• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्छौं : अध्यक्ष यादव

  • वीरगंज संजाल
  • ११ असार २०८०, सोमबार ११:५२
  • १४७३

    वीरगंज । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेपालमा संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने बताएका छन्। अभियानको अवधारणा पत्र सार्वजनिक गर्न आइतबार काठमाडौंकाे बत्तीसपुतलमा आयोजित कार्यक्रममा उनले नेपाललाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसका जगेर्ना गर्दै मुलुक र मुलुकवासीलाई जोडिराख्न संघीय हिन्दू गणतन्त्र मात्र विकल्प रहेको बताए। ‘जुन दिन सनातन संस्कृति समाप्त हुन्छ, त्यस दिन राष्ट्रिय एकता पनि समाप्त हुनेछ,’ उनले भने, ‘हरेक ४० किलोमिटरमा हाम्रो देशमा सांस्कृतिक विविधता छ। अलग–अलग संस्कार, संस्कृति र भेषभुषा छ। पूर्वदेखि पश्चिमसम्म विविधता छ। ती सबैलाई जोड्ने कडी सनातन संस्कृति हो र हिन्दू धर्म हो।’ हिन्दू धर्म मजबुत रहुन्जेल नेपालको राष्ट्रियता पनि मजबुत हुने उनले बताए। ‘राष्ट्रियता पसलमा खरिद गर्न मिल्ने वस्तु होइन, अनादि कालदेखि चलिआएको संस्कृति नै राष्ट्रियताको आधार हो,’ उनले भने, ‘नेपालमा अनादि कालदेखि चलिएको संस्कृति सनातन संस्कृति हो।’‘संघीय हिन्दू गणतन्त्र स्थापना नभएसम्म हामी चयनको निद्रा निदाउने छैनौं।

    चयनसाथ भोजन गर्ने छैनौं,’ उनले भने । कार्यक्रमका प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले दोस्रो जनआन्दोलनपछि निर्माण गरिएको अन्तरिम संविधानमा कसैलाई जानकारी नै नदिई धर्म निरपेक्षता घुसाइएको बताए। आफू तत्कालीन उपराष्ट्रपति हुँदा पनि आफूले पत्तो नपाएको उनले बताए। मुलुकमा संघीय हिन्दू गणतन्त्र स्थापना गर्न राष्ट्रिय एकता अभियानले अगाडि सारेको एजेन्डा सबै नेपालीको हृदयमा छुने खालको भएको उनले बताए। कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले हाम्रो मुलुक बन्नु अघिदेखि नै सनातन संस्कार, संस्कृति र हिन्दूत्वको पदार्पण भएको बताए। तर, आफ्नो संस्कार र संस्कृतिलाई भुल्दै जाँदा दुःख पाउने अवस्थामा नेपाल र नेपाली रहेको उनले बताए। ‘हामीले हाम्रो सनातन धर्म, संस्कार, संस्कृतिको रक्षा गर्न सक्यौं भने संसारको सबैभन्दा शक्तिशाली मुलुक नेपाल बन्नेछ,’ उनले भने। लोसपा नेता तथा पूर्वमन्त्री अनिल झाले अभियानले संघीय हिन्दू गणतन्त्रको नयाँ अवधारणा ल्याएकाेमा शुभकामना दिए। ‘विगतमा हिन्दू धर्मलाई राजतन्त्रसँग जोडेर हेर्ने गरिएको थियो। वीरगन्जमा नेपाल गेट बनाउँदा एकजना शंकराचार्यले दिएको मन्तव्यपछि सबैले त्यसलाई आ–आफ्नै प्रकारले परिभाषित गरे। त्यही विन्दुबाट यो देशको हिन्दूत्वलाई राजसंस्थासँग जोडियो।

    जब राजसंस्था गयो हिन्दुत्व पनि गयो,’ झाले भने, ‘ती दुवैलाई घाँटी नजोडिदिएको भए गणतन्त्र स्थापनापछि हिन्दुत्व नजान सक्थ्यो।’ राष्ट्रिय एकता अभियानको अवधारणाबाट हिन्दुत्व संघीयता र गणतन्त्रमा पनि एकाकार भएर अगाडि बढ्ने बाटो दिएको उनले बताए। कार्यक्रमलाई किरात धर्मगुरु डा. चन्द्रकुमार शेर्माले आफ्नो अवधारणालाई अक्षरसः पालना गर्न अभियान र उसका अध्यक्ष विनय यादवसँग आग्रह गरे। यस्तै, संविधान सभाका सदस्य तथा अभिायनका वरिष्ठ नेता बीपी यादवले संघीय हिन्दू गणतन्त्रको अवधारणामा बहस छेडिनुपर्ने बताए। ‘सम्पूर्ण नेपालीलाई एकसूत्रमा बाँध्न, एउटा एजेन्डामा एकताका लागि यो विषय निकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘अहिले मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको छ। तर, मुलुक एकतातर्फ अगाडि बढेको छैन। यो मुलुकलाई एकताबद्ध बनाउनका लागि हामीले यो अभियान अगाडि बढाएका हौं।’ हिन्दू धर्ममाथि चौतर्फी प्रहार भइरहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑