• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

  • वीरगंज संजाल
  • Aug 17, 2026, 2:17 am
  • ०

    वीरगन्ज । वीरगन्ज भन्सारको मुख्य नाकाबाट रातिको समयमा भारतबाट नेपालतर्फ खुलेआम तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। भारतबाट रिक्सामा सामान ल्याउने तथा सीमा क्षेत्रबाट भरियामार्फत सामान बोकेर नेपालको विभिन्न स्थानसम्म पुर्‍याउने गरेको दृश्यसमेत भिडियोमार्फत सार्वजनिक भएको दाबी गरिएको छ।

    सार्वजनिक भएको भिडियोमा रातिको समयमा रिक्सामार्फत भारतबाट नेपालतर्फ सामान ल्याउने तथा सीमा क्षेत्रमा मानिसहरूले बोकेर सामान ओसारपसार गरिरहेको देखिएको बताइएको छ। यसले वीरगन्ज भन्सार तथा सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

    यसअघि पनि पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही कर्मचारी तथा तस्करीमा संलग्न भनिएका व्यक्तिहरूबीचको मिलेमतो देखिने भिडियो तथा दृश्यहरू विभिन्न समयमा सार्वजनिक हुँदै आएका छन्। यस्ता घटनाले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षा निकायको निगरानी र कार्यसम्पादनमाथि प्रश्न उठाउँदै आएको छ।

    नयाँ प्रहरी प्रमुख पर्सामा आएलगत्तै मुख्य भन्सार नाकाबाटै रातिको समयमा यसरी खुलेआम तस्करी भइरहेको आरोप सार्वजनिक हुनु थप गम्भीर विषय बनेको छ। घटनाको वास्तविकता के हो र सुरक्षा निकायको नेतृत्व तहसम्म यसको जानकारी छ कि छैन भन्ने विषयमा समेत चासो बढेको छ।

    यद्यपि, सार्वजनिक भिडियो र आरोपका आधारमा मात्र नेपाल प्रहरी वा सशस्त्र प्रहरीको मिलेमतो पुष्टि हुदैन येसले यहाका प्रमुख हरुको पनि मिलोमतो प्रष्ट हुन्छ । घटनाको निष्पक्ष छानबिन गरी तस्करीमा सुरक्षा निकायका कुनै कर्मचारीको संलग्नता भए कारबाही र संलग्नता नभए तथ्य सार्वजनिक गर्नुपर्ने देखिन छ।

    सीमा क्षेत्रमा खुलेआम तस्करी भइरहेको आरोप सार्वजनिक भइरहँदा गृह मन्त्रालयले समेत यस विषयलाई कसरी लिन्छ भन्ने चासोको विषय बनेको छ। सुरक्षा निकायको नेतृत्वमाथि समेत छानबिन गरी दोषी देखिए कारबाही गर्ने वा नदेखिए वास्तविकता सार्वजनिक गर्ने आवश्यकता देखिएको छ।

    वीरगन्ज भन्सार तथा सीमा क्षेत्रबाट भइरहेको भनिएको यस्तो अवैध ओसारपसार नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ। अब सार्वजनिक भएको भिडियो र उठेका आरोपमाथि सम्बन्धित निकायले कस्तो अनुसन्धान तथा कारबाही अघि बढाउँछन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

    video link https://www.facebook.com/share/v/19L7PqyvPH/

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑