• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

  • वीरगंज संजाल
  • Aug 17, 2026, 4:32 pm
  • ०

    वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासत कक्षभित्र सुरक्षाको जिम्मेवारी लिएका प्रहरीकै मिलोमतोमा खैनी, गुट्खा तथा अन्य प्रतिबन्धित सामान पुर्‍याएर थुनुवाबाट मनपरी रकम असुल्ने गरिएको गम्भीर आरोप सार्वजनिक भएको छ । बाहिरबाट एउटा सामान्य सामानसमेत सहजै भित्र लैजान नदिइने कडा सुरक्षा व्यवस्थाभित्र २० रुपैयाँमा पाइने खैनीका लागि थुनुवाले ५ सयदेखि १ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको आरोप छ । हिरासतबाट केही दिनअघि छुटेका एक अभियुक्तका अनुसार, थुनुवा कक्षमा खटिने तथा ड्युटी परिवर्तनका क्रममा आउने प्रहरी कर्मचारीले नै खैनी, गुट्खा र अन्य सामग्री भित्र पुर्‍याउने माध्यम बनेका छन् । उनका अनुसार बजारमा २० रुपैयाँमा पाइने खैनी थुनुवा कक्षसम्म पुर्‍याइदिएबापत ५ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरिएको छ । यस्तै, करिब ५० रुपैयाँमा पाइने रजनीगन्धासमेत ५ सय रुपैयाँसम्म लिएर थुनुवालाई उपलब्ध गराउने गरिएको उनको दाबी छ ।

    सबैभन्दा गम्भीर प्रश्न के हो भने कडा सुरक्षा घेराभित्र रहेको हिरासत कक्षमा बाहिरबाट सामान कसरी पुग्छ ? यदि थुनुवालाई प्रत्यक्ष रूपमा सामान लैजान रोक लगाइएको छ भने त्यस्ता सामग्री हिरासतभित्र पुर्‍याउने माध्यम को हो ? यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ ।

    ‘हल कमाण्डर’मार्फत सामान ओसारपसारको आरोप
    प्राप्त विवरणअनुसार हिरासतमा रहेका थुनुवाको रेखदेख, चेकजाँच तथा आवश्यक औषधिलगायत सामग्री व्यवस्थापनका लागि परिचालित ‘हल कमाण्डर’मार्फत नै खैनी र गुट्खा थुनुवासम्म पुर्‍याउने गरिएको आरोप छ । ड्युटी परिवर्तन हुने विशेषगरी साँझको समयमा प्रहरी कर्मचारीले यस्ता सामग्री लिएर हिरासत क्षेत्रभित्र प्रवेश गर्ने र त्यसपछि सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने गरिएको स्रोतको दाबी छ ।
    यसरी सुरक्षाको जिम्मेवारी लिएका कर्मचारीमाथि नै प्रतिबन्धित वा अनधिकृत रूपमा सामान ओसारपसार गरी त्यसलाई आम्दानीको स्रोत बनाएको आरोप लाग्नुले हिरासत व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । यतिमात्र होइन, कतिपय थुनुवाले हिरासतभित्र गाँजा र चरेशजस्ता लागुऔषधसमेत सेवन गर्ने गरेको आरोपसमेत आएको छ । यसले गर्दा प्रहरी हिरासतको सुरक्षा प्रणालीमाथि मात्र होइन, सम्पूर्ण नियन्त्रण र निगरानी संयन्त्रमाथि नै गम्भीर प्रश्न उठेको छ ।
    हिरासत कक्षभित्र थुनुवाले लागुऔषध, खैनी तथा गुट्खा सेवन गरेको प्रहरीले सिसिटिभीमा हेरेपछि लगेर कुटपिट गर्ने त्यही प्रहरीको माध्यमबाट त्यस्ता सामानहरु त्यहाँ पुग्नुले प्रहरीको कार्यशैलीको दोहोरो चरित्र उदाङ्गो बनाएको छ ।

    पैसा दिए ‘विशेष कोठा’ र सुविधा ?
    जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा १ देखि ५ नम्बर गरी पाँचवटा थुनुवा कक्ष रहेको छ । १ देखि ४ नम्बर कक्षमा सामान्य तथा आर्थिक रूपमा कमजोर थुनुवालाई राख्ने गरिएको छ भने ५ नम्बर कक्षमा आर्थिक रूपमा सम्पन्न तथा प्रभावशाली थुनुवालाई विशेष सुविधा उपलब्ध गराइने गरिएको छ । ५ नम्बर कक्ष असहाय, वृद्ध तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको हो । तर त्यहाँ त्यस्ता व्यक्तिको संख्या नभएको वा कोठा खाली रहेको अवस्थामा आर्थिक लाभका आधारमा अन्य थुनुवालाई राख्ने गरिएको आरोप छ ।
    आरोप यतिमै सीमित छैन । २ हजारदेखि ५ हजार रुपैयाँसम्म बुझाएपछि ५ नम्बर कक्षमा राखेर तुलनात्मक रूपमा बढी सुविधा दिने गरिएको दाबी छ । यसमा प्रहरी जवानदेखि हिरासत इन्चार्जसम्मको मिलोमतो हुने गरेको आरोप लगाइएको छ । कतिपय अवस्थामा भने उच्च अधिकारीको सिफारिस वा दबाबका आधारमा समेत विशेष कक्षमा राखिने गरिएको बताइएको छ ।

    यसले हिरासतभित्र पनि थुनुवाको आर्थिक हैसियतका आधारमा फरक व्यवहार भइरहेको हो कि भन्ने गम्भीर प्रश्न खडा गरेको छ । कानुनको नजरमा समान हैसियत राख्ने व्यक्तिहरू हिरासतभित्र पैसा र पहुँचका आधारमा फरक सुविधा पाउने अवस्था बनेको हो भने यो सामान्य प्रशासनिक कमजोरी मात्र नभई गम्भीर अनियमितताको विषय बन्न सक्छ ।

    छानबिन आवश्यक
    प्रहरी हिरासत कुनै होटल वा व्यापारिक केन्द्र होइन । राज्यको नियन्त्रणमा रहेका व्यक्तिको सुरक्षा, स्वास्थ्य, मानवअधिकार र कानुनी प्रक्रियाको संरक्षण गर्ने संवेदनशील स्थान हो । त्यही स्थानभित्र खैनी, गुट्खा वा अन्य सामग्री पुर्‍याएर मूल्यभन्दा कैयौं गुणा बढी रकम असुल्ने आरोप सत्य ठहरिएमा त्यसमा संलग्नमाथि कडा कारबाही हुनुपर्छ ।
    यसका लागि जिल्ला प्रहरी कार्यालय पर्साले आरोपलाई सामान्य हल्ला भन्दै बेवास्ता गर्नु हुँदैन । हिरासतमा खटिएका कर्मचारीको ड्युटी विवरण, प्रवेश–निस्कने अभिलेख, सीसीटीभी फुटेज, थुनुवाको बयान तथा हालै हिरासतबाट छुटेकाहरूको विवरणका आधारमा तत्काल निष्पक्ष छानबिन गर्न आवश्यक छ । त्यसैगरी ५ नम्बर कक्ष कसका लागि छुट्याइएको हो, विगतमा त्यहाँ कसलाई राखियो, कुन आधारमा राखियो र विशेष सुविधा दिइएको थियो वा थिएन भन्ने विषयसमेत अभिलेखबाट सार्वजनिक हुनुपर्छ ।

    २० रुपैयाँको खैनीका लागि १ हजार रुपैयाँ तिर्नुपर्ने, पैसा दिए विशेष कोठा पाइने र कडा सुरक्षाबीच अनधिकृत सामान हिरासतभित्र पुग्ने आरोपले एउटा गम्भीर प्रश्न उठाएको छ ‘पर्सा प्रहरीको हिरासतभित्र कानुनको शासन चलिरहेको छ कि पैसा र पहुँचको ?’ अब यसको जवाफ आरोपित प्रहरी कर्मचारीले मात्र होइन, जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व र सम्बन्धित निकायले पनि तथ्य र प्रमाणसहित दिनुपर्ने भएको छ ।

    यसबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रवक्ता चक्र मल्लले आरोप अस्वीकार गरेका छन् । उनले हिरासत कक्षमा सिसिटिभी जडान रहेको कारण यस्तो गतिविधि हुन नसक्ने दाबी गरेका छन् । उनले भने ‘हिरासत कक्षको प्रत्येक ठाउँमा सिसिटिभी जडान गरिएको छ, त्यस्तो हुन सक्दैन ।’ तर सिसिटिभीलाई छलेर सबै काम हुने गरेको बताइएको छ । थुनुवा कक्षभित्र रहेको शौचालयमा गएर प्रहरीले खैनी, गुट्खा छाड्ने गरेको र पछि ‘हल कमाण्डर’ ले ल्याएर सबैलाई दिने गरेको दाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑