• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०८२, शुक्रबार १५:५४
  • ५१३

    धनुषा । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले आफ्नै सञ्चार संस्था स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ । बिहीबार धनुषाको ढल्केबरमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा मधेश प्रदेशका गोरखापत्र समाचारदाताको भूमिका’ विषयक दुईदिने कार्यव्रmमको समापन समारोहमा मन्त्री लेखीले यस्तो बताउनुभएको हो ।

    उहाँले प्रदेश सरकारले टेलिभिजन, रेडियो र प्रदेश समाचार समितिको स्थापना गर्ने तयारीसमेत अघि बढाएको बताउँदै त्यसबाट प्रदेशका करिब ५० देखि ६० जनासम्म सञ्चारकर्मीलाई रोजगारीको अवसर प्राप्त हुने जानकारी दिनुभयो । मन्त्री लेखीले सञ्चारकर्मी र सञ्चार क्षेत्रको अभिवृद्धिका लागि मन्त्रालयले प्रदेशका आठ वटै जिल्लामा रहेका नेपाल पत्रकार महासङ्घका शाखालाई १०÷१० लाख रुपियाँका दरले उपलब्ध गराउने योजनासमेत अघि बढाइएको उल्लेख गर्नुभयो । उहाँले सञ्चार महोत्सव, कार्यशाला गोष्ठी तथा पत्रकारको क्षमता अभिवृद्धिका कार्यव्रmम मन्त्रालयमार्फत नियमित सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबै नागरिकको अधिकार सुनिश्चित गर्ने प्रणाली भएको उल्लेख गर्दै मन्त्री लेखीले सञ्चारकर्मीले अझ जिम्मेवार भएर समाजमा रहेका विभेद र विभाजनको अन्त्यका लागि कलम चलाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामी छिटपुट रूपमा व्यवस्थाविरुद्धका गतिविधि देखिरहेका छौँ । यसको जिम्मेवारी लिनु पर्छ । हाम्रो व्यवहार, जीवनशैली र कार्यशैलीले ठुलो अर्थ राख्छ ।”

    गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले यस्ता कार्यव्रmमले गोरखापत्र परिवारलाई थप ऊर्जा र हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरखापत्र पत्रकारिताको पाठशाला हो । यसको गरिमा अझ बढाउने गरी प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गर्दै गोरखापत्रलाई जनमुखी, अनुसन्धानमुखी र जिम्मेवार पत्रिकाका रूपमा विस्तार गर्दै लैजाने योजनामा छौँ ।” अध्यक्ष सुवेदीले गोरखापत्रलाई सार्वजनिक सेवा पत्रकारिताको अवधारणा अनुसार अघि बढाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

    कार्यव्रmममा गोरखापत्र संस्थानका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले गोरखापत्र केवल सूचना दिने माध्यम मात्र नभएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आवाजसमेत भएको बताउनुभयो । गोरखापत्रले प्रदेशका सवाल, नागरिकका अधिकार र जनजीवनका विविध आयामलाई समेटेर समाचार सम्प्रषेण गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले प्राधिकरणले सञ्चार संस्थालाई जीवित राख्नका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो बजेट सीमित भए पनि रेडियो, टेलिभिजन र पत्रपत्रिकालाई समान रूपमा वितरण गर्दै आएका छौँ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑