वीरगंज । सत्ता गठबन्धन दलका नेताहरूबीच समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकताअनुसार मिलाइएर जान सकिने बताएका थिए । बजेटमा प्रस्तुत विषयलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन् ।
सोही विषयमा पनि शीर्ष नेताहरूबीच छलफल भएको हो । छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन आबद्ध दलका नेताहरू सहभागी थिए ।