद्योगिक, व्यापारिक तथा पर्यटक सम्बन्धी समस्याहरूको समाधानका लागि संयुक्त सहकार्य गर्ने अवधारणामा सहभागीहरूले जोड दिएका छन्। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, महासचिव शिवजी प्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सहसचिव नरेशकुमार टिबडेवाल र अनुप अग्रवालसहित कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। साथै, मोतिहारी चेम्बर अफ कमर्शका पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा विभिन्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

 Krishna Shrivastav

बारा | सिकिन्द्र साह| बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा विश्व रक्तदान दिवसको अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ६८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। सिम्रौनगढ उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत डी.एस. मिना थिए भने भारत कन्सुल कार्यालय वीरगञ्जका मनिष दास विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा सिम्रौनगढ नगरपालिका अन्तर्गतका विभिन्न संघसंस्था, नागरिक समाज तथा सामाजिक संघटनाहरूको सहभागिता रहेको थियो। दलित जनजाति केन्द्र बारा, ब्रह्माकुमारी राज्य योग सेवा केन्द्र, न्यू यङ स्टार क्लब, सनातन धर्म

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

 Krishna Shrivastav

वीरगन्ज । तराई–मधेसमा केहिदिन यता गर्मी अत्याधिक बढेर जनजीवन नै अस्तव्यस्त बनेपछि वीरगन्ज महानगरपालिकाका विद्यालयहरुमा थप एक हप्ताको विदा दिइएको छ । वीरगन्ज महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरुमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी विदा थप गरेको हो । यसअघि महानगरपालिकाले विद्यालयहरुमा जेठ २९ र ३० गते दुई दिनमात्रै गर्मी विदा दिएको थियो । तर गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले शनिबार एक सूचना जारी गर्दै विद्यालयहरुमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी विदा थप गरेको हो । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशखाका प्रमुख आनन्द

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

 Krishna Shrivastav

वीरगञ्ज | श्रुति साह । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक सहायता गुल्म वीरगञ्जले आज वीरगञ्ज महानगरपालिका–१६ स्थित दुई फरक स्थानबाट झण्डै १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले भारतबाट अबैध रूपमा नेपाली रुपैयाँ चोरी पैठारी गरी ल्याएको प्रहरीले जनाएको छ। पहिलो घटनामा, BR05AT0475 नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पर्सा जिल्ला, वीरगञ्ज–२ छपकैयाका १९ वर्षीय राहुल कुमार तिवारीले मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाएर ल्याएको रु. १३,००,००० नगद सहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्ज भन्सार चेकजाँच विन्दु भन्दा अन्दाजी ५०

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

 Krishna Shrivastav

सिरहा । मालपोत कार्यालय सिरहामा कार्यरत कार्यालय सहयोगी राजकुमार रायको घरवाट अवैध रुपमा राखिएको कागजात बरामद गरिएको छ । सिरहा नगरपालिका(७ मा रहेको एक घरवाट रायले राखेको मालपोत कार्यालयको विभिन्न कागजात प्रहरी टोलीले बरामद गरेको छ । प्रहरी निरीक्षक आकाश उप्रेतीको नेतृत्वको टोलेली अनुसन्धानको क्रममा रायले अवैध रुपमा राखेको कागजात बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र कुमार पासवानले बताए । कार्यालय सहयोगी राय एक महिलासंगै घरमा रहेको बेला विहिवार दिउँसो पक्राउ परेका थिए । उनकी पत्नीले परस्त्रीसँगको सम्बन्ध राखी आफूलाई मानसिक यातना दिएको भन्दै प्रहरीमा राय विरुद्धमा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

 Krishna Shrivastav

विराटनगर । दुई वर्ष कारागार बसाइपछि सफाइ पाएका मिटरब्याज आरोपी मन्टु (संजयप्रसाद रौनियार) ले फेरि पीडितसँग पैसा माग्न थालेका छन् । तर उनको असुली गर्ने शैली भने विगतको भन्दा फरक छ । विगतमा मान्छे खटाउँथे, अहिले चिठी पठाउँछन् । ठगी र आपराधिक लाभको मुद्दामा मोरङ जिल्ला अदालतबाट सफाइ पाएपछि उनले आफ्ना ऋणीलाई चिठी पठाउँदै पैसा दिन ताकेता गरिरहेका छन् । जग्गा धितोमा लिएर मन्टुले पहिले सर्वसाधारणलाई धम्की दिँदै पैसा माग्ने र कानुनी कारबाहीको डर देखाउँथे । कारागारबाट छुटेपछि उनले हुलाकबाट चिठी पठाउँदै पैसा मागिरहेका छन् । मोरङको सुनवर्षी नगरपालिका–४ का

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

 Krishna Shrivastav

वीरगन्ज । नेपाल सरकारको औषधि मूल्य निर्धारण समितिले पेश गरेको प्रतिवेदनको विरोधमा वीरगन्जमा औषधि उत्पादक, व्यवसायी तथा पसलेहरूले मुखमा कालो पट्टी बाँधेर धर्ना दिएका छन्। शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म औषधि व्यवस्था विभाग शाखा कार्यालय, वीरगन्ज अगाडि देशव्यापी विरोध कार्यक्रमअन्तर्गत उनीहरूले धर्ना दिएका हुन्। उनीहरूले सिफारिस समितिको प्रतिवेदनले न त उत्पादक, न व्यवसायी, न उपभोक्तालाई राहत दिने भन्दै नेपाल उपयुक्त नीति बनाउन सरकारसँग माग गरे। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले समितिको एकपक्षीय निर्णयले देशभरका औषधि उद्योगहरू धराशायी हुने खतरा रहेको बताए। नेपाल औषधि उत्पादक संघका वरिष्ठ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

 Krishna Shrivastav

वीरगन्ज | पर्साको पकहामैनपुर गाँउपालिका वडा नम्बर ३ मैनपुरमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ । नेकपा एमाले पकहामैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहले सडक र नाला निर्माण कार्यको शिलान्यास गरेका हुन् । भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट चालु आर्थिक २०८१/०८२ आर्थिक वर्षको बजेटमा प्राप्त ४५ लाख रुपैयाँको लागतमा मैनपुरमा सडक ढलान र नाला निर्माण गर्न थालिएको हो । नेकपा एमालेको संगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय उपाध्यक्ष एवंम मधेस प्रदेश इन्चार्ज समेत रहेका युवा नेता साहको पहलमा संघ र प्रदेश सरकारबाट पकहामैनपुर गाँउपालिकामा सडक, नाला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

 Krishna Shrivastav

धनुषा । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले आफ्नै सञ्चार संस्था स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ । बिहीबार धनुषाको ढल्केबरमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा मधेश प्रदेशका गोरखापत्र समाचारदाताको भूमिका’ विषयक दुईदिने कार्यव्रmमको समापन समारोहमा मन्त्री लेखीले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकारले टेलिभिजन, रेडियो र प्रदेश समाचार समितिको स्थापना गर्ने तयारीसमेत अघि बढाएको बताउँदै त्यसबाट प्रदेशका करिब ५० देखि ६० जनासम्म सञ्चारकर्मीलाई रोजगारीको अवसर प्राप्त हुने जानकारी दिनुभयो । मन्त्री लेखीले सञ्चारकर्मी र सञ्चार क्षेत्रको अभिवृद्धिका लागि मन्त्रालयले प्रदेशका आठ वटै जिल्लामा रहेका नेपाल पत्रकार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

 Krishna Shrivastav

रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी असार १ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् कार्य बन्द गर्न निर्देशन दिएको छ । ढुङ्गा गिट्टी बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड (पहिलो संशोधन) २०७९ बमोजिम स्थानीय तहहरुबाट आ–आफ्नो क्षेत्राधिकार भित्रका नदी, खोला एवम् खहरेहरुबाट नदीजन्य पदार्थको उत्खनन् हुँदै आएको छ । सो कार्य जेठ मसान्त भित्र सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाअन्तर्गतका सबै पालिकालाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारि किरण निधि तिवारीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै जिल्ला भित्रका नदी, खोल्सा एवम् खहरेहरुमा जम्मा

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

 Krishna Shrivastav

सर्लाही । नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा बर्थिङ सेन्टर भवन निर्माण गरेर नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ । बर्थिङ सेन्टर भवनको शुक्रबार बिहान नेपाली सेना मध्य पूर्वी पृतना बर्दीवास महोत्तरीका पृतनापति एवम् उपरथि कृष्णबहादुर जिसीले बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाललाई हस्तान्तरण गर्नुभएको हो । नेपाली सेनाको शीघ्र प्रभावी आयोजनाअन्तर्गत ४५ लाख ९५ हजार रुपियाँ लागतमा भैरवी दल गणले बर्थिङ सेन्टर भवन निर्माण गरेको हो । चार कोठे बर्थिङ सेन्टर भवनमा पोष्ट डेलिभरी, प्रि डेलिभरी, क्लिनिकल र रजिष्ट्रेसन तथा फार्मेसी रहेका छन् । भवनभित्र एउटा सानो कोठा (अटो क्लेब रुम)

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

 Krishna Shrivastav

सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिकामा कन्टेनर ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका १२ अर्नाहास्थित हुलाकी सडक खण्डबाट राजविराज आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनर ट्रकले बाटो क्रस गर्न लाग्दा स ६ प २२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा नाम वतन नखुलेको मोटरसाइकल चालक कन्टेनर ट्रकको तल किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । मोटरसाइकल चालक कन्टेनर ट्रकको मुनि थिचिएको अवस्था रहेको र ट्रक चल्ने अवस्थामा नरहेकोले शव निकाल्न क्रेनसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । कन्टेनर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

 Krishna Shrivastav

ढल्केबर । धनुषाको सबैला नगरपालिका –६, गोविन्दपुरमा रहेको प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन गर्दा नवौं शताब्दीतिरको लिच्छविकालीन अवशेषहरु भेटिएका छन् । पुरातत्व विभागले पुनः उत्खनन गर्दा माटोको गजुर, मूर्तियुक्त ढुङ्गालगायत महत्वपूर्ण पुरातात्विक अवशेषहरु भेटिएको हो । यसअघि गत वर्ष असारमा गरिएको उत्खननमा पनि आठौं–नवौं शताब्दी तिरका लिच्छविकालीन भग्नावशेष फेला परेका थिए । सबैलाई नगरपालिकाको पहलमा पुरातत्व विभागले यहाँ पुनः उत्खनन गरिएको हो । पुरातत्व विभागका पुरातत्वविद् प्रकाशन दर्नालले दोस्रो चरणको उत्खननमा माटोले बनेको मन्दिरको गजुरका टुक्रा, २५ वटा मूर्तियुक्त ढुङ्गालगायत धार्मिक सामग्री भेटिएको बताउनुभयो । उनले यसअघि गरिएको उत्खननमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

News

साइलेन्सर’ जस्ता सांसदहरु

News

सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

News

मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

News

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ