वीरगंजको मेनरोड फराकिलो गर्ने विषय टर्यो -कैले सम्म ?
वीरगंज संजाल
१९ मंसिर २०७६, बिहीबार ०६:३०
६७९३
वीरगंज | वीरगंजको मेनरोड फराकिलो गर्ने विषय फेरि मङ्सिर २९ गतेसम्मको लागि टरेको छ । सर्वोच्च अदालतमा हिजो मुद्दा दैनिक सूचीमा नपरेको कारण मङ्सिर २९ गतेको लागि पेशी सारिएको छ ।
सडक विभागले छठपछि वीरगंजको मेनरोड फराकिलो गर्ने भन्दै सूचना जारी गरेपछि सोविरुद्ध सर्वोच्चमा रीट दायर गरेका निवेदकहरूको मागबमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले अर्को आदेश नहुन्जेलसम्मका लागि सूचना जारी भए अनुसारको कामकारबाई नगर्न, नगराउन आदेश गरेको थियो ।सो आदेशको सन्दर्भमा दुवै पक्षलाई अल्पकालीन अन्तरिम आदेश सम्बन्धमा छलफलको लागि बोलाएकोमा अहिलेसम्म सर्वोच्चमा सो मुद्दा दैनिक सूचीमा नपरेको कारण पेशी लम्बिंदै छ ।
यही कारण हो सडक विभागले कारबाई अगाडि बढाउन सकेको छैन । सर्वोच्च अदालतमा विचाराधीन सो मुद्दामा प्रत्येक पेशीअगाडि मेनरोडवासी समूह बनाएर रीट दायर गरिरहेकाले दैनिक सूचीमा नपरेको स्रोतले जनाएको छ । अदालतले सबै मुद्दाको एकैपटक सुनवाइ गर्ने गरी पेशी सार्दै आएको छ । अब सो मुद्दाको पेशी दुईपटकसम्म सारिने र त्यसपछि निर्णय हुन सक्ने कानूनका जानकारहरूले बताए ।यता वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा आन्दोलनरत वीरगंज विकास युवा सङ्घर्ष समिति र मेनरोड फराकिलो गर्नुहुँदैन भन्ने तर्क गर्दै आएको वीरगंज बचाऊ सङ्घर्ष समितिले सर्वोच्चमा मुद्दाको सुनवाइमा ढिलो हुन थालेपछि आन्दोलनलाई साम्य पारेका छन् ।
यसअघि वीरगंज विकास युवा सङ्घर्ष समितिले साप्ताहिकरूपमा विरोधका कार्यक्रम गरी अभियान सञ्चालन गर्दै आएकोमा अहिले उनीहरूको आन्दोलन शिथिल भएको छ । विरोध ¥याली, हस्ताक्ष्Fर अभियान, सिटी जुलुस, पत्रकार सम्मेलनलगायतका कार्यक्रमहरू गरेको समितिको अभियान अहिले शिथिल छ ।वीरगंज विकास युवा सङ्घर्ष समितिले गरेको कार्यक्रमविरुद्ध वीरगंज बचाऊ सङ्घर्ष समितिले पनि सोको विरुद्ध वीरगंजको मेनरोड फराकिलो गर्नुहुँदैन भनेर कार्यक्रम गर्दै आएको थियो । अहिले दुवै पक्ष शिथिल भएका छन् । वीरगंज विकास युवा सङ्घर्ष समितिका अकलेश साहले गढीमाई मेलाको कारण कार्यक्रम शिथिल भएको र तुरुन्तै विरोधका कार्यक्रम सुचारु गरिने बताए ।PRATICDAILY