वीरगन्जमा रहेको प्रियाका स्टोरको गोदाममा प्रहरीको छापा संचालक गुप्ता फरार
वीरगंज संजाल
७ भाद्र २०७६, शनिबार ०६:५५
४९०३
वीरगन्ज । वीरगन्ज महानगर पालिका वडा नं.१० मा रहेको एक मरिच गोदाममा पर्सा प्रहरीले छापा मारि गरेको छ ।
अवैध रुपमा भन्डारण गरि राखिएको मरिच गोदाममा प्रहरीले शुक्रबार साझँ ५ बजे छापा हानेको हो । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज आर्दश नगर टाउनहल नजिक रहेको एक घरमा रहेको गोदाममा छापा मारि गरिएको हो ।
प्रियाका स्टोरका संचालक संतोष गुप्ताको रहेको गोदामबाट १४ सय किलो अवैध रुपमा भन्डारण गरि राखिएको मरिच छापामारि गरि पर्सा प्रहरीले बरामद गरिएको हो । प्रियाका स्टोरका संचालक गुप्ताको गोदाममा प्रहरीले छापा मारिगरे लग्तै गुप्ता फरार भएका छन ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले माथिल्लो निकायको आदेश अनुसार आफुहरु छापा हानेको टोलीमा रहेका एक प्रहरीले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठेरसंग बुझदा मलाई केहि थाह भएन तपाई वडा प्रहरी कार्यालय विर्तासंग बुझनुस भने ।
अवैध रुपमा भन्डारण गरि राखिएको मरिच गोलाममा ईलाका प्रहरी कार्यालय सुगैली पर्साको प्रहरीको गाडी प्रयोग गरिएको थियो ।